THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label book review. Show all posts
Showing posts with label book review. Show all posts

Saturday, February 3, 2024

शुन्यको मुल्य पढेपछी...

[BOOK REVIEW]

- फुर्बा साङ्गे मोक्तान 

............................................................................

त्यसै प्रसङ्गहरुमा उठेको "आकाशे टेम्पु" (दुर्गाममा उड्ने प्लेन)को किस्साले त् मलाई मुर्छै पार्लाजस्तो हसाएको थियो। तेस्तै, बुधेको फुपुआमा, भेडिनीकान्छी, हिम्मतबहादुर र कार्कीआमाको कथाहरुले मन भारी हुँदै आँखामा रसायनहरु नपलाएको हैन।                                                   
.................................................................................................................

शब्दले कती फरक पार्न सक्छ? ति एकै अर्थ तर फरक शब्दले पार्ने तरङ्ग एकै खालका होलान कि फरक? शब्दले खास के मा प्रभाव पार्ने हो, मष्तिस्क कि शरीरमा? यदी कसैले तपाईंलाई यि प्रश्नहरु राखे भने तपाईंको उत्तर के हुनेछ?

जब म डा. नवराज केसीद्वारा सिर्जित शुन्यको मुल्य पढ्न बसे, मेरो मनमा यि कुराहरु धेरै खेल्न आईपुगे। शब्द केवल बोलेर मात्र हैन, अपितु निशब्द भावहरुले पनि शब्दले भन्दा बढी अर्थ बोक्न सक्छ भन्ने भावना प्राप्त गर्न सके। श्रीमतीज्युलाई कार्यालयमा एक सहकर्मीले राम्रो छ पढ्ने भए लैजानुस् भन्दा मेरो लागि भनेर ल्याइदिएको पुस्तक सुरुमा शिर्षक पढ्दा अध्यात्मिक बिचारतिरको होकी जस्तो नलागेको पनि हैन। पुस्तक पढ्न रुची राख्ने स्वभाबको कारणले पनि राम्रो भनिएको पुस्तक पढम भनेर बसियो। धन्यवाद ति सहकर्मी मित्रलाई। 

डाक्टर (लेखक)ले आफ्नो जीवन भोगाइ र कामको सिलसिलामा साक्षात्कार गरेका र कतिपयमा त आफु नै डुबेका जीवन कथाहरुलाई यस पुस्तकको कथाको सारको रुपमा प्रस्तुत गर्नु भएको छ। पुस्तकद्वारा मलाई डाक्टर पेशागत ब्यक्तीभन्दा माथि उठेर समाजको चिन्तन र मलमपट्टीसमेत गर्न उत्साहित सचेत नागरिक महसुस भो। ममता, स्नेह र सङ्घषको कथाहरुमार्फत पनि मलमपट्टी गर्ने कोसिस भेटे मैले यस पुस्तकमा। बुधेकी आमा हुँदै बढेको कथा यात्रा पुतली आमा सम्मै पुग्दा सलल बगेको अनुभुती मलाई मात्र हो जस्तो मलाई लाग्दैन। कथा र भूमिकाको सिलसिलेबार नै तेस्तै छ। पुस्तकमा समेटिएका सानो सानो कथाको अध्यायमा पनि जीवन बृदिको सन्देश छरिएको पाए मैले ति कथाहरुमा। अपितु, आफु पनि ति कथाको एक पात्र झै यदा कदा डुबुल्की मार्ने मौका पाएको अनुभव पनि भाको कुरा म यो सन्स्मरण  लेखिरहदा नि सम्झन्छु। म आफु पनि देशको बिभिन्न कुनाकन्दराहरुमा मानब समुदायहरुसगको सामिप्यमा काम गरेको अनुभव तथा पछील्लो समय कर्णालीकै सेरोफेरोमा तनमन डुलाउन पाएको कारणले पनि डाक्टरले गरेका बर्णनहरु मेरा आँखामा झलमल्ल आईरहेका थिए। .............................


[FOR MORE...]

Saturday, June 24, 2017

मनसुन:समिक्षा गर्नुपर्दा

लेख: फुर्बा साङ्गे मोक्तान
[पुस्तक समिक्षा]
केही असाधारण, केही अपूर्ण अनि केही असन्तुष्टीका बिच सकियो, मनसुन। उपन्यास सुरुवात सगैको रोचकता, अघी बढेसगै मौनता, बिचमा मादकता नथपिएको भने पक्कै हैन। तर अन्तिममा पुग्दा पात्रभित्रको पिडा अनि कथाको अन्त्यको अपूर्णताले मनमा सिङ्गौरी खेल्न छोडेन। पात्रप्रतिको सहानुभुति भनौ वा समर्पण, अन्त्यलाई बियोगान्तको रुपमा देखिए पनि यसबाट नयाँ जीवनको उत्घाटन भने अवश्यै होला। 

[FOR MORE...]

Wednesday, June 15, 2016

"जनताको छोरो पढेपछि..."

समिक्षा लेख: फुर्बा साङ्गे मोक्तान
केहि समय पहिले जब मैले बुद्धिसागरको फिर्फिरे पढिसिध्यए, मनमा कौतुहलता बढिसकेको थियो कि अब कुन साहित्य पढ्ने होला। पुस्तक साहित्यमा पनि प्रायसो जीवनी (autobiography) मा बिशेष  रुचि रहने मलाइ जीवनी नै पढ्ने इच्छा पनि थियो। एसै क्रममा एक दिन मेरो आँखा पत्रिका (कुन हो याद भएन, कान्तिपुर नै हुनुपर्छ। ) को पृष्ठमा ठोक्कियो जहा शिर्षक थियो, "जनताको छोरो" जीवनी रहेछ, पूर्ब प्रधान सेनापति छत्र मान सिङ्ह् गुरुङको। 

मेरा आँखा एकैछिन टक्क अडिए सोच्न नपाउदै निर्णयमा पुगे, अबको पुस्तक यहि हो। बेलुकि लगत्तै भोटाहिटि गएर  किनि पनि हाले तर अपसोच  - दिन सम्म पनि पढ्ने माहोल मिलिरहेको थिएन चौथो दिन चाहि बिहानै शुरु गर्ने निर्णय गरे बसे पढ्न। 

[FOR MORE...]

Sunday, August 23, 2015

करोडौ कस्तुरी: जहाँ मानबरुपी कस्तुरीहरु भौतारिरहेका छन

समिक्षक: फुर्बा सागे मोक्तान 
यो उपन्यास बडो बिम्बित छ, शब्दको अर्थ मात्र हैन भाबलाई पनि उज्ज्वेलित गरेको मैले पाए। कथानक साधारण छ, तर त्यस भित्रको सार भने साच्चै नै असाधारण लाग्यो मलाई। कस्तुरीको भाबको रुपमा मानब भएर जन्मेका हामीहरुलाई हामीभित्रको क्षमता र सम्भावनाको खुलेर एबम कथाहरुलाई जोडेर देखाउन खोजेका छन र सफल पनि भए भन्दा अत्युप्ती नहोला। अपितु यो कथा ति करोडौ मानबरुपी कस्तुरीहरु मात्र नभएर तिन्का माता-पिताहरु प्रती पनि समर्पित छ, जहाँ सैयो पल्ट बाहिरी आबरणको प्रभाबमा आफ्ना केटाकेटीहरुको भित्री "विना"लाई कहिल्ये पनि चिन्ने इच्छ्या ब्यक्त गर्ने मौका दिन सकेनन र जस्को प्रभाबले एउटा सिङगो समाज नै कस्तुरीको भिडमा हराउन खोज्दैछ। 

(FOR MORE...)

Saturday, July 27, 2013

खान पुग्ने, दिन पुग्ने नेपालको लागि (पुस्तक समिक्षा)


लेखक : फुर्बा सांगे मोक्तान 

(पुस्तक समिक्षा)
बितेका केही समयमा मैले केही महत्वपूर्ण पुस्तकहरु पढ्ने मौका पाए, जसमा मैले नेपालको बिकास कसरी सम्भव भन्ने सम्भावना भएका पुस्तकहरु पर्दछन। ती सबै पुस्तकहरु -आफ्ना  ठाउँमा उत्क्रिष्ठ पुस्तकहरु थिए भन्नेमा कुनै कसर छैन। तैपनी जब यो पाठकले भर्खरै रबिन्द्र मिश्र सर द्वारा लिखित "खान पुगोस, दिन पुगोस" पढ्यो, यो सानो आलेख (समिक्षा) नकोरी बस्न सकेन। पुस्तकहरुको ठेलिमा मेरो मन मस्तिष्कलाई हल्लाउन सफल बिशेष पुस्तकहरुको लिस्टमा यो किताब पनि पर्न सफल भएको छ।



Saturday, February 12, 2011

[BOOK REVIEW]
"उर्गेनको घोडा र म्हेन्दो: फर्केर हेर्दा" 

लेखक : फुर्बा सांगे मोक्तान
("वास्तवमा आज म्हेन्दो र उर्गेनहरुको टट्कारो महसुस भएको छ, 
आज एउटा म्हेन्दोले हैन हजारो म्हेन्दोले उर्गेनको छाया देख्नुपर्ने बेला आएको छ।")
 
 मैले भर्खरै एउटा पुस्तक पढ्ने मौका पाए। नाम निकै सुनेकाले पुस्तक प्रदर्शनीको मौका पारेर किनिहाले पढ्नलाई। तर पढ्नलाई उपयुक्त समय नै मिलिरहेको थिएन। या भनौ जागर फुरिरहेको थिएन। जब जागर चल्यो, तब पुस्तक पढिसकेको खासै पत्तै भएन। हा...हा... गफ दिएको चाँही हैन है साथी हो, गजब लाग्यो भन्न खोजेको।  

उपन्यासमा एउटा काल्पनिक पात्र छ, म्हेन्दो तर लाग्छ, उनी आज यतै कतै छिन्। उनको कल्पनाभित्र अर्को कल्पनिक पात्र छ, उर्गेन र उसको घोडा। यी दुई पात्र एक अर्कसग प्रतछ्य रुपमा कही कतैबाट सम्बन्धित नभए पनि उपन्यास भरी यी दुइ काल्पनीक पात्रको सम्बन्ध जसरी गसिएको छ, त्यसले कथाको मुटु बोकेको छ, सधैं उर्जा थपेको अनुभब पनि गर्न सके मैले, उपन्यास पढुन्जेल।..........

Sunday, January 9, 2011

"कर्नाली ब्लुज": मेरो आँखाबाट

("कर्णाली ब्लुज" एउटा ब्यक्तीको चिन्तन मात्र होइन, सामाजिक-राजनैतीक परिवर्तनको साबिती पनि हो। ")
 - फुर्बा साङे मोक्तान
जीवन संघर्श हो, जुन भोग्नेले बुझ्दछ। यदी नभोगिकन भुझ्नु छ भने पिताको संघर्श हेरे पुग्छ, जुन कुराको अनुभुती "कर्नाली ब्लुज" पढेपछी मैले गरे।

उपन्यासकार बुद्धिसागर बस्यालद्वारा लिखित यस उपन्यास मैले पढि नियालेका अन्य उपन्यास भन्दा फरक धारको पाए। पिताको भूमिकामा उपन्यासकारले एउटा रोल मोडल उभ्याएका छन, जसको जीवन भोगाइ र अनुभुतिबाट अनन्त कुराहरु सिक्न सकिन्छ, र जहाँ सबैलाई एक असल पिता र असल छोरा बन्नलाई समेत अभिप्रेरित गरिएको छ भन्दा अत्युप्ती नहोला।