मनिला डायरी : केही सम्झना, केही आश्चर्य (यात्रा आलेख)
- फुर्बा साङ्गे मोक्तान
मनिला, अर्थात फिलिपिन्सको राजधानी शहर, काठमान्डुबाट करिब २५०० माइलको हवाइ (एरीयल) दुरीमा पर्ने रहेछ। समयको हिसाबले हामीभन्दा करिब सवा दुई घण्टा जति अघी। एक दसैंको टिकाकै दिन आधारातमा मनिला उड्नुपर्ने भयो, प्रसँग पर्यो अफिसको काम बिशेष। एक सिकाइको मौका भन्दा पनि फरक पर्दैन शायद। दसैंकै दिन निस्कनु पर्दा केही खिन्न भए पनि कम्तिमा रातीको फ्लाइट पार्न पाइएकोमा भने मन दङगै रह्यो। हुन त घरमा दसैंको टिको लगाउने रमझम त हुँदैन, तैपनी राष्ट्रिय चाड हो मन रमाउने मौका त खोजिहाल्ने भो। एक्लै भैइने अवस्था भने भएन, कार्ज्यालयबाट अर्को एक जना साथी, सर नै भनुम, बिजय सर, पनि जाने भाकोले ज्यानलाई कम्तिमा राहत र खुशीको आहत महसुस भैराको थियो। हुनत बैदेशिक यात्रामा निस्कन पाउदा खुशी नहुने को मनुवा होला ।
मनिला यात्राको खास उद्देश्य बर्णन गर्दा कामको कुराहरु त के गरौ, बिपद जोखिम न्युनिकरणसग सम्बन्धित भाकोले सोही बिषयमा १ हप्ता घोत्लिरहियो। एसिया प्यासिफिक भरिका देशका सरकारी, गैरसरकारी, निजी, बिज्ञ, प्राग्य, नितीनिर्माता, अभियन्ता सबै भेला हुने कुम्भ मेला थियो त्यो। बिहान देखी राती अबेरसम्म थियो कार्यक्रम लगायत छलफल । पहिलो ५ दिनत हामीले बिहानको सुर्योदय र बेलुकाको सुर्यास्त पनि देख्न पाएनौ। बिहान आँखा खुल्दा उस्तै परे ८ नै बज्ला जस्तो हुने, बेलुका त बेलुका नि भईगयो। खासमा म नेपालमा नियमित फुटसल खेल्ने भाकोले साँढे पाचतिरै उठ्ने मान्छे हो तर उता चै जैले जसो ढिलो । एसो सोचेको मेरो दिमागको घडी त नेपालकै अनुसार घुमीरहेको रैछ । उठ्न त म साढे पाच मै हो उठेको तर उता चै त्यो पौने आठ भैहाल्दो रहेछ । बेलुका जती गरेनी १२-१ बजे अघी निन्द्रै नलाग्ने । उल्लुजस्तो ट्ट्वा पर्नु पर्ने बेलुका चै कैले काही त।
...
फिलिपिन्स सरकारले नै होस्ट गरेको कार्यक्रम भाकोले सुरक्षा चुनौतीलाई उत्कृष्टरुपमा ख्याल गरिएको थियो कार्यक्रममा। करिब ४००० जना सहभागीहरुले आबदेन दिएको कार्यक्रममा ३००० बढी त उपस्थित थिए जस्तो लाग्छ यो मनुवालाई। हरेक पल्ट कार्यक्रम स्थल बहिरबाट छिर्नु पर्यो भने बिद्युतिय एक्सरे भित्र ब्याग सामान छिराउनै पर्ने, फोटोसहितको परिचयपत्र किउ स्क्यान गरेर मात्र प्रबेश पाहिने, इत्यादी उदाहरणबाट बुझ्नुस् सुरक्षाको गाम्भिर्यता ।
सुरक्षा कार्यक्रममा मात्र थिएन, होटेलमा पनि थियो। होटेल बाहिर चौबिसै घण्टा ३-४ प्रहरीको टुकडी । बिहान मर्निङ वाक जादा पनि सगसगै १ जना हिडिरहने । उनी भन्थे, पैसा माग्ने जस्तो गरेर पाकेट मार्न सक्छन, त्यसैले हामी सगै हुनुपर्छ। मलाई लागेको म परे त्यस्तै ३५-४० बिचको ठिटो। तर मसगै को सर चै ४५-५० तिरको बुज्रुक। उनी सधैं ढाका टोपी ढल्काइरहने, मोटो मोटो आवरणको, लगभग नेताजस्तो देखिनेमा दुईमत छैन। कार्यक्रम पनि मन्त्री स्तरिय अन्तरदेशिय कार्यक्रम थियो त्यो। ति प्रहरीले उनिलाई चै मन्त्री नै सोचे कि भन्ने मेरो ठम्याइ । म चै सधैं उनीसगै एता उता दाजुभाइ घुम्ने हुँदा, मलाई चै उनको सेक्रेटरी एस्तै केही सोचेकी जस्तो पनि लाग्दैछ। ति प्रहरीले दिएको सम्मान देख्दा। हल्का रमाइलो।
...
बेलुका अबेरतिर एक बाङ्लादेशी साथीसग बाहिर हलाल खान्की खाने भन्ने कुरो भो। होटेलबाट निस्कने बेलामा नयाँ प्रहरीको हाकीम देखापर्यो। र बडो सम्मानका साथ हेलो भन्यो, मलाई हैन मेरो अर्को सरतिर फर्केर। मलाई पनि हेलो भने पनि सरतिर सरेर केहो कसो हो भनेर सोधे। सरले पनि हामी बाहिर जान लागेको साथीलाई हलाल खानुपर्ने भाकोले हलाल रेस्टुरेन्ट खोजेर हामीलाई बोलाको छ नजिकै छ भन्नुभो। तर अलिक कन्भिन्स नभाको जस्तो गरेर कुन रेस्टुरेन्ट हो भनेर जान्न खोज्यो । अनि मैले, WhatsApp को लोकेसन सेरिङ्ग म्याप देखाउदै यो ठाउँ हो भने। अनि, बिजय सरले "हामी एक घण्टामा आईपुगीहालौला" भनी थप्नुभो। हामी सगै जाउ जाउ जस्तो गर्थ्यो, तर हामीलाई प्रहरीसग ननिस्कौ, खानपिनमा समय लाग्ला, हतारो गर्ला एस्तै थियो र मैले पनि १ घण्टामा आउपुग्छौ, हामी २-३ जना छौ, चिन्ता लिनु परेन, आईहाल्छौ भनेर मनायौ । तर खाना खाने रेस्टुरेन्ट पनि भिडभाड खाल्कै रैछ। वरपरको सारा हलाल खानुपर्ने मनुवाहरु त्यही भेलाहुने रैछ। समय लागि गो। १ घण्टा त ख्याल ख्यालमै बितिगएछ । बाहिर आएर बसिराखेको रैछ बन्धुहरु त। सरलाई बडो सम्मानका साथ “अब बेला भयो भने जाउ, हामीले गाडी लिएर आएका छौ, यो एरिया राती त्यती ठीक छैन (एताको ठमेलजस्तै बेलुकातिर अबेर सम्म खुल्ने एरिया रहेछ त्यो), निस्कौ” भन्न थाल्यो। हामीले पनि सकिसकेका थियौ, केही फरक परेन। झन गाडी नै भएपछी त सजिलै महसुस हुनेभो जस्तो लाग्यो। हामीहरुलाई अब वारीपरीका मानिसहरुले भि आई पि नै सोचे जस्तो लाग्यो रेस्टुरेन्टमै चै ,किन्तु गाडी चडेर अलिक अघी जाने बित्तिकै मनिसहरुले बडो सशङ्कीत नजरले हेर्न लाएको जस्तो लाग्यो। अघीको भि आई पि सोच अब अर्कै दिशातिर पो बग्यो। बडो अचम्म। एकै द्रिश्यको पनि दुई फरक परीद्रिस्य ।
...
कार्यक्रमको अन्तिम दिनमा साइट भिजिट पनि थियो, मेट्रो मनिलाकै २ शहर, एताको जिल्ला भन्ने जस्तो । पहिलो मेलाबोन सिटी, दोस्रो भ्यालेन्जुएला सिटी । साइट भिजिटमा जादा बडो अचम्मको द्रिश्य देखियो, हामी जम्मा जम्मी २२ जना सहभागी त्यो ठाउँ भ्रमण गर्नेमा, बाँकी केही नाम लेखाएर पनि नआएका जस्तो लाग्यो, गाडी चै कोस्टर गाडी २ हामीहारुलाई मात्र, बाँकी २ गाडीमा एकमा २० जना जती आर्मी पुलिस थिए होलान, अर्को गाडी खाली, यदी केही गरी पञ्चर भाईहाल्यो भने सार्नलाई पनि हुनसक्छ, र २ मोटरसाइकल साइरनवाला अघीपछी । जाम हुने भित्री सडकहरुमा समेत इस्कर्टिङ गरिकन गाडीहरु बिना रोकावट पास गरिहाल्ने, अनुभव एस्तो भो कि हामी कुनै मन्त्रीहरु हौ, जसको सवारी भैरहेको छ। अनि, मनमा खयाल पनि आयो, नेताहरु तेसै शक्तीको पूजारी भएर लागेका हैन रैछन ।
...
मनिला कार्यक्रम थलो शहरबाट करिब ४५ मिनेटको भि आई पि सवारी पनि मेलाबोन शहर पुगियो । जताततै स्वागत छ भनेर एक युवती महिलाको फोटो राखिएको रहेछ । हामीलाई लाग्यो, कुनै ब्रान्ड अंबासडर होलिन उनी । जब स्वागत कार्यक्रममा पुगियो त उनी उही महिलाले नै स्वागत गरिन । अनि पो थाहा भो, मोडलजस्ती देखिने ति महिला नै मेलबोन सिटीकी मेयरसाब हुनुहुदो रहेछ। यहाँहरुको जानकारीको लागि फिलिपिन्स नेपाल भन्दा दुई गुना ठुलो छ भने जनसंख्या चै ४ गुना भन्दा अलिक बेसी छ। र १४९ जती शहर छ, जुन नेपालको हकमा जिल्ला भन्दा पनि फरक नपर्ला । फिलिपिन्समा चाँही शहर भनिदो रहेछ, नेपालको चै जिल्ला भने जस्तो। त्यसपछी फेरि अर्को आधा घण्टा जती गाडीमा भ्यालेन्जुएला शहर पुगियो । त्यहा पनि लक्का जवान नै खालको मेयर हुहुहुदो रहेछ । दुबै शहरका मेयरहरु भर्खरकै लगभग ४५ वरपरका होलान, युवा जोशले भरिएका जस्ता । दुबइ शहरमा बिशेष खालको अनुभव बटुल्ने मौका पाइयो। हाम्रा बिजय सरले त "तपाईंहरु दुबै जना मोडल जस्ता हुनुहुँदो रहेछ" भन्न समेत हसीमजाक गर्दै भन्न भ्याउनुभएछ एक मेयरलाई।
पहिलो शहर मेलोबोन बाढी, मुख्यगरी टाइफुनका कारण, प्रभाबित क्षेत्र रहेछ । यसै पनि फिलिपिन्स बिपद जोखिमका हिसाबले संसारकै सबैभन्दा जोखिमयुक्त देशको सुचीमा पहिलो नम्बरमा पर्ने रहेछ । मेलोबोनको योगदान पनि यसमा रहेको देखियो । संसार भरका मनुस्यहरुले गरेको प्रदुषणको असर यहाँ देखियो, मुख्य त प्लास्टीकको झनै जटील समस्या । समाधानका लागि लामो समयको प्रयासबाट यो शहरले आफुलाई सकेको प्लस्तिक शुन्य शहर बनाउने तर्फ अग्रसर रहदै गरेको देख्न पाइयो । यहाँ बुझ्नु पर्ने कुरो के पनि छ भने "प्लास्टिक शुन्य" भनेको प्लास्टिक उत्पादन नै नहुने भन्ने हैन, अपितु "प्लस्टिक खुल्ला रुपमा छोडिदैन, पुन: प्रयोग वा रिसाइकल भएर बातावरणमा केही पनि खेर जान्न" भन्ने हो । जसका लागि कुहिने नकुहिने स्रोतमै छुट्याउने, नियमित फोहोर मोनिटरहरुद्वारा अनुगमन गर्ने, कुहिनेलाई मल बनाएर बेच्ने, नकुहिने सामाग्रीहरु पुन: रिसाईकल गर्न पठाउने, प्लस्टिकको डोरी बनाएर ब्याग बनाएर बेच्न त आजभन्दा ५० बर्ष अघिदेखि महिला दिदिबहिनीहरु निरन्तर लागि परेको देखियो, जसले आम्दानी पनि हुने र बाताबरण पनि जोगिने गर्ने देखियो। हामीजस्ता घुमन्ते हरुले किन्न मिल्ने सामान पनि बन्दो रहेछ, करिब १४-१५ सयजतिको किनमेल त मैले पनि गरे। बडो सस्तो पनि र गुणस्तरिय पनि सामान पो पाइयो त।
दोस्रो शहर भ्यालेन्जुएला करिब ४०० बर्ष पुरानो नामको ईतिहास बोकेको शहर रहेछ। मेयरसाबले एक ब्याच पनि मायाको चिनो दिनुभो "भ्यालेन्जुएला ४००" लेखिएको । शहर भनेपनी मुख्य शहरबाट थोरै पर। भ्रमण गरिएको साइट करिब १५ हजार ब्यक्तीहरुको साझा बस्ती रहेछ, जो बाढीको चपेटामा परेका एबम नदी किनारका सुकुम्बासी बस्तीका मानिसहरुलाई पुनर्बास गरिएको रहेछ। ठ्याक्कै भन्नुपर्दा, काठमान्डुको थापाथली सुकुम्बासी बस्तीलाई सारेर लगेको जस्तो । बडो ब्यवस्थित बस्ती, एक किसिमले कोलोनीमा बसेका जस्ता देखिने गज्जबको ब्यवस्था भएको । रोजगारीको लागि पनि बस्तीको पारीपट्टी ठुला ठुला उध्योगहरु खुलेका, अनि बस्ती भित्र पनि आधुनिक खेतिपाती गरिएका । यती ब्यवस्थित बस्तीको राजको बारेमा सोधिल्याउदा मेयरले "नियम लागु र कडाइका साथ लागु हुनु" नै मुल मन्त्र हो भन्दा बिधीको शासन किन महत्वपूर्ण रहेछ त भन्ने द्रिस्टान्त प्राप्त गर्ने मौका जुर्यो।
मलाई मनिलामा अर्को एक कुरा साह्रै मन पर्यो, कामप्रतीको जिम्मेबारी बोध । हामी ३००० हजार सहभागी, म लगायत, ५-६ दिन कार्यक्रम थलोमा बस्दा सबैभन्दा बढी भ्रमण गर्ने क्षेत्र शौचालय रह्यो, जुन मैले २०औ पल्टजती प्रयोग गरे हुला,किन्तु, फोहोर भएर बसेको कैले देखिन, गन्ध आएको कैले थाहा भएन, भने पानी जमेर बसेको पनि देखिन, साबुन नभएको पनि देखिन । हरेकको शौचालायमा कम्तिमा १ कर्मचारी बिहानै, दिउसै, बेलुकै खटीरहेको देख्दा मन बडो ताज्जुब पनि भो। यो देखेर मलाई केही समय अघी आँफ्नै देशको मिस नेपाल कार्यक्रमको सहभागीता गर्न गोदावरी जादा शौचालय भरी पिसाब बगेर आहाल भाको तर सफा गर्न ब्यवस्थापनको चासो नभएको याद आईरह्यो।
अन्तमा, बिपद जोखिमका हिसाबले नेपाल भन्दा पनि बढी जोखिम एबम जलबायु परिवर्तनको असले जेलिएको दुबै देशको आफ्नै गाथा र ब्यथा छन। फिलिपिन्स ४ पल्ट उपनिबेशको सामना गर्नुपरेको देश, हामी एकै पल्ट पनि कसैको उपनिबेश हुनु नपरेको देश दुबै देशलाई एक अर्काबाट सिक्न सक्ने क्षेत्र रहेछन। कुनै पनि देश आँफैमा पूर्ण त के होला र, तैपनी फिलिपिन्सबाट नेपालले बिपद जोखिम न्युनिकरण एबम व्यवस्थापन र जलवायु सङ्कट मोचनका बिषयमा धेरै सिकाइ बटुल्न सक्ने देखियो । केही त यस कार्यक्रमले पनि सिकाए, बाँकी कुटनितिक ब्यवहार एबम प्रयास र नियमित सिकाइ मैत्री सम्बन्ध कायम गरेर गर्न सकिनेमा दुईमत छैन।
लेखक: फुर्बा साङ्गे मोक्तान
...............................................................................................................................................................
हिमाल हासेको हेर्दा...: अनुभब पोखरा घुम्दाको
लेखक: फुर्बा साङ्गे मोक्तान / May 18, 2011
युवा सरसफाइ यात्रामा मेरो एक दिन र अनुभब
त्यसपछी हुइकिदै पुगियो, सुङ्गा(भक्तपुर)को समुदायमा आधारित ढल प्रसोधनशाला। करीब ८३ घरधुरीको लागि तयार गरिएको सुङ्गा क्षेत्रको फोहोर पानीलाई बिगत ८ बर्षदेखी उल्लेख्य रुपमा काम गरिरहेको कुरा सुन्न पाउदा शहरी क्षेत्रको सरसफाइको आधार यो पनि बन्न सक्ने कुरा मनमा पर्यो। साच्चै यसरी स-साना तहमा फोहोर पानी प्रसोधन हुन सकेमा दिगो समाधान पक्कै तयार हुन सक्छ। "म अब घर पुगेर सिक्स आर (६ आर) प्रयोगमा ल्याउने प्रतिबद्धता जाहेर गर्दछु।" प्रतिबद्धता सन्कलन गर्ने क्रममा धना खतिवडा, एक सहभागी बोलिन, "हामी युवाहरुले मात्र पनि यो किसिमको प्रतिबद्धता दिन सक्ने हो भने यस्ता समस्याहरु कती छिटो समाधान हुन्थे होला है?"
"कोटडाँडा पुगेर हेर्दा...": अनुभव बिशङ्खुनारायण यात्राको
नजिकको देउता, ईन्द्रथानको यात्रा: हाइकिङसगै
अब यात्रा झन रोमान्चक, पछाडि बसेको हामीलाई टाटा मोबाइलले लछार पछार गर्दै करिब १५ मिनेट जतिमा तल स्कुलमा पुर्यायो। गाडीबाट ओर्लदा सोचियो, शायद अब उपरान्त लिफ्टनै भएपनी टाटा मोबाइलको पछाडि बसिन्न कि??? "झण्डै झण्डै है साथीहरु, म त बाल बाल बाचे" भन्दै ओर्लदै थिए एक मित्र।

No comments:
Post a Comment