THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label Journey. Show all posts
Showing posts with label Journey. Show all posts

Saturday, October 26, 2024

मनिला डायरी : केही सम्झना, केही आश्चर्य (यात्रा आलेख)

 - फुर्बा साङ्गे मोक्तान

मनिला, अर्थात फिलिपिन्सको राजधानी शहर, काठमान्डुबाट करिब २५०० माइलको हवाइ (एरीयल) दुरीमा पर्ने रहेछ। समयको हिसाबले हामीभन्दा करिब सवा दुई घण्टा जति अघी।   एक दसैंको टिकाकै दिन आधारातमा मनिला उड्नुपर्ने भयो, प्रसँग पर्‍यो अफिसको काम बिशेष। एक सिकाइको मौका भन्दा पनि फरक पर्दैन शायद। दसैंकै दिन निस्कनु पर्दा केही खिन्न भए पनि कम्तिमा रातीको फ्लाइट पार्न पाइएकोमा भने मन दङगै रह्यो। हुन त घरमा दसैंको टिको लगाउने रमझम त हुँदैन, तैपनी राष्ट्रिय चाड हो मन रमाउने मौका त खोजिहाल्ने भो। एक्लै भैइने अवस्था भने भएन, कार्ज्यालयबाट अर्को एक जना साथी, सर नै भनुम, बिजय सर, पनि जाने भाकोले ज्यानलाई कम्तिमा राहत र खुशीको आहत महसुस भैराको थियो। हुनत बैदेशिक यात्रामा निस्कन पाउदा खुशी नहुने को मनुवा होला ।

 मनिला यात्राको खास उद्देश्य बर्णन गर्दा कामको कुराहरु त के गरौ, बिपद जोखिम न्युनिकरणसग सम्बन्धित भाकोले सोही बिषयमा १ हप्ता घोत्लिरहियो। एसिया प्यासिफिक भरिका देशका सरकारी, गैरसरकारी, निजी, बिज्ञ, प्राग्य, नितीनिर्माता, अभियन्ता सबै भेला हुने कुम्भ मेला थियो त्यो। बिहान देखी राती अबेरसम्म थियो कार्यक्रम लगायत छलफल । पहिलो ५ दिनत हामीले बिहानको सुर्योदय र बेलुकाको सुर्यास्त पनि देख्न पाएनौ। बिहान आँखा खुल्दा उस्तै परे ८ नै बज्ला जस्तो हुने, बेलुका त बेलुका नि भईगयो। खासमा म नेपालमा नियमित फुटसल खेल्ने भाकोले साँढे पाचतिरै उठ्ने मान्छे हो तर उता चै जैले जसो ढिलो । एसो सोचेको मेरो दिमागको घडी त नेपालकै अनुसार घुमीरहेको रैछ ।  उठ्न त म साढे पाच मै हो उठेको तर उता चै त्यो पौने आठ भैहाल्दो रहेछ । बेलुका जती गरेनी १२-१ बजे अघी निन्द्रै नलाग्ने । उल्लुजस्तो ट्ट्वा पर्नु पर्ने बेलुका चै कैले काही त।

...

फिलिपिन्स सरकारले नै होस्ट गरेको कार्यक्रम भाकोले सुरक्षा चुनौतीलाई उत्कृष्टरुपमा ख्याल गरिएको थियो कार्यक्रममा। करिब ४००० जना सहभागीहरुले आबदेन दिएको कार्यक्रममा ३००० बढी त उपस्थित थिए जस्तो लाग्छ यो मनुवालाई। हरेक पल्ट कार्यक्रम स्थल बहिरबाट छिर्नु पर्‍यो भने बिद्युतिय एक्सरे भित्र ब्याग सामान छिराउनै पर्ने, फोटोसहितको परिचयपत्र किउ स्क्यान गरेर मात्र प्रबेश पाहिने, इत्यादी  उदाहरणबाट बुझ्नुस् सुरक्षाको गाम्भिर्यता ।

सुरक्षा कार्यक्रममा मात्र थिएन, होटेलमा पनि थियो। होटेल बाहिर चौबिसै घण्टा ३-४ प्रहरीको टुकडी । बिहान मर्निङ वाक जादा पनि सगसगै १ जना हिडिरहने । उनी भन्थे,  पैसा माग्ने जस्तो गरेर पाकेट मार्न सक्छन, त्यसैले हामी सगै हुनुपर्छ। मलाई लागेको म परे त्यस्तै ३५-४० बिचको ठिटो। तर मसगै को सर चै ४५-५० तिरको बुज्रुक। उनी सधैं ढाका टोपी ढल्काइरहने, मोटो मोटो आवरणको, लगभग नेताजस्तो देखिनेमा दुईमत छैन। कार्यक्रम पनि मन्त्री स्तरिय अन्तरदेशिय कार्यक्रम थियो त्यो। ति प्रहरीले उनिलाई चै मन्त्री नै सोचे कि भन्ने मेरो ठम्याइ । म चै सधैं उनीसगै एता उता दाजुभाइ घुम्ने हुँदा, मलाई चै उनको सेक्रेटरी एस्तै केही सोचेकी जस्तो पनि लाग्दैछ। ति प्रहरीले दिएको सम्मान देख्दा। हल्का रमाइलो। 

...

एक बेलुका अबेरतिर एक बाङ्लादेशी साथीसग बाहिर हलाल खान्की खाने भन्ने कुरो भो। होटेलबाट निस्कने बेलामा नयाँ प्रहरीको हाकीम देखापर्‍यो। र बडो सम्मानका साथ हेलो भन्यो, मलाई हैन मेरो अर्को सरतिर फर्केर। मलाई पनि हेलो भने पनि सरतिर सरेर केहो कसो हो भनेर सोधे। सरले पनि हामी बाहिर जान लागेको साथीलाई हलाल खानुपर्ने भाकोले हलाल रेस्टुरेन्ट खोजेर हामीलाई बोलाको छ नजिकै छ भन्नुभो। तर अलिक कन्भिन्स नभाको जस्तो गरेर कुन रेस्टुरेन्ट हो भनेर जान्न खोज्यो । अनि मैले, WhatsApp को लोकेसन सेरिङ्ग म्याप देखाउदै यो ठाउँ हो भने। अनि, बिजय सरले "हामी एक घण्टामा आईपुगीहालौला" भनी थप्नुभो। हामी सगै जाउ जाउ जस्तो गर्थ्यो, तर हामीलाई प्रहरीसग ननिस्कौ, खानपिनमा समय लाग्ला, हतारो गर्ला एस्तै थियो र मैले पनि १ घण्टामा आउपुग्छौ, हामी २-३ जना छौ, चिन्ता लिनु परेन, आईहाल्छौ भनेर मनायौ । तर खाना खाने रेस्टुरेन्ट पनि भिडभाड खाल्कै रैछ। वरपरको सारा हलाल खानुपर्ने मनुवाहरु त्यही भेलाहुने रैछ। समय लागि गो। १ घण्टा त ख्याल ख्यालमै बितिगएछ । बाहिर आएर बसिराखेको रैछ बन्धुहरु त। सरलाई बडो सम्मानका साथ “अब बेला भयो भने जाउ, हामीले गाडी लिएर आएका छौ, यो एरिया राती त्यती ठीक छैन (एताको ठमेलजस्तै बेलुकातिर अबेर सम्म खुल्ने एरिया रहेछ त्यो), निस्कौ” भन्न थाल्यो। हामीले पनि सकिसकेका थियौ, केही फरक परेन। झन गाडी नै भएपछी त सजिलै महसुस हुनेभो जस्तो लाग्यो। हामीहरुलाई अब वारीपरीका मानिसहरुले भि आई पि नै सोचे जस्तो लाग्यो रेस्टुरेन्टमै चै, किन्तु गाडी चडेर अलिक अघी जाने बित्तिकै मनिसहरुले बडो सशङ्कीत नजरले हेर्न लाएको जस्तो लाग्यो। अघीको भि आई पि सोच अब अर्कै दिशातिर पो बग्यो। बडो अचम्म। एकै द्रिश्यको पनि दुई फरक परीद्रिस्य ।


Continue reading...

Saturday, March 31, 2012

Fun with learn at WASH Leadership Hiking


By: Phurba Sange Moktan
What comes in mind when listened about hiking? It’s obvious, FUN. However, a hiking made by “paschim paaila” jointly organized with Rotaract Club of Midtown, Rotaract Club of Dillibazar, YPEER and NYCA to Sundarijal Height on 31st March, 2012 was quite different. The hiking included not only fun but also learning with lots of fellowship opportunities.

Marking World Water Day-2012, the event entitled, “WASH Leadership Hiking (Water Special)” was conducted...

Tuesday, November 8, 2011

गोरखा रिभीजीटेड: यात्रा स्मरण

लेखक: फुर्बा साङ्गे मोक्तान 


जिन्दगी उकाली, ओराली अनी भन्ज्याङ तरेली गर्दै अघी बढीरहदा सम्झनाका यादहरु पनि क्रमस मेटिदै जाने रहेछ, यदी कम्प्युटरको रिफ्रेश बटम थिचे जस्तै गरी रिफ्रेश गर्न सकिएन भने। प्रसँग हो भर्खरै गरिएको गोरखा यात्राको। बिगत ३-४ बर्ष पहिले पढाईको सिलसिलामा घुम्दै जादा पुगिएको गोरखा दरबार र लिगलिग कोटे आपपिपल पुन: एकपटक पुग्न नपाउदा केही नकोरी बस्नै सकिएन। अनी लेख्दैछु यो रिभिजिटेड यात्राको स्मरण।

Thursday, May 19, 2011

हिमाल हासेको हेर्दा...: अनुभब पोखरा घुम्दाको

लेखक: फुर्बा साङ्गे मोक्तान / May 18, 2011
केही अगाडि साथीहरुसग पोखराको बारे खुबै चर्चा भएको थियो। म त अझैसम्म जाने मौका मिलेन मात्र के भनेथे, साथीहरु त हास्न थालीहाले। म भने छक्क परे, किन हासे टोलिहरु?? पछी पो भने, रुकुम, जाजरकोट, सुर्खेत पुग्ने म पोखरा नपुगेको सुन्दा छक्क परेछन साथीहरु। कतै नपुगे पनि पोखरा चाँही पुग्नै पर्ने तर्क राख्दै एक जना साथी तर्किहाले। म नि के कम, डुलुवा न परे, एक महिना भित्र पोखरा जान्छु भनेर सोच बनाइहाले मैले पनि। अनि, भर्खरै गएको हप्ता शनिबार र आईतवार बिदाको मौका पारेर निस्की हालियो, एक्स्प्लोर पोखरामा।
 

Sunday, February 27, 2011

"कोटडाँडा पुगेर हेर्दा...": अनुभव बिशङ्खुनारायण यात्राको

लेखक: फुर्बा साङ्गे मोक्तान
"म पो सबैभन्दा ढिलो भए हुला भन्ने सोच्दै आएथे, साथीले नाक राखीदिए..." भन्दै थिए एक मित्र, जब म हस्याङ र फस्याङ गर्दै सातदोबाटो पुगे। समयभन्दा ढिलो पुगिएकाले त्यो ठटेउलीले मलाई नै हिर्काएको थाहा पाउन बेर लगेन मलाई, तर म नि के कम "नियमापत्ती" भन्दै कुरा घुमाइहालियो। हा हा ... र अन्य ९ जना साथीहरुसहित अगाडि बढी हालियो। जहाँ गन्तब्य थियो - बिशङ्खुनारायण हुँदै कोटडाँडा।

Wednesday, February 16, 2011

नजिकको देउता, ईन्द्रथानको यात्रा: हाइकिङसगै

-लेखक: फुर्बा साङे मोक्तान 
साथीभाइहरु आईपुगिसकेहोलान भन्ने सोचाइले मनमा दबाब पैदा गरिसकेको थियो। त्यसैले, हतार हतार घरबाट निस्कन खोज्दै थिए, मोबाइलको घन्टी बजित गयो। साथीहरुलाई आउँदैछु भनेर हतार हतार निस्के घरबाट, एकाबिहानै।

केही साथीहरु आफ्नै कारणले गर्दा आउन नसकेकाले तोकिएको ठाउमा हाइकिङ जाने योजना बादल्दै रामकोट डाडा जाने कुरा भयो तर बाटो थानकोटतिरबाट रोजिएछ/ कताबाट पुगोस, रामकोट डाँडा? बाटो जो उल्टो परेछ। थानकोट पुगेर स्थानिय ब्यक्तिलाई सोधेको, नजिकै करिब १ घण्टा जतिको दुरिमा ईन्द्रथान दह छ भन्ने कुरा खुल्यो। त्यसपछी, टोली अगाडि बढ्यो, टोलिमा थियो म लगायत अन्य केही स्थानिय साथीहरु।.......

(READ MORE...)

Saturday, January 22, 2011

यात्रा, लामागाउको... "एक काज, दुई पन्थ"

-फुर्बा साङे मोक्तान
भन्ने गरिन्छ, जीबन एक यात्रा हो, जहाँ अनेक पाईलाहरु चड्ने र झर्ने गरिन्छ, र जहाँ अनेक उखड बाखडका बाबजुत गन्तब्यको यात्रा तय गर्ने गरिन्छ। यात्रा नै यात्राले भरिएको यो जीवनमा भर्खरै मात्र मैले एउटा यात्रा तय गरे, जुन थियो सिक्न र सिकाउन एन्फो र "पस्चिम पाइला"  मार्फत तयार पारीएको खानेपानी, सरसफाई तथा श्वास्थ्व्य चेतनासम्बन्धी नाटक प्रस्तुतिको लागि तय गरिएको नुवाकोट जिल्लाको लामागाउको यात्रा। 

नाटक प्रस्तुत गर्नका लागि तयार गरिएको झाकी तथा थोरै समय बिच पनि कडा मेहनतसाथ गरिएको तयारी पुरा भएपछी ३ जनवरी, २०११ मा म लगायत अन्य ९ जनाको टोली अगाडिनै रिसर्व गरिएको माइक्रोबसमा चडी कारिब १० बजेतिर नयाबनेश्वोरबाट नुवाकोटतिर हन्नियोउ। 

माइक्रोको यात्रासगै गाउले भकामा नै साँहिला दाई र हर्केलाई जिस्क्याउदै अगाडि बढीरहदा म पनि लाहुरे काकाको अभिनय गर्दै "हे ठेउकेहरु हो, धेरै हल्ला नगर त ए ... " भनेर गाली गर्दै नजिस्केको पनि होइन। भन्न परोइन तर नाटक कस्तो पो हुने हो, गाउले जनजीवनलाई छुन सक्ने हो कि होइन भनेर मनमा कता कता चिन्ताको बिउ नपलाएको पनि होइन। हाम्रा टोलिहरुको गाइगुइ र झाइझुइले माइक्रोबसको एकनासको चैन पनि भताभुङ्ग पारीदिएकोले कतै ड्राइभर दाइलाई अप्ठेरो पो पर्‍यो कि भनेर पनि हेरियो, २-४ पटक, तर त्यस्तो कुरामा कस्ले बाल दिनु???