[BOOK REVIEW]
शुन्यको मुल्य पढेपछी...
- फुर्बा साङ्गे मोक्तान
शब्दले कती फरक पार्न सक्छ? ति एकै अर्थ तर फरक शब्दले पार्ने तरङ्ग एकै खालका होलान कि फरक? शब्दले खास के मा प्रभाव पार्ने हो, मष्तिस्क कि शरीरमा? यदी कसैले तपाईंलाई यि प्रश्नहरु राखे भने तपाईंको उत्तर के हुनेछ?
जब म डा. नवराज केसीद्वारा सिर्जित शुन्यको मुल्य पढ्न बसे, मेरो मनमा यि कुराहरु धेरै खेल्न आईपुगे। शब्द केवल बोलेर मात्र हैन, अपितु निशब्द भावहरुले पनि शब्दले भन्दा बढी अर्थ बोक्न सक्छ भन्ने भावना प्राप्त गर्न सके। श्रीमतीज्युलाई कार्यालयमा एक सहकर्मीले राम्रो छ पढ्ने भए लैजानुस् भन्दा मेरो लागि भनेर ल्याइदिएको पुस्तक सुरुमा शिर्षक पढ्दा अध्यात्मिक बिचारतिरको होकी जस्तो नलागेको पनि हैन। पुस्तक पढ्न रुची राख्ने स्वभाबको कारणले पनि राम्रो भनिएको पुस्तक पढम भनेर बसियो। धन्यवाद ति सहकर्मी मित्रलाई।
डाक्टर (लेखक)ले आफ्नो जीवन भोगाइ र कामको सिलसिलामा साक्षात्कार गरेका र कतिपयमा त आफु नै डुबेका जीवन कथाहरुलाई यस पुस्तकको कथाको सारको रुपमा प्रस्तुत गर्नु भएको छ। पुस्तकद्वारा मलाई डाक्टर पेशागत ब्यक्तीभन्दा माथि उठेर समाजको चिन्तन र मलमपट्टीसमेत गर्न उत्साहित सचेत नागरिक महसुस भो। ममता, स्नेह र सङ्घषको कथाहरुमार्फत पनि मलमपट्टी गर्ने कोसिस भेटे मैले यस पुस्तकमा। बुधेकी आमा हुँदै बढेको कथा यात्रा पुतली आमा सम्मै पुग्दा सलल बगेको अनुभुती मलाई मात्र हो जस्तो मलाई लाग्दैन। कथा र भूमिकाको सिलसिलेबार नै तेस्तै छ। पुस्तकमा समेटिएका सानो सानो कथाको अध्यायमा पनि जीवन बृदिको सन्देश छरिएको पाए मैले ति कथाहरुमा। अपितु, आफु पनि ति कथाको एक पात्र झै यदा कदा डुबुल्की मार्ने मौका पाएको अनुभव पनि भाको कुरा म यो सन्स्मरण लेखिरहदा नि सम्झन्छु। म आफु पनि देशको बिभिन्न कुनाकन्दराहरुमा मानब समुदायहरुसगको सामिप्यमा काम गरेको अनुभव तथा पछील्लो समय कर्णालीकै सेरोफेरोमा तनमन डुलाउन पाएको कारणले पनि डाक्टरले गरेका बर्णनहरु मेरा आँखामा झलमल्ल आईरहेका थिए। त्यसै प्रसङ्गहरुमा उठेको "आकाशे टेम्पु" (दुर्गाममा उड्ने प्लेन)को किस्साले त् मलाई मुर्छै पार्लाजस्तो हसाएको थियो। तेस्तै, बुधेको फुपुआमा, भेडिनीकान्छी, हिम्मतबहादुर र कार्कीआमाको कथाहरुले मन भारी हुँदै आँखामा रसायनहरु नल्याएको पनि हैन। अनि, पुतलीआमाको कथाले पनि हरेक कथामा जस्तै बलियो मन र जीवन जिउने कलासमेतको ब्यवहाँरिक ज्ञान प्राप्त गर्ने मौका जुराइदिएको छ।
अन्तमा, लेखक पेसाले प्राबिधिक डाक्टर भएपनि मनमा एक समाजको पनि चिरफार गर्दै रचनात्मक शब्दचयन मार्फत सही गतिशिलता उन्मुख गर्नखोज्ने सामाजिक डाक्टरको रुपमा पनि सफल भएजस्तो मलाई लागेको छ। अपितु, अझै कथाहरु होलान जुन बुन्नै बाँकी छन, सुन्नै बाँकी छन, देखिएकै छैन, लेखिएकै छैन, सुन्न-पढ्ने मौका पाइयोस भन्ने आशाका साथ डाक्टर लेखकज्युमा नमन ।
एक पल्ट फुर्सद मिलाएर पढ्नै पर्ने पुस्तक हो यो, पढ्न नछुटाउनु होला।
..................................................................................................................................................................
[BOOK REVIEW]
मनसुन:समिक्षा गर्नुपर्दा
लेख: फुर्बा साङ्गे मोक्तान
[पुस्तक समिक्षा]
केही असाधारण, केही अपूर्ण अनि केही असन्तुष्टीका बिच सकियो, मनसुन। उपन्यास सुरुवात सगैको रोचकता, अघी बढेसगै मौनता, बिचमा मादकता नथपिएको भने पक्कै हैन। तर अन्तिममा पुग्दा पात्रभित्रको पिडा अनि कथाको अन्त्यको अपूर्णताले मनमा सिङ्गौरी खेल्न छोडेन। पात्रप्रतिको सहानुभुति भनौ वा समर्पण, अन्त्यलाई बियोगान्तको रुपमा देखिए पनि यसबाट नयाँ जीवनको उत्घाटन भने अवश्यै होला।
पाठक भएर बिष्लेषण गर्दा चरित्र अनि पात्र अलिक बढी सेन्सिटिभ भाको अनुभव भो। उपन्यास पढ्दा वास्तविकताको नि ज्ञात हुन आवश्यक पर्ला पाठकलाई। अपितु, मुख्य चरित्रको उपस्थिती वास्तविक जीवनमा तेती सारो हुन नसक्ला। हुन त यसैले त यो उपन्यास हो, जहाँ असामान्य कथा लेखिन्छ। प्रेमी भएर हेर्दा, संसारका सबै प्रेमिहरुलाई यति हिम्मत र आट दिनु भगवान। बाँकी प्रभुको इच्छा।
[BOOK REVIEW]
"जनताको छोरो पढेपछि..."
समिक्षा लेख: फुर्बा साङ्गे मोक्तान
केहि समय पहिले जब मैले बुद्धिसागरको फिर्फिरे पढिसिध्यए, मनमा कौतुहलता बढिसकेको थियो कि अब कुन साहित्य पढ्ने होला। पुस्तक साहित्यमा पनि प्रायसो जीवनी (autobiography) मा बिशेष रुचि रहने मलाइ जीवनी नै पढ्ने इच्छा पनि थियो। एसै क्रममा एक दिन मेरो आँखा पत्रिका (कुन हो याद भएन, कान्तिपुर नै हुनुपर्छ। ) को पृष्ठमा ठोक्कियो जहा शिर्षक थियो,"जनताको छोरो"। र जीवनी रहेछ, पूर्ब प्रधान सेनापति छत्र मान सिङ्ह् गुरुङको।
मेरा आँखा एकैछिन टक्क अडिए र सोच्न नपाउदै निर्णयमा पुगे, अबको पुस्तक यहि हो। बेलुकि लगत्तै भोटाहिटि गएर किनि पनि हाले । तर अपसोच २ - ३ दिन सम्म पनि पढ्ने माहोल मिलिरहेको थिएन । चौथो दिन चाहि बिहानै शुरु गर्ने निर्णय गरे र बसे पढ्न। कसैले ठिकै भनेका रहेछन, वास्तवमा हरेक मानिसको जिबन उपन्यास हो। मात्र फरक एत्ती हो कि , त्यस्लाई कोरिदिने मानिस कस्तो छ। मिठो सग कोरियो भने मिठो उपन्यास बन्यो, त्यस्तै कोरियो भने तेस्तै बन्यो। मलाई जनताको छोरो एउटा मिठो उपन्यास जस्तो लाग्यो। पढे, नियमित पढे, अन्तिमसम्म पढे। धेरै समय लागेन सकिनलाई। केही पन्नाहरुमा आलस्यता नलागेको पनि हैन, तैपनी सुरुवात देखी अन्तिमसम्मका पन्नाहरुमा मेरा आँखा निरन्तर दौडिरहे। बढो मजा लाग्यो।
[BOOK REVIEW]
करोडौ कस्तुरी: जहाँ मानबरुपी कस्तुरीहरु भौतारिरहेका छन
समिक्षक: फुर्बा सागे मोक्तान
यो उपन्यास बडो बिम्बित छ, शब्दको अर्थ मात्र हैन भाबलाई पनि उज्ज्वेलित गरेको मैले पाए। कथानक साधारण छ, तर त्यस भित्रको सार भने साच्चै नै असाधारण लाग्यो मलाई। कस्तुरीको भाबको रुपमा मानब भएर जन्मेका हामीहरुलाई हामीभित्रको क्षमता र सम्भावनाको खुलेर एबम कथाहरुलाई जोडेर देखाउन खोजेका छन र सफल पनि भए भन्दा अत्युप्ती नहोला। अपितु यो कथा ति करोडौ मानबरुपी कस्तुरीहरु मात्र नभएर तिन्का माता-पिताहरु प्रती पनि समर्पित छ, जहाँ सैयो पल्ट बाहिरी आबरणको प्रभाबमा आफ्ना केटाकेटीहरुको भित्री "विना"लाई कहिल्ये पनि चिन्ने इच्छ्या ब्यक्त गर्ने मौका दिन सकेनन र जस्को प्रभाबले एउटा सिङगो समाज नै कस्तुरीको भिडमा हराउन खोज्दैछ।
कथाको सुरुवात नै हास्यरसबाट हुनु र सिङगै कथाभित्र धेरैपल्ट हस्न पाउनु अनी एक पल्टजती होला रुन पाउनु यो उपन्यासको बिशेषता लाग्यो मलाई। यो कथा पढ्दै जादा मलाई पनि धेरै पल्ट सोचनिय र घोचनिय बनायो। म के हुँ? र म साच्चै जे छु तेसैका लागि बनेको हु? भन्ने कुराको गहन बिश्लेषण मनको आकाशमा देखियो, जुन तपाईंको मस्तिष्कमा पनि देखिन सक्छ। मलाई लाग्छ यो देखाउन सक्नु नै यो कृतिको सफलता मध्य एक हो जस्तो लाग्छ।
सारमा गएर हेर्दा, यो उपन्यास हामी जस्ता मानब जुनी लिएर पनि आफ्नो सुगन्ध थाहा पाउन नसकेका लाखौं करोडौ मानबरुपी कस्तुरीहरु प्रती समर्पित छ, जसको उद्द्येस्ये क्षणिक मनोरन्जन भन्दा पनि जीवन जिउने कला र आफु भन्ने डौदलाई अगाडी बढाउने उत्प्रेरणालाई बढी उजिल्याइएको छ। ब्रिहत हास्यरस समाविस्ट हुनु यो उपन्यास पढ्दाको असाध्यै सुमधुर पक्ष रह्यो भने केही पात्रहरु जस्तै लक्ष्मी, रुपा, पारु, आदीको मनोबिष्लेषण अली कम भएको हो कि भन्ने यो समिक्षकको ठम्याइ छ। तैपनी, पाठकले त केवल पढ्ने हो, मनन गर्ने हो, सागरको गहिराइमा गएर मोती टिप्ने र श्रीजनामा ढाल्ने काम चै श्रीजनाकारकै हुने भएकोले वहाँले आफ्नो अधिकार प्रयोग गर्ने क्रममा सबै पात्रहरुलाई सक्दो न्याय गर्ने प्रयास गर्नुभएको छ, साह्रै सर्हाहनिय छ।
अन्त्यमा, नेपाली परिद्रिष्यका महान कलाकार आदर्णीय हरिबङ्स आचार्य ज्युको आत्मकथा सैलिमा लेखिएको यो उपन्यास सच्चैको हरिबङ्स हुन नपाएका भये कस्ता हुन्थे होला भन्ने सोचलाई प्रस्तुत गर्दै सम्पूर्ण मानबजातिलाई आफ्नो जिबनको उद्देस्य एबम बिशेषता समयमै चिनौ र अगाडी बढौ भन्ने मुल सन्देशलाई आत्मसाथ गरेको छ। आशा छ, तपाईं हामी सबैले आ-आफ्नो कस्तुरीलाई चिन्न सकेका छौ। मैले पाउदै गरेको आनुभुती हुन्छ, तपाईंले पनि चिन्ने प्रयास गर्नुस्, चिन्नुस् र अगाडि बढ्नुस्। जय कस्तुरी!!!
मैले भर्खरै एउटा पुस्तक पढ्ने मौका पाए। नाम निकै सुनेकाले पुस्तक प्रदर्शनीको मौका पारेर किनिहाले पढ्नलाई। तर पढ्नलाई उपयुक्त समय नै मिलिरहेको थिएन। या भनौ जागर फुरिरहेको थिएन। जब जागर चल्यो, तब पुस्तक पढिसकेको खासै पत्तै भएन। हा...हा... गफ दिएको चाँही हैन है साथी हो, गजब लाग्यो भन्न खोजेको।
म्हेन्दोले यस उपन्यासमा उत्पीडित र पिछडिएको बर्गको प्रतिनिधित्व गरेकी छिन, जसमा उनी स्वयमलाई तामाङ जातिको प्रतिनिधि पात्रको रुपमा समेत उभ्यायीएको छ भने उर्गेनलाई तामाङ ईतिहासको पात्रको रुपमा। तर यसो नसोचौ साथी कि यो कुनै जाती बिशेषलाई इङित गरेर लेखिएको हो, र मैले पनि तेस्तो भान पाईन।
मनसुन:समिक्षा गर्नुपर्दा
लेख: फुर्बा साङ्गे मोक्तान
[पुस्तक समिक्षा]
केही असाधारण, केही अपूर्ण अनि केही असन्तुष्टीका बिच सकियो, मनसुन। उपन्यास सुरुवात सगैको रोचकता, अघी बढेसगै मौनता, बिचमा मादकता नथपिएको भने पक्कै हैन। तर अन्तिममा पुग्दा पात्रभित्रको पिडा अनि कथाको अन्त्यको अपूर्णताले मनमा सिङ्गौरी खेल्न छोडेन। पात्रप्रतिको सहानुभुति भनौ वा समर्पण, अन्त्यलाई बियोगान्तको रुपमा देखिए पनि यसबाट नयाँ जीवनको उत्घाटन भने अवश्यै होला।
पाठक भएर बिष्लेषण गर्दा चरित्र अनि पात्र अलिक बढी सेन्सिटिभ भाको अनुभव भो। उपन्यास पढ्दा वास्तविकताको नि ज्ञात हुन आवश्यक पर्ला पाठकलाई। अपितु, मुख्य चरित्रको उपस्थिती वास्तविक जीवनमा तेती सारो हुन नसक्ला। हुन त यसैले त यो उपन्यास हो, जहाँ असामान्य कथा लेखिन्छ। प्रेमी भएर हेर्दा, संसारका सबै प्रेमिहरुलाई यति हिम्मत र आट दिनु भगवान। बाँकी प्रभुको इच्छा।
...................................................................................................................................................................
[BOOK REVIEW]
समिक्षा लेख: फुर्बा साङ्गे मोक्तान
केहि समय पहिले जब मैले बुद्धिसागरको फिर्फिरे पढिसिध्यए, मनमा कौतुहलता बढिसकेको थियो कि अब कुन साहित्य पढ्ने होला। पुस्तक साहित्यमा पनि प्रायसो जीवनी (autobiography) मा बिशेष रुचि रहने मलाइ जीवनी नै पढ्ने इच्छा पनि थियो। एसै क्रममा एक दिन मेरो आँखा पत्रिका (कुन हो याद भएन, कान्तिपुर नै हुनुपर्छ। ) को पृष्ठमा ठोक्कियो जहा शिर्षक थियो,"जनताको छोरो"। र जीवनी रहेछ, पूर्ब प्रधान सेनापति छत्र मान सिङ्ह् गुरुङको।
मेरा आँखा एकैछिन टक्क अडिए र सोच्न नपाउदै निर्णयमा पुगे, अबको पुस्तक यहि हो। बेलुकि लगत्तै भोटाहिटि गएर किनि पनि हाले । तर अपसोच २ - ३ दिन सम्म पनि पढ्ने माहोल मिलिरहेको थिएन । चौथो दिन चाहि बिहानै शुरु गर्ने निर्णय गरे र बसे पढ्न। कसैले ठिकै भनेका रहेछन, वास्तवमा हरेक मानिसको जिबन उपन्यास हो। मात्र फरक एत्ती हो कि , त्यस्लाई कोरिदिने मानिस कस्तो छ। मिठो सग कोरियो भने मिठो उपन्यास बन्यो, त्यस्तै कोरियो भने तेस्तै बन्यो। मलाई जनताको छोरो एउटा मिठो उपन्यास जस्तो लाग्यो। पढे, नियमित पढे, अन्तिमसम्म पढे। धेरै समय लागेन सकिनलाई। केही पन्नाहरुमा आलस्यता नलागेको पनि हैन, तैपनी सुरुवात देखी अन्तिमसम्मका पन्नाहरुमा मेरा आँखा निरन्तर दौडिरहे। बढो मजा लाग्यो।
मुलत: यस उपन्यासबाट मैले, एउटा सामान्य मानिसका लागि पनि निरन्तरको मेहनत, अनुशासन र ब्यवसयिकतामा द्रिढ भएर लाग्यो भने कुनै पनि कुरा असम्भव छैन भन्ने भाव पाए। नत्र त त्यो लमजुङको पुलिमराङ गाउको सामान्य ठिटो कालान्तरमा सिङो देशको प्रधानसेनपती एबम बिशाल ९२००० सेनाको महारथी बन्न सक्ने कुरो चानचुने कुरो हैन।
अन्तत: सलाम गर्छु म त्यो जनताको छोरोलाई जस्ले आफु एउटा उचाईमा पुगे, अपितु साच्चै दु:खमा परेका दुखिहरुको दु:खमा मलम पट्टी लगाउने प्रयास पनि गरे, जती उचाईमा पुगे पनि धरातल बिर्सने गरेनन र निरन्तर राष्ट्रको सेवामा समर्पित रहीरहे। यो पुस्तक पढ्दा मलाई त ज्यादै मजा आयो, तपाईं नि पढ्नुस्। कम्तिमा उत्साह र ज्ञान त अवस्यै बढ्ला। बाँकी त पाठककै हातमा छ। त्यो मध्ये म पनि भए, मैले स्वाद लिए। अब पालो तपाईंको।
...................................................................................................................................................................
[BOOK REVIEW]
करोडौ कस्तुरी: जहाँ मानबरुपी कस्तुरीहरु भौतारिरहेका छन
समिक्षक: फुर्बा सागे मोक्तान
यो उपन्यास बडो बिम्बित छ, शब्दको अर्थ मात्र हैन भाबलाई पनि उज्ज्वेलित गरेको मैले पाए। कथानक साधारण छ, तर त्यस भित्रको सार भने साच्चै नै असाधारण लाग्यो मलाई। कस्तुरीको भाबको रुपमा मानब भएर जन्मेका हामीहरुलाई हामीभित्रको क्षमता र सम्भावनाको खुलेर एबम कथाहरुलाई जोडेर देखाउन खोजेका छन र सफल पनि भए भन्दा अत्युप्ती नहोला। अपितु यो कथा ति करोडौ मानबरुपी कस्तुरीहरु मात्र नभएर तिन्का माता-पिताहरु प्रती पनि समर्पित छ, जहाँ सैयो पल्ट बाहिरी आबरणको प्रभाबमा आफ्ना केटाकेटीहरुको भित्री "विना"लाई कहिल्ये पनि चिन्ने इच्छ्या ब्यक्त गर्ने मौका दिन सकेनन र जस्को प्रभाबले एउटा सिङगो समाज नै कस्तुरीको भिडमा हराउन खोज्दैछ।
कथाको सुरुवात नै हास्यरसबाट हुनु र सिङगै कथाभित्र धेरैपल्ट हस्न पाउनु अनी एक पल्टजती होला रुन पाउनु यो उपन्यासको बिशेषता लाग्यो मलाई। यो कथा पढ्दै जादा मलाई पनि धेरै पल्ट सोचनिय र घोचनिय बनायो। म के हुँ? र म साच्चै जे छु तेसैका लागि बनेको हु? भन्ने कुराको गहन बिश्लेषण मनको आकाशमा देखियो, जुन तपाईंको मस्तिष्कमा पनि देखिन सक्छ। मलाई लाग्छ यो देखाउन सक्नु नै यो कृतिको सफलता मध्य एक हो जस्तो लाग्छ।
सारमा गएर हेर्दा, यो उपन्यास हामी जस्ता मानब जुनी लिएर पनि आफ्नो सुगन्ध थाहा पाउन नसकेका लाखौं करोडौ मानबरुपी कस्तुरीहरु प्रती समर्पित छ, जसको उद्द्येस्ये क्षणिक मनोरन्जन भन्दा पनि जीवन जिउने कला र आफु भन्ने डौदलाई अगाडी बढाउने उत्प्रेरणालाई बढी उजिल्याइएको छ। ब्रिहत हास्यरस समाविस्ट हुनु यो उपन्यास पढ्दाको असाध्यै सुमधुर पक्ष रह्यो भने केही पात्रहरु जस्तै लक्ष्मी, रुपा, पारु, आदीको मनोबिष्लेषण अली कम भएको हो कि भन्ने यो समिक्षकको ठम्याइ छ। तैपनी, पाठकले त केवल पढ्ने हो, मनन गर्ने हो, सागरको गहिराइमा गएर मोती टिप्ने र श्रीजनामा ढाल्ने काम चै श्रीजनाकारकै हुने भएकोले वहाँले आफ्नो अधिकार प्रयोग गर्ने क्रममा सबै पात्रहरुलाई सक्दो न्याय गर्ने प्रयास गर्नुभएको छ, साह्रै सर्हाहनिय छ।
अन्त्यमा, नेपाली परिद्रिष्यका महान कलाकार आदर्णीय हरिबङ्स आचार्य ज्युको आत्मकथा सैलिमा लेखिएको यो उपन्यास सच्चैको हरिबङ्स हुन नपाएका भये कस्ता हुन्थे होला भन्ने सोचलाई प्रस्तुत गर्दै सम्पूर्ण मानबजातिलाई आफ्नो जिबनको उद्देस्य एबम बिशेषता समयमै चिनौ र अगाडी बढौ भन्ने मुल सन्देशलाई आत्मसाथ गरेको छ। आशा छ, तपाईं हामी सबैले आ-आफ्नो कस्तुरीलाई चिन्न सकेका छौ। मैले पाउदै गरेको आनुभुती हुन्छ, तपाईंले पनि चिन्ने प्रयास गर्नुस्, चिन्नुस् र अगाडि बढ्नुस्। जय कस्तुरी!!!
...................................................................................................................................................................
[BOOK REVIEW]
खान पुग्ने, दिन पुग्ने नेपालको लागि (पुस्तक समिक्षा)
बितेका केही समयमा मैले केही महत्वपूर्ण पुस्तकहरु पढ्ने मौका पाए, जसमा मैले नेपालको बिकास कसरी सम्भव छ भन्ने सम्भावना भएका पुस्तकहरु पर्दछन। ती सबै पुस्तकहरु आ-आफ्ना ठाउँमा उत्क्रिष्ठ पुस्तकहरु थिए भन्नेमा कुनै कसर छैन। तैपनी जब यो पाठकले भर्खरै रबिन्द्र मिश्र सर द्वारा लिखित "खान पुगोस, दिन पुगोस" पढ्यो, यो सानो आलेख (समिक्षा) नकोरी बस्न सकेन। पुस्तकहरुको ठेलिमा मेरो मन र मस्तिष्कलाई हल्लाउन सफल बिशेष पुस्तकहरुको लिस्टमा यो किताब पनि पर्न सफल भएको छ।
परोपकारी र राजनैतिक गरी २ पक्षहरु समाबिस्ट यस पुस्तक मिश्र सरद्वारा बिगत ३-४ बर्षको दौरानमा नेपाली पत्रिकाहरु बिशेषत: कान्तिपुर र नागरिक दैनिकमा लेखिएका समालोचनत्मक आलेखहरुको बिचार सङ्ग्रह नै हो। तर ति बिचारहरु यती ब्यवस्थित रुपमा छानेर रखिएका छन कि यस्तो लाग्दछ कि ति रचनाहरु यही पुस्तकको निम्ती केही हप्तामा लेखिएका हुन जहाँ दुबै पक्षबारे ज्यादै मार्मिक, निष्कपट र देशभक्तिले ओतप्रोत रहेको यो पाठकले पायो।
पुस्तकको शिर्षकबाट नै धेरै कुरा प्रष्ट हुने भएपनि लेखकीय मर्म यसभित्रको आलेखहरुले अझ राम्रोसग उजागर गरेको महसुस यो पाठकले गर्न सक्यो। यस अर्थमा पुस्तकको नाम र मर्मले बहुतै मेल प्रस्तुत गर्न सक्यो भनेर भन्दा अतिसयोक्ती नहोला। वादिय सोच (philosophical thought) बाट बारम्बार र निरन्तर साघुरिदै गएको नेपाली मानबिय सोच जहाँ मैखाउ, मैलाउ भन्ने बिक्रित भावना ब्याप्त भइरहेको बर्तमान परिस्थितीमा पनि केही सच्चा सपुतहरुको योगदानबारे चर्चा परिचर्चा एबम धन हुनेको थोरै ठुलो मन हुने हो भने तथा सदैब सरकार/बिदेशीको मुख ताक्नुको सट्टा स्थानियको लागि स्थानियहरु नै जाग्ने र लाग्ने हो भने देशको मुहार फेर्न बेर नलाग्ने कुरोहरु बिभिन्न द्रिष्तान्तहरु मार्फत प्रस्तुत गर्दै जती सकिन्छ गर्दै अघि बढौ भनेर खुला आह्वान पनि गर्नुभएको छ। म प्रतिबद्ध छु। के तपाईं हुनुहुन्छ?
अन्त्यमा, नेपाललाई माया गर्छु भनेर खोक्रो आदर्श बाड्न छाडौ, बरु सकिन्छ भने कामै गरेर देखाइदिउ माया। म यो अभियानमा सामेल छु, तपाईं छुट्नुहोला है।
...................................................................................................................................................................
[BOOK REVIEW]
"उर्गेनको घोडा र म्हेन्दो: फर्केर हेर्दा"
लेखक : फुर्बा सांगे मोक्तान
("वास्तवमा आज म्हेन्दो र उर्गेनहरुको टट्कारो महसुस भएको छ,
आज एउटा म्हेन्दोले हैन हजारो म्हेन्दोले उर्गेनको छाया देख्नुपर्ने बेला आएको छ।")

उपन्यासमा एउटा काल्पनिक पात्र छ, म्हेन्दो तर लाग्छ, उनी आज यतै कतै छिन्। उनको कल्पनाभित्र अर्को कल्पनिक पात्र छ, उर्गेन र उसको घोडा। यी दुई पात्र एक अर्कसग प्रतछ्य रुपमा कही कतैबाट सम्बन्धित नभए पनि उपन्यास भरी यी दुइ काल्पनीक पात्रको सम्बन्ध जसरी गसिएको छ, त्यसले कथाको मुटु बोकेको छ, सधैं उर्जा थपेको अनुभब पनि गर्न सके मैले, उपन्यास पढुन्जेल।
म्हेन्दोले यस उपन्यासमा उत्पीडित र पिछडिएको बर्गको प्रतिनिधित्व गरेकी छिन, जसमा उनी स्वयमलाई तामाङ जातिको प्रतिनिधि पात्रको रुपमा समेत उभ्यायीएको छ भने उर्गेनलाई तामाङ ईतिहासको पात्रको रुपमा। तर यसो नसोचौ साथी कि यो कुनै जाती बिशेषलाई इङित गरेर लेखिएको हो, र मैले पनि तेस्तो भान पाईन।
पुस्तक पढ्ने दोउरान मैले माओबादी जनयुद्धका केही चाखलाग्दा प्रसङ्गहरु पनि पढ्न पाए, त्यो कती सत्य, कती असत्य लेखकलाई नै सोध्नुपर्ला तर लेखकको बुझाईबाट द्वन्दलाई भने साकारात्मकता प्रदान गरेजस्तो अनुभब भयो/ यो कसैलाई बादबिबादको बिषय बन्न सक्ला, तैपनी लेखकले 'थाहा' अभियन्ता रुप्चनको माद्यमबाट यो युद्धकालिन व्याख्यालाई पनि सामाजिक सचेतनाको हिसाबले हेरिकन पुश्ट्याउन खोजेको पहल मेरो दृष्टिकोणले पनि सही मानेको छ।
म्हेन्दोलाई गाउले र सोझी म्हेन्दोबाट सचेत र खुला म्हेन्दोमा रुपान्तरण गर्न सक्ने रुप्चन बिष्ट होस् या कठोर म्हेन्दोबाट मायालु म्हेन्दोमा रुपन्तरण गर्न सक्ने लप्टन धर्मबिर उर्फ कमरेड बिद्रोही होस् या भनौ मात्रित्वको मायाले तान्न बिबस पार्ने छोरी, उपन्यासका एक एक महत्वपूर्ण उत्सुकताका पात्र हुन। त्यसमाथी पात्रहरुको काहानी पढ्न बसेका पात्रहरु नि कम उत्सुकताका बिषय त छैनन यस उपन्यासमा उपन्यास पढदै जादा। पाठक अन्त्यमा शायद टक्क अडिएलान। म चाँही अडिय अनी सोचे, "वास्तवमा आज म्हेन्दो र उर्गेनहरुको टट्कारो महसुस भएको छ, आज एउटा म्हेन्दोले हैन हजारो म्हेन्दोले उर्गेनको छाया देख्नुपर्ने बेला आएको छ।"
अन्त्यमा, युग पाठकद्वारा लिखित यस उपन्यासले म्हेन्दो र उर्गेनको माध्यमबाट तामाङ भाषाको जगेर्ना गर्नुका साथै बर्शोउ देखिको बर्गिय पिडाबाट गुज्रिरहेको समुदयहरुको भावनालाई पनि समिटेर सान्दर्भिक बस्तुस्थितिमार्फत प्रस्तुत गरेको छ, जून मौका मिले एक पटक सबैले पदनई पर्ने उपन्यास हो जस्तो लाग्यो.

धन्यबाद !!!
...................................................................................................................................................................
[BOOK REVIEW]
"कर्नाली ब्लुज": मेरो आँखाबाट
("कर्णाली ब्लुज" एउटा ब्यक्तीको चिन्तन मात्र होइन, सामाजिक-राजनैतीक परिवर्तनको साबिती पनि हो। ")- फुर्बा साङे मोक्तान

उपन्यासकार बुद्धिसागर बस्यालद्वारा लिखित यस उपन्यास मैले पढि नियालेका अन्य उपन्यास भन्दा फरक धारको पाए। पिताको भूमिकामा उपन्यासकारले एउटा रोल मोडल उभ्याएका छन, जसको जीवन भोगाइ र अनुभुतिबाट अनन्त कुराहरु सिक्न सकिन्छ, र जहाँ सबैलाई एक असल पिता र असल छोरा बन्नलाई समेत अभिप्रेरित गरिएको छ भन्दा अत्युप्ती नहोला।
मटेराबाट सुरु भएको यात्रा सुर्खेतको यात्रासम्म आएर टुङिदा अनेक उखडबाखड र मनोबिस्लेशणात्मक परिवर्तनहरु भएका छन। एउटा पात्रले एउटा सिङो समाजको प्रतिनिधित्व गरेको यस उपन्यासमा सबै पात्रको भूमिका परिस्थिती र परिबेश अनुसार सलल्ल बग्नसक्नु पनि एक बिशेषता जस्तो लाग्यो। स्थानिय बोलीलाई स्थानिय भाषामानै प्रस्ट लेखिनु अर्को बिशेषता रहेको यस उपन्यासमा अन्य केही गौण पात्रहरुलाई पूर्ण रुपमा प्रस्तुत गर्न सकिएको भए कथा अझ डाइनामिक (dynamic) हुन सक्थ्यो कि जस्तो लाग्यो।
भन्नु पर्दा, "कर्णाली ब्लुज" एउटा ब्यक्तीको चिन्तन मात्र होइन, सामाजिक-राजनैतीक परिवर्तनको साबिती पनि हो। वास्तवमा भन्ने हो भने एउटा पारीबेशको समाजबादी ईतिहासको प्रतिबिम्ब पनि हो।
अन्त्यमा, मैले पढेका पुस्तकहरुको ठेलिमा एक छुट्टै स्वाद पाउन सफल यस उपन्यास बुढा पिढीले मात्र हैन, युवा पिडिले पनि एकपटक पढ्नै पर्ने जस्तो लाग्यो। त्यसैले, साथी हो पढ्ने हैन त तपाईं पनि "कर्नाली ब्लुज"???
-फुर्बा साङे मोक्तन
सपनाको पारीधी सपनामै मात्र सिमित हुन्छ, यो वास्तविकतामा कहिल्ये पारीणत हुँदैन। तर यसो भन्दैमा कसैले सपना देख्न किन छाडोस् र? कर्णाली जुन आजको मितिसम्म दु:ख नै दु:खले पिरोलिएको ठाउँ हो। उस्को पनी आफ्नै सपना छ, चाहे त्यो बिहानिको कर्कराहटले भाताभुङ नै किन नपारोस? मैले भर्खरै केही दिन अगाडि एउटा इन्टरनेसनल थिएटर फेस्टिवल अन्तरगत आरोहण गुरुकुलमा हेरेर मनोरन्जन लिएको एउटा नाटक "सुइना कर्णालीका" प्रस्ट देख्न सकिन्छ, सपनाको कथा।
सधैं परानीर्भर रहने नेपालको राष्ट्रिय परीबेशलाई शसक्त ढंगबाट प्रस्तुत गर्न सक्नुलाई पनि यस नाटकको सकरात्मक पक्षको रुपमा लिन सकिन्छ। सधैं कृयाशिल एबम जुझारु जनताहरुले नै देश निर्माण गर्न सक्छन र देशलाई माथि उठाउन उल्लेख्य योगदान पुर्याउन सक्छन न कि आशे प्रब्रिति र परनीर्भर सोचले भन्ने सन्देश बोकेको यस नाटकले कर्णालीको सपना अथा भएपनी पिडा नै पिडामा बाँच्न परिरहेको तितो यथार्थलाई पनि उजागर गरेको छ।
...................................................................................................................................................................
[DRAMA REVIEW]
कर्णालीको सपना नाटकमा...-फुर्बा साङे मोक्तन
सपनाको पारीधी सपनामै मात्र सिमित हुन्छ, यो वास्तविकतामा कहिल्ये पारीणत हुँदैन। तर यसो भन्दैमा कसैले सपना देख्न किन छाडोस् र? कर्णाली जुन आजको मितिसम्म दु:ख नै दु:खले पिरोलिएको ठाउँ हो। उस्को पनी आफ्नै सपना छ, चाहे त्यो बिहानिको कर्कराहटले भाताभुङ नै किन नपारोस? मैले भर्खरै केही दिन अगाडि एउटा इन्टरनेसनल थिएटर फेस्टिवल अन्तरगत आरोहण गुरुकुलमा हेरेर मनोरन्जन लिएको एउटा नाटक "सुइना कर्णालीका" प्रस्ट देख्न सकिन्छ, सपनाको कथा।
कथा सुरु हुन्छ, पिडाबाट र अन्त्य हुन्छ पनि पिडासगै नै। तर बिचको सपनामयी संसार भने साच्चै अलौकिक नै देखिन्छ। सपनै हो देख्न पैसा परोइन। नाटकको रमाइलो पक्ष थियो, दु:खलाई पनि प्रस्तुत गरिएको हास्यब्यङ्यको मध्यम। कर्णालीमा बिकासको ढोलक पित्न नसकिनु एउटा दु:खदायी तथ्य हो भने ७४ अमेरिकि डलर बराबर १ कर्णाली रुपैया भएको सपना देख्नु अर्को ब्यङ्य, जुन हास्य सैलिमा कलाकार साथीहरुले प्रस्तुत गर्न सकेका छन।
कर्णाली नाट्य समुह र आरोहण गुरुकुलको संयुक्त प्रस्तुतिको रुपमा रहेको यस नाटकको हाउभाउ लगएतका प्रस्तुतिकरण शैलिमा केही थप परिमार्जन हुन सकेमा पक्कै पनि उत्क्रिस्ठ नाटकको सुचिमा पर्न सक्दछ।
अन्त्यमा, मौका मिलेमा एकपटक हेर्नै पर्ने मेरो नाटकको सुचिमा परेको यस "सुइना कर्णालीका" वास्तवमा एक कटु यथार्थ र तितो ब्यङ्य पनि हो।
No comments:
Post a Comment