THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

JOURNEY


Fun with learn at WASH Leadership Hiking

By: Phurba Sange Moktan
What comes in mind when listened about hiking? It’s obvious, FUN. However, a hiking made by “paschim paaila” jointly organized with Rotaract Club of Midtown, Rotaract Club of Dillibazar, YPEER and NYCA to Sundarijal Height on 31st March, 2012 was quite different. The hiking included not only fun but also learning with lots of fellowship opportunities.

Marking World Water Day-2012, the event entitled, “WASH Leadership Hiking (Water Special)” was conducted in which fun with learn was the prime motto. All the participants are youth representatives from the five different youth groups.  The hiking started at the Sundarijal Buspark with briefing of the details from facilitators. Then, four different groups namely Water Optimizer, Water Quality Maintainer, Sanitation Promoter and Hygiene Promoter were formed to have different team work exercises. Throughout the hiking, three landmark points were maintained to have different team works in which on first point each group presented about the important component for effective team through games, on second points quiz competition were made on WASH and on the final point, five remarkable sharing on different issues. In addition, best team was also declared as “Hygiene Promoters’ team” and they got awarded.

Though the hike was fifth series hike, most of the participants were new and were so excited throughout the event. “This gonna be a life time experience for me. I really love this hike.” said by Taryn Meyers, international participants for the hike. “The hike was made to be 75 % fun, 25 % learn and 100 % fellowship”, Said by Buddha Bajrachaya, Event Coordinator, “paschim paaila”. “And I hope this was achieved for sure.” The event was concluded at around 4 pm with farewell tea.

...................................................................................................................................................................



गोरखा रिभीजीटेड: यात्रा स्मरण
लेखकफुर्बा साङ्गे मोक्तान 


जिन्दगी उकाली, ओराली अनी भन्ज्याङ तरेली गर्दै अघी बढीरहदा सम्झनाका यादहरु पनि क्रमस मेटिदै जाने रहेछ, यदी कम्प्युटरको रिफ्रेश बटम थिचे जस्तै गरी रिफ्रेश गर्न सकिएन भने। प्रसँग हो भर्खरै गरिएको गोरखा यात्राको। बिगत ३-४ बर्ष पहिले पढाईको सिलसिलामा घुम्दै जादा पुगिएको गोरखा दरबार र लिगलिग कोटे आपपिपल पुन: एकपटक पुग्न नपाउदा केही नकोरी बस्नै सकिएन। अनी लेख्दैछु यो रिभिजिटेड यात्राको स्मरण।

रिचुअली (ritually) भन्दा पनि स्पिरिचुअली (spiritually) ब्यवहार गर्न रुचाउने म तिहारको रमाइलोसगै कतै डुल्न जाने इच्छा मनमा थियो। फलत: केही साथीहरुसग मिलेर गोरखाको भ्रमणमा निस्कने निर्णयमा पुगियो। १ काज २ पन्थ भनेझै तिहारको बिदा पनि सदुपयोग हुने र ऐतिहासिक धरोहरमा पुगेर पुराना यादहरु पनि साटासाट गर्न पाइने कुराले कस्तो मज्जाको अनुभब भइरहेको थियो। अनी त के चाहियो सोल्टिलाई, बालाजु एयरपोर्टबाट गोरखा माइक्रो एयरलाइनसमा उडियो गोरखा लक्ष्मीपुजाको दिनमा। सरर...माइक्रो एयरमा...हा हा।

बिचको दुई दिनमा हामीहरुले गोरखा दरबार, सिद्धपाइला, आर्मी क्याम्प, गोरखाबजार, पश्चिमकाली, आपपिपल भञ्ज्याङ, लिगलिगकोट जस्ता गजबका ठाउँ डुल्ने मौका पायोउ, जसमा पनि भैली सास्कृतिक कार्यक्रम, पश्चिमकालिबाट हेरिएको अस्ताउदो सुर्य, गोरखा-लिगलिगकोट दिनभरिको पैदल यात्रा, गोरखा भ्युटावरबाट हेरिएको गोरखा बजारको द्रिस्य, लिगलिगकोटको टुप्पाको बतास आदी मेरो स्‍मृतिमा सजिलै नमेटिने कुराहरु हुन। अत: मेरो यो चारदिनको छोटो बसाइले पनि धेरै आत्मिएता साटेको छ गोरखासग। साथै, ग्रामीण पर्यटनको परीकल्पनालाई साकार रुप दिएर यदी गोरखाबासिहरुले "लुम्बिनी भ्रमण बर्ष २०१२" जस्तै कुनै पहलकदमी काम गर्न सके र लुकेर बसेका अन्य धरोहरहरुलाई पनि सम्रक्षण गर्न सक्ने हो भने गोरखालाई ऐतीहसिक एबम सास्कृतिक पर्यटनबाट धेरै माथि पुर्याउन सकिने कुरालाई पनि अनुभुत गर्न सके।
 
अन्त्यमा, अन्य साथीहरु एबम इच्छुकहरु जो साच्चै गज्जबको ठाउँ जहा थोरै समयमा धेरै कुराको आनन्द लिन चाहनुहुन्छ भने गोरखाको भ्रमणमा निस्कन आग्रह गर्न चाहन्छु। मैले यो स्वाद् लिएसके पुन एकपटक डुलेर, के तपाईं पनि चाहनुहुन्न? 


...............................................................................................................................................................

हिमाल हासेको हेर्दा...: अनुभब पोखरा घुम्दाको
लेखक: फुर्बा साङ्गे मोक्तान / May 18, 2011

केही अगाडि साथीहरुसग पोखराको बारे खुबै चर्चा भएको थियो। अझैसम्म जाने मौका मिलेन मात्र के भनेथे, साथीहरु हास्न थालीहाले। भने छक्क परे, किन हासे टोलिहरु?? पछी पो भने, रुकुम, जाजरकोट, सुर्खेत पुग्ने पोखरा नपुगेको सुन्दा छक्क परेछन साथीहरु। कतै नपुगे पनि पोखरा चाँही पुग्नै पर्ने तर्क राख्दै एक जना साथी तर्किहाले। नि के कम, डुलुवा परे, एक महिना भित्र पोखरा जान्छु भनेर सोच बनाइहाले मैले पनि। अनि, भर्खरै गएको हप्ता शनिबार आईतवार बिदाको मौका पारेर निस्की हालियो, एक्स्प्लोर पोखरामा।

हुन पनि यो क्षणलाई धेरै अघिदेखी खोज्दै थिए। फेरी, मेरो केही मिल्ने साथीहरु पनि पोकरामै शिक्षण पेशाको शिलशिलामा पुगेका थिए, आउनलाई कर गरिरहेका थिए। त्यसमाथी मेरो साथीको आफ्नै दिदिको घर पनि पोखराम; खान, बस्न नो चिन्ता। हा।।। हा।।। एउटो कुरो नि। तेसैले, हुइकियो टोली नाइट बसमा। नाइट बस चड्नुको वटा मुख्य फाईदा छन, एक समयको बचत अर्को निदाउदा निदाउदै गन्तब्यमा पुगेको पत्तोइ नहुने। बिहानिको झिसमिसेमा पोखरा पुगियो, तर जब मैले पोखरा पुगेको पहिलो प्रहरमै हिमाल देखे, त्यो पनि धेरै नजिक, मनमा सार्है रमाइलो तरङ्गको प्रसारण भयो। मैले आजसम्म हिमाल डाडाको माथि देखेकै थिइन। तेसैले, हेरिरहे। अनी हेरिरहे।

पोखरा घुम्दा धेरै तिर पुगियो, करिब दिनको दोउरान प्राय सबैतिर डुलियो। जहाँ पुगे पनि हिमालको हसाइ भने पाइ नै रहे। माछापुछ्रे, अन्नपूर्ण, जस्ता हिमालले पोखरलाई साच्चै कती सुन्दर बनाएको रहेछ। पोखरमा जनघनत्व पनि सोचे भन्दा धेरै पाए। हुन काठे ठिटोलाई पोखराको जनघनत्वले तर्साउन के सक्थ्यो, तैपनी पोखरा सानो काठमाडौं जस्तो भने पक्कै लाग्यो। अनी, पौरख गौरबको हिसाबले काठमाडौंलाई उछिनेको जस्तो लाग्यो पोखराले। काठमाडौंको धेरै धरोहर पुर्खाको उपहार हो भने पोखराको धेरै मेहनतबाट सिन्चित रहेछ। जसमा हिमाललाई अतुलनिय उपहार मान्न पनि सकिन्छ। 

अत: पोखराको यो दिनको छोटो बसाइबाट पनि मैले धेरै ठुलो आनन्दको अनुभब गर्न सके, धेरै कुरा स्वयम अनुभव गर्न सके, जसको लागि पोखरालाई मुरी मुरी अनि पाथी पाथी धन्यवाद भन्न चाहन्छु। त्यो भन्दा बढी पोखराको हिमाललाई मेरो मन देखिको आस्था ब्यक्त गर्न चाहन्छु, अनि आग्रह गर्न चाहन्छु, "तिमी यसरी नै हासिरहौ पोखरेलिहरुलाई सधै उत्प्रेरित गरिरहनु है।"  

अन्त्यमा, यदी कोही पोखरा पुग्नु भएको छैन भने जसरी नि एकपटक पुग्नुस्। अनि आँफै अनुभब गर्नुस्। कसो?
 (लेखक काठमाडौं निवासी हुन है, पोखरा निवासी हैनन्।

...................................................................................................................................................................

युवा सरसफाइ यात्रामा मेरो एक दिन र अनुभब

लेखक: फुर्बा साङे मोक्तान
भर्खरै मात्र एउटा  जनचेतनामुलक यात्राको सहजिकरण गर्ने मौका मिलेको थियो, जसको नाम थियो, "युवा सरसफाइ यात्रा"। बिभिन्न संघ सस्था, समुदाय तथा कालेजबाट आएका करिब १५ जना निकै जुझारु युवासाथीहरुमाझ सुरु भएको यो यात्रा मेरो लागि निकै स्मरणिय रह्यो। 

"पस्चिम पाइला" नामक युवा सन्जाल, एन्फो तथा यु. एन. ह्यबिटाटको संयुक्त प्रस्तुती रहेको यस यात्रा विश्व युवा सेवा दिवस्-११ को अबसर परेर २०६८ साल बैशाख ३ गतेको बिहानिको पहिलो प्रहरमा गोकर्णबाट सुरु भएको थियो, जसको मुख्य उद्धेश्य युवाहरुमाझ नेपालको शहरी सरसफाइको स्थिती अवगत गराउने, समाधानको उपायहरु पहिल्याउन मद्धत गर्ने तथा केही पहलकदमी पाइला चाल्न मद्धत गर्नु रहेको कुरा अवगत गर्दै थिए, कार्यक्रम सम्योजक गिरी खत्री। 

गोकर्णबाट शुरु भएको यात्रा बाग्मती नदिको अवलोकन गर्दै किनारै किनार गुहेश्वोरी पुगेर रोकियो, जहाँ सहभागी युवा साथीहरुले बागमती क्षेत्रको ढल प्रसोधन परीयोजनाको अवलोकन गरे। ढल प्रसोधनशालाले पशुपती क्षेत्रलाई सफा गर्ने कुरा सुन्दा मन गद गद भए पनि यदी बागमती नदी पुरै चोभारसम्मै सफा गर्नु परे यस्ता अझै निकै प्रसोधनशालाहरु आवश्यक पर्ने तथा सन्चालन खर्च निकै नि धेरै (जस्तै, मासिक ५ लाखको बिजुली मात्र खपत हुने) भएको कुरा सुन्दा दिगोपना माथि भने केही प्रश्न मनमा नऊब्जिएको भने होइन।

त्यसपछी हुइकिदै पुगियो, सुङ्गा(भक्तपुर)को समुदायमा आधारित ढल प्रसोधनशाला। करीब ८३ घरधुरीको लागि तयार गरिएको सुङ्गा क्षेत्रको फोहोर पानीलाई बिगत ८ बर्षदेखी उल्लेख्य रुपमा काम गरिरहेको कुरा सुन्न पाउदा शहरी क्षेत्रको सरसफाइको आधार यो पनि बन्न सक्ने कुरा मनमा पर्यो। साच्चै यसरी स-साना तहमा फोहोर पानी प्रसोधन हुन सकेमा दिगो समाधान पक्कै तयार हुन सक्छ। "म अब घर पुगेर सिक्स आर (६ आर) प्रयोगमा ल्याउने प्रतिबद्धता जाहेर गर्दछु।" प्रतिबद्धता सन्कलन गर्ने क्रममा धना खतिवडा, एक सहभागी बोलिन, "हामी युवाहरुले मात्र पनि यो किसिमको प्रतिबद्धता दिन सक्ने हो भने यस्ता समस्याहरु कती छिटो समाधान हुन्थे होला है?"

अन्त्यमा, सबै माझ विश्व युवा सेवा दिवसको शुभकामना आदानप्रदान गर्दै यात्रा कोटेश्वरमा पुगेर टुङ्गियो। यसरी सरसफाइ यात्राको क्रममा युवामाझ केही कुरा साटासाट गर्दै धेरै कुरा सिक्ने मौका पाए। आशा छ, साथीहरु पनि इछ्युक हुनुहुन्छ होला। आउँदा दिनमा फेरी तय गरौला यस्तै यात्रा, आजलाई इतिश्री।


(लेखक "पस्चिम पाइला" नामक युवा सन्जालका सन्जाल सम्योजक तथा "एन्फो"का सह-कार्यक्रम सम्योजक हुनुहुन्छ।)

...................................................................................................................................................................



"कोटडाँडा पुगेर हेर्दा...": अनुभव बिशङ्खुनारायण यात्राको

लेखक: फुर्बा साङ्गे मोक्तान
"म पो सबैभन्दा ढिलो भए हुला भन्ने सोच्दै आएथे, साथीले नाक राखीदिए..." भन्दै थिए एक मित्र, जब म हस्याङ र फस्याङ गर्दै सातदोबाटो पुगे। समयभन्दा ढिलो पुगिएकाले त्यो ठटेउलीले मलाई नै हिर्काएको थाहा पाउन बेर लगेन मलाई, तर म नि के कम "नियमापत्ती" भन्दै कुरा घुमाइहालियो। हा हा ... र अन्य ९ जना साथीहरुसहित अगाडि बढी हालियो। जहाँ गन्तब्य थियो - बिशङ्खुनारायण हुँदै कोटडाँडा।

करिब आधा घण्टाको गाडीको यात्राबिच गोदामचोउरमा पुगियो, जहाबाट सुरु भयो हाम्रो पैदाल यात्रा। तेस्तै आधा घन्टाको हिडाइ पछी बिशङ्खुनारायण मन्दिर पुगियो, जुन रमाइलो भलाकुशारी र ठट्टा रमाइलो बिच पत्तो नै भएन बितेको। 

अब भने अली उकालो बाटो चड्नु पर्ने थियो।  होस्टे मा हैसे गर्दै अगाडि बढेको टोलि माथि डाँडामा पुगेपछी एकैनासको प्रतिकृयाबाट गुज्रियो, "ओ हो, गजबको ठाउँ रहेछ। काठमाडौं पनि पुरै देखिने।" हुन पनि किन नहोस्, कुनै जमानामा उपत्यकामा छानिएको एकमात्र प्याराग्लाइडिङ गर्ने डाँडा जो थियो, तर अहिले देखिएको यस डाँडामा अवस्थित भग्नावसेश् जस्तो देखिने रिसोर्टको बन्द घरले भने मनमा कता कता पिडा पैदा गरे जस्तो लाग्यो। कोटडाँडाको टुप्पामा खेलिएको टिम वोर्क सम्बन्धी खेलहरु र धेरै पछी खेलिएको रुमाल लुकाइ खेलले मेरो बाल्यकालको सम्झना नगराइ रहन सकेन। यसरी करीब डेढ घण्टाजतिको कोतडाँडाको यात्राको थकान ओरालो लाग्दै किताचोउरमा चियाको चुस्किका साथ मेटियो र गाडी चढेर हल्ला गर्दै काठमन्डु फिरियो बेलुका करिब ५ बजेतिर।   

अन्त्यमा, ग्रामीण पर्यटनलाई समेत प्रबर्धन गर्न खोजिएको यस क्षेत्रको यात्रा मौका मिलेमा सबैले एकपटक गर्नै पर्ने जस्तो देखे, क् छ साथीहरुको बिचार ???

...................................................................................................................................................................

नजिकको देउता, ईन्द्रथानको यात्रा: हाइकिङसगै

-लेखक: फुर्बा साङे मोक्तान
साथीभाइहरु आईपुगिसकेहोलान भन्ने सोचाइले मनमा दबाब पैदा गरिसकेको थियो। त्यसैले, हतार हतार घरबाट निस्कन खोज्दै थिए, मोबाइलको घन्टी बजित गयो। साथीहरुलाई आउँदैछु भनेर हतार हतार निस्के घरबाट, एकाबिहानै। 
केही साथीहरु आफ्नै कारणले गर्दा आउन नसकेकाले तोकिएको ठाउमा हाइकिङ जाने योजना बादल्दै रामकोट डाडा जाने कुरा भयो तर बाटो थानकोटतिरबाट रोजिएछ/ कताबाट पुगोस, रामकोट डाँडा? बाटो जो उल्टो परेछ। थानकोट पुगेर स्थानिय ब्यक्तिलाई सोधेको, नजिकै करिब १ घण्टा जतिको दुरिमा ईन्द्रथान दह छ भन्ने कुरा खुल्यो। त्यसपछी, टोली अगाडि बढ्यो, टोलिमा थियो म लगायत अन्य केही स्थानिय साथीहरु।

यात्रा सुरु गर्दा अन्योल थियो, कस्तो हुने हो नयाँ ठाउँ अनी हाइकिङको यात्रा तर जब यात्रा बढ्दै गयो, एक भन्दा एक राम्रा ठाउहरु फेला परेकाले आनन्दहरु थपिदै गए। सबैभन्दा माथि थियो, इन्द्रथान मन्दिर। "वावोउ! आइ लाइक इट" अङ्ग्रेजीमा बोलिहाले।

ईन्द्रथान, ठाउँ पनि कम दुरी तर उचाइमा रहेको भ्यु पोइन्ट (view point ) जस्तो ठाउँ रहेछ, जहाबाट काठमाडौं पुरै मज्जाले देखिने रहेछ।   म पनि बोलिहाले,"साथी हो, हामीहरु झुक्किदै आईपुगे पनि अजिबको गजबको ठाउमा आईपुगेछौ, हामी आज लक्की रहेछौ वास्तवमा ।" म बोल्न पाएको के बाँकी राख्थे। सहमतीमा अर्को साथी मुकुक्क हासेको देखे। मनको एक कुनामा प्रश्न पनि पलायो, "ईन्द्रथान काठमाडौंबाट यती नजिक र रमाइलो भएर पनि किन प्रोमोट हुन नसकेको होला?" पछी उत्तर पनि थोरै पाए, भ्रमण बर्ष १९९८ मा प्रोमोट त गरेको रहेछ नि यो ठाउलाई। शिलालेख पढेर थाहा पाएको। तर यो बर्ष पनि त भ्रमण बर्ष हो। सरकारले कतै नयाँ ठाउको खोजिमा पुरना बहुमुल्य कुराहरुको बेवास्ता त गरिएको छैन? मलाई लाग्यो, शायद यो नजिकको देउता हेला भन्ने उक्तीसग त मिलिरहेको छैन? अगाडि नै अनगिन्ती काम भईसकेको यस्ता ठाउमा थोरै मात्र इफोर्ट (effort) फेरी लगाउने हो भने साच्चैको सुनौलो मौका फेरी सिर्जित हुन सक्छ होला। मनमा यस्तै कुराहरु खेलाउदै जादा एक गाउले दाईसग कुरा गर्ने मौका मिल्यो, पधेरामा। थाहा भयो, सानोतिनो १५-२० जना सम्मको लाउने, खाने र सुत्ने ब्यवस्था पनि रहेछ, गाउमा। त्यसपछी मनमा अनेक कुरा गुथेर नैकाप छिचोल्दै काठमाडौं फर्कियो टोली। 

अन्त्यमा, यो मेरो नितान्त हाइकिङ फन मात्र भएपनी नयाँ सम्भावनाको खोजी समेत थियो । ईन्द्रथान धेरै सम्भावना बोकेको ठाउँ हो, कोही हुनुहुन्छ कि यस पर्यटन बर्षमा पुन यसलाई प्रोमोट गर्न चाहने?  


...................................................................................................................................................................

यात्रा, लामागाउको... "एक काज, दुई पन्थ"

-फुर्बा साङे मोक्तान
भन्ने गरिन्छ, जीबन एक यात्रा हो, जहाँ अनेक पाईलाहरु चड्ने र झर्ने गरिन्छ, र जहाँ अनेक उखड बाखडका बाबजुत गन्तब्यको यात्रा तय गर्ने गरिन्छ। यात्रा नै यात्राले भरिएको यो जीवनमा भर्खरै मात्र मैले एउटा यात्रा तय गरे, जुन थियो सिक्न र सिकाउन एन्फो र "पस्चिम पाइला"  मार्फत तयार पारीएको खानेपानी, सरसफाई तथा श्वास्थ्व्य चेतनासम्बन्धी नाटक प्रस्तुतिको लागि तय गरिएको नुवाकोट जिल्लाको लामागाउको यात्रा। 

नाटक प्रस्तुत गर्नका लागि तयार गरिएको झाकी तथा थोरै समय बिच पनि कडा मेहनतसाथ गरिएको तयारी पुरा भएपछी ३ जनवरी, २०११ मा म लगायत अन्य ९ जनाको टोली अगाडिनै रिसर्व गरिएको माइक्रोबसमा चडी कारिब १० बजेतिर नयाबनेश्वोरबाट नुवाकोटतिर हन्नियोउ। 

माइक्रोको यात्रासगै गाउले भकामा नै साँहिला दाई र हर्केलाई जिस्क्याउदै अगाडि बढीरहदा म पनि लाहुरे काकाको अभिनय गर्दै "हे ठेउकेहरु हो, धेरै हल्ला नगर त ए ... " भनेर गाली गर्दै नजिस्केको पनि होइन। भन्न परोइन तर नाटक कस्तो पो हुने हो, गाउले जनजीवनलाई छुन सक्ने हो कि होइन भनेर मनमा कता कता चिन्ताको बिउ नपलाएको पनि होइन। हाम्रा टोलिहरुको गाइगुइ र झाइझुइले माइक्रोबसको एकनासको चैन पनि भताभुङ्ग पारीदिएकोले कतै ड्राइभर दाइलाई अप्ठेरो पो पर्‍यो कि भनेर पनि हेरियो, २-४ पटक, तर त्यस्तो कुरामा कस्ले बाल दिनु???

करिब २ घण्टा डौडेपछी माइक्रोबसले हामीलाई रानीपोउवा पुर्याइदियो। हाम्रो गन्तब्य त्यहाबाट पनि अझै तल गाउमा थियो, तर माईक्रो तल जन नसक्ने कुरा भएपछी सोचियो, आज पैदल यात्रा नि खुबै गरिन्छ। त्यसपछी, पेटपुजा गरेर तल झरिदै थियो, मनमा हतास त छदै थियो, ढिलो पो हुने होकी भनेर? त्यही बेला टुप्लुक्क एउटा पिक अप टाटा मोबाइल आईपुग्यो, आग्रह गरेको मान्यो मोराले, लकी गाइज/


अब यात्रा झन रोमान्चक, पछाडि बसेको हामीलाई टाटा मोबाइलले लछार पछार गर्दै करिब १५ मिनेट जतिमा तल स्कुलमा पुर्यायो।   गाडीबाट ओर्लदा सोचियो, शायद अब उपरान्त लिफ्टनै भएपनी टाटा मोबाइलको पछाडि बसिन्न कि??? "झण्डै झण्डै है साथीहरु, म त बाल बाल बाचे" भन्दै ओर्लदै थिए एक मित्र।


आज मन कम्ती रोमन्चित त थिएन, नयाँ गाउ, नयाँ ठाउँ, नयाँ पारीबेश अनी नयाँ नाटक। हा हा... बास्तबमा यो नाटक गाउ समुदयमा हाम्रो पनी पहिलो र यो गाउको यात्रा पनि पहिलो। "सरहरु सबैलाई नमस्कार" स्कुल छेवोइमा उभिएर बसिरहेकी स्कुलकी मिसले भन्नुभयो। सबै कुरा अगाडिनै भनिएकोले होला, ब्यवस्था राम्रो मिलाइएको रहेछ। स्थानिय समुदायको सहभागिता पनि राम्रो लाग्यो। सबैभन्दा राम्रो, मैले त्यस भिडमा जिज्ञासु अनुहारहरु धेरै देखे। नाटक सुरु गरियो र सकियो। अनी अनुभब गरियो, अघिसम्मको अपरिचित अनुहारहरु अहिले पारीचित भईसकेछन र अघिको अज्ञानी आँखाहरुमा केही भएपनी ज्ञानको पुन्ज भरीइसकेछ।  

कार्यक्रम सबै सकेर रानीपोउवा उक्लदा घडीले ५ हिर्काइ हालेछ। अब चटारो सुरु भयो घर फर्किने। मेरो त झन घर पूर्व काठमान्डु भएकोले डबल चटारो। धन्न, बेलैमा बालाजु पुगियो, तेसपछी हुइकियो केटो हतार हतार घरतिर। 

भनिन्छ, एकबारको चोला, आज छ भोली के होला। लामागाउको दु:ख हेर्दा यो चोला पनि भारी भए जस्तो लाग्दो रहेछ,अनी केही भएपनी राम्रो कुरा सिकाउन पाउदा मन धेरै खुशी हुदो रहेछ। फेरी, आफुले पनि प्रसस्तै सिकिने। त्यसमाथि यात्राको मजा त छदैछ, म जस्तो चरोलाई। त्यसैले, लामागाउको यात्रा एक काज दुई पन्थ जस्तो भयो भन्दा अत्युप्ती नहोला।  

No comments:

Post a Comment