THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

BANGLADESH DIARY



बङ्लादेशबाट जे सिक्न सकिन्छ

लेख: फुर्बा साङ्गे मोक्तान
(बङ्लादेश् डायरी )
बङ्लादेश भन्ने शब्द मेरो दिमागमा बङगालको खाडीमा गएर जोडिन्थ्यो, जब सम्म मैले बङ्लादेशमा पाइला हालिन। बङ्लादेशसगको मेरो परिचय बस तेती नै थियो। तर आज परीचय बद्लिएको महसुस हुँदैछ।

दोस्रो विश्वयुद्धको अन्त्यसगै जब देश्हरु स्वतन्त्र हुँदै गए, भारत पनि इङ्गल्यान्डको उपनिबेशबाट मुक्त हुँदै स्वतन्त्र हुन पुग्यो, सन १९४७ मा। स्वतन्त्रताको गतिलो स्वाद चाख्न नपाउदै हिन्दू र मुसल्मानबिच बिभक्त भएर हिन्दूस्तान (भारत) र पाकिस्तानमा टुक्रा हुनपुग्यो। जसमा पश्चिम पाकिस्तान अहिलेको पाकिस्तान हो भने पुर्बी पाकिस्तान अहिलेको बङ्लादेश। तर भारतबाट पाकिस्तान छुट्टीदा बङ्लादेश बनेको हैन रहेछ, यो देश पाकिस्तान छुट्टीएको पनि करिब १५ बर्षपछी सन १९७१ मा स्वतन्त्रताको ९ महिने भीषण युद्धपछी बनेको मुलुक रहेछ।

पाकिस्तानको अङ्ग बनेसगै एक उर्दु भाषा अवलम्बन गर्नुपर्ने नितिको बिरोध गर्दै असन्तुष्टी त पाकिस्तान बनेसगै थियो। मुसल्मानी राज्य भयेपनी बङ्ला भाषाको प्रयोग थियो उबेलाको पुर्बी पाकिस्तान अनी अहिलेको बङ्लादेशमा। जस्को भीषण रुप जब शेख मुजिबुर रहमान (जो अहिले बङ्लादेशको पिता मानिनुहुन्छ।)को नेत्रित्वको पक्षले धेरै ठाउँमा चुनाव जित्यो, तब पाकिस्तानले चुनाव बदर गरेर पुरानै सत्ता सन्चालनतिर लाग्यो। अनी, घर-घरबाट बिरोध, नाराजुलुश अनी तेस्को दमन सुरु भयो। करिब ९ महिना चलेको यो बिध्वङ्शमा जो जो सत्ताको खिलाफमा लगे सबको सफाया गरियो। सिङ्गो गाउ रित्तियो, शहर उजाड भयो। लाखौं पलायन हुँदै छिमेकी मुलुक बिशेष गरी भारतमा शरनार्थ हुन पुगे। तेसबेलाको तथ्याङ्क केलाउदा ३० लाख मानिसहरु मारिएको अनी ६ लाख भन्दा बढी चेलीबेटी, महिलाहरुको बलत्कार भएको आकडा देखिन्छ, जुन तपाईं हामी कसैले पनि सोचेभन्दा धेरै नै बढी हो। पछी भारतको हस्तक्षेपपछी भनौ या भारत-पाकिस्तानबिचको बङ्लादेश स्वतन्त्रताको युद्धमा पाकिस्तानले हात झिकेपछी हालको बङ्लादेश (तत्कालिन पुर्बी पाकिस्तान) पाकिस्तानबाट स्वतन्त्र भएको देखिन्छ। हुनत भरतको त्यो बेलाको चरित्र द्वेध थियो भनेर मेरा एकजना बङ्गली मित्रले भन्दै थिए। खैर त्यो अलग बहस बन्ला। सोही स्वतन्त्रताको खुशीयालिमा प्रत्येक अङ्रेजी बर्षको मार्च २६ तारिकका दिन स्वतन्त्रता दिवस (Independence Day) को रुपमा मनाउने गरेको पाईन्छ। जुन केही दिन अघि मात्र सम्पन्न भएको थियो। रमाइलो कुरा चै के भने जुन देश पाकिस्तानबाट स्वतन्त्र छ, त्यो मुलुकले आज बिकासको रफ्तार यसरी पक्रेर अगाडि बढीरहेको छ कि हालै संयुक्त राष्ट्रसंघद्वारा भर्खरै प्रकाशित बिकास सुचाङ्क २०१६ मा पाकिस्तानको भन्दा बङ्लादेशको बिकास सुचाङ्क माथि छ। भएन त रमाइलो कुरो?
अब सोचौ त, नेपाल त कहिल्ये कसैको उपनिबेश हुनै परेन। दक्षिण एसियाकै सबैभन्दा पुरनो मुलुक हो, नेपाल। तैपनी हामी नेपालीहरु किन आफ्नै दुर्बल मानसिकताको उपनिबेश बनिरहने? हाम्रो त झनै धेरै अवसर रहेछ बिकासको ढोकातिर अगाडि लम्कने। भारत, चीन, बङ्लादेश, जापान, लगायतका देशहरुले बिकासको साझेदरीको चासो हालै काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा आएका प्रतिबद्धताहरुबाट पनि के देखिन्छ भने नेपालमा लगानीको प्रचुर सम्भावना छ। मात्र आवश्यकता छ त केवल दरिलो इच्क्षाशक्ती अनी नेत्रित्वको। भीषण जेनोसाइड (Genocide) को मारमा परेर पनि आज तरक्की गरेको मुलुक, बङ्लादेश आज निस्फिक्री बिकासको मार्गमा लम्कदैछ भने हाम्रो मुलुक नेपाल पनि बिल्कुल बढ्न सक्छ। र, परिवर्तन सम्भव छ हाम्रै पालामा।



फेब्रुअरी ०२, २०१७ : बङ्लादेशको पहिलो १ हप्ताको अनुभव 

लेख: फुर्बा साङगे मोक्तान 
भनिन्थ्यो र गरिन्छ, जीवन अनुभबको सगालो हो। हरेक अनुभबले मानिसलाई नयाँ प्रकारको बिकास गराउछ। नयाँ ठाउँ, नयाँ परीबेश अनि नयाँ परिस्थिती। र मात्र पात्र (म) उही। बङगलादेश आज भन्दा ठ्याक्कै १ हप्ता पहिले US-Bagla प्लेनबाट ओर्लेको। 

भाषाले चै निकै ठुलो भूमिका खेल्दो रहेछ भन्ने ज्ञात ट्यक्सी चड्नु पर्ने बेलैमा भयो। मैले भन्या ट्यक्सी ड्राइभरले नबुझ्ने, ड्राइभरले अङ्रेजी (र हिन्दी पनि) नबुझ्ने। धन्न यतै पढाई गर्दै गरेको बहिनी, "नबिना" सगै भाकोले उती सारो अप्ठेरो परेन भनौ। तैपनी राम्रै दाम तिर्नु पर्यो। भाषाको समस्या घरमा पनि पर्यो। नबिनाले एकजना साथीलाई भनेको रहेछ, नाम चै "फारुक"। तर के काम परेर गाउ गाको रहेछ। अनी उस्ले पनि अर्को साथीलाई भनीदिएको रहेछ, अङ्रेजी खास धेरै नबुझ्ने। घर पुगेर मलाई आराम गर्न भन्यो। तर भोक लागेको पेटलाई खाना खाको कि नाइ भनेर सोध्दै सोधेन। एअरपोर्टबाट निस्कदा नै अबेर भाकोले बिचमा केइ खाने परिस्थिती पनि मिलेन। पछी आँफैले खानलाई केइ छ भनेर सोधीवरी खाना खाइयो। बडो रमाइलो थियो अनुभव। ऐले लाग्छ भोकै सुत्नु परेको भये चै अझ याद्गार मेमोरी हुने थियो कि। :)

एक हप्ताको बिचमा मैले केही सामाजिक, आर्थिक र सान्स्कृतिक अध्ययन गर्न सके। ढाका, देशकै राजधानी भएकोले होला, जनसंख्याको चाप सधैं बिशिष्ट या भनौ सधैं चापाचाप। गाडीहरुमा कित कारहरु कि ट्यम्पो र बसहरु। मोटरसाइकल नेपालमा जस्तो खास नगूड्ने। रिक्सा नि उल्लेख्य नै देखियो, जताततै। ठुलो बस पनि कोइ दुइतले अनी कोइ दुइटा बस जोडेर चलाको पनि देखियो। रमाइलो कुरो चै, सबै गाडी (बस)हरुको पछाडि हेर्ने सिसा (साईड लाइट)भित्र पट्टी हुने गर्दो रहेछ। किन होला भनेर कौतुहल्ता थियो। चडदै जादा थाहा भो, गाडीहरु त एक अर्कालाई उस्तै परे ठोक्दै जाने रहेछ, रगड्दै जाने रहेछ गाडीको ढाडलाई। गाडीमा चड्दा पनि दौडदै चढ्नु पर्ने, ओर्लादा पनि हतार हतार झर्नु पर्ने अवस्था प्राय सबैदिन रहे। गाडी रोकिदा एक गाडी र अर्को गाडीको बिचमा मान्छे उभिन पनि नमिल्ने सम्मको ठाउँ नछोड्ने चै गजबै (अचम्मको गजब) लाग्यो। ट्राफिकको अवस्था भयाभह रहेपनी ठुला र फराकिलो सडक अनी अग्ला अग्ला अलिशान बिल्डिङहरुले भने मन लोभ्याउने रहेछ। केही ठाउँहरु बिशेषगरी, क्यन्टोनमेन्ट क्षेत्रको ब्यवस्थित निर्माण प्रकियाले बङलादेशले पनि बिकासको मार्गमा ब्यवस्थित फड्को मार्दै गरेको अनुभव यो पात्रलाई भयो।  

नेपालको तुलनामा कारीब डेढ गुना बलियो मुद्रा अवस्था रहेको बाङ्लादेशको बजारभाउ र मुल्यवस्था हेर्दा नेपालको तुलनामा सस्तो र सुलभ होकी भन्ने लाग्यो। दुरसन्चार र सुचना प्रबिधीमा पनि फड्को मार्दै गरेको अवस्था पाये। बिकासमा आधा हिस्सा ओगट्ने महिलाहरुको अवस्था भने अन्य मुस्लिम मुलुकको जस्तै हो कि भन्ने भाव बजार डुल्दा घुम्टोले टाउको छोपेका अनगिन्ती महिला अनुहारहरु देख्दा भो, मन चसक्क नि भो। कैले आउने सामाजिक सशक्तिकरण भन्ने अनुभव भो। तैपनी महिलाहरुलाई सम्मान गर्ने परीपाटी भने रहेछ गाडी चड्दा, बाटोमा, खुशी लाग्यो कम्तिमा।

समग्रमा फरक भुगोलमा, फरक सामाजिक पारीबेश, बिकास रफ्तार र सान्स्कृतिक बिशेषता पाये मैले पहिलो हप्तामा।

No comments:

Post a Comment