लेखक: फुर्बा साङ्गे मोक्तन
"युवा" भन्ने बित्तिकै तपाईंको मनमा के कुरा देखिन्छ? पक्कै पनि जोश जागरले भरिएको जे गर्न नि उत्साहित जमात। यो सरसर्ती हेर्दाको बुझाई हो। यदि परिभाशागत हिसाबले हेर्ने हो भने युवा त्यतिमा मात्र सिमित छैन। नेपाल सरकारको परीभाशालाई सापटी लिने हो भने १६ देखी ४० सम्मको उमेरसमुहलाई युवा मान्न सकिन्छ। यस अर्थमा हेर्ने हो भने केवल जोश जागर मात्र हैन, यस भित्र सामाजिक रुपमा स्थापित र रास्ट्रीय सामाजिक-आर्थिक-राजनैतीक अर्थतन्त्र धानिरहेको समुह पनि धेरै पर्न आउछ।
मैले बुझेसम्म युवालाई पारीभासित गर्नुको मुख्य उद्देस्य भनेको युवाहरुलाई बढी भन्दा बढी अवसर र नेत्रित्व बिकास गर्ने आधार मिलोस भनेर हो। तर यदि माथि भनिएका समुह पनि युवामा परेपछी सम्पूर्ण अवसरहरुको कति प्रतिशत अन्यले पाउलान त जसलाई साच्चै त्यसको आवश्यकता छ? त्यसैगरी, नेपालजस्तो देश जहाँ ३४ बर्ष ओसत आयु भएको जिल्ला पनि अझै छ, युवा उमेरनै पुर ज्युन नपाउनु कटु यथार्थ हो। अझ कतिपय अवस्थामा त बजै, आमा र नातिनी सम्म पनि युवा नै भएको द्रिस्टान्त नभेटिएका पनि हैनन। यस्तो अवस्थामा १६-४० को के अर्थ?
No comments:
Post a Comment