THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label Phurba. Show all posts
Showing posts with label Phurba. Show all posts

Saturday, October 26, 2024

मनिला डायरी : केही सम्झना, केही आश्चर्य (यात्रा आलेख)

 - फुर्बा साङ्गे मोक्तान

मनिला, अर्थात फिलिपिन्सको राजधानी शहर, काठमान्डुबाट करिब २५०० माइलको हवाइ (एरीयल) दुरीमा पर्ने रहेछ। समयको हिसाबले हामीभन्दा करिब सवा दुई घण्टा जति अघी।   एक दसैंको टिकाकै दिन आधारातमा मनिला उड्नुपर्ने भयो, प्रसँग पर्‍यो अफिसको काम बिशेष। एक सिकाइको मौका भन्दा पनि फरक पर्दैन शायद। दसैंकै दिन निस्कनु पर्दा केही खिन्न भए पनि कम्तिमा रातीको फ्लाइट पार्न पाइएकोमा भने मन दङगै रह्यो। हुन त घरमा दसैंको टिको लगाउने रमझम त हुँदैन, तैपनी राष्ट्रिय चाड हो मन रमाउने मौका त खोजिहाल्ने भो। एक्लै भैइने अवस्था भने भएन, कार्ज्यालयबाट अर्को एक जना साथी, सर नै भनुम, बिजय सर, पनि जाने भाकोले ज्यानलाई कम्तिमा राहत र खुशीको आहत महसुस भैराको थियो। हुनत बैदेशिक यात्रामा निस्कन पाउदा खुशी नहुने को मनुवा होला ।

 मनिला यात्राको खास उद्देश्य बर्णन गर्दा कामको कुराहरु त के गरौ, बिपद जोखिम न्युनिकरणसग सम्बन्धित भाकोले सोही बिषयमा १ हप्ता घोत्लिरहियो। एसिया प्यासिफिक भरिका देशका सरकारी, गैरसरकारी, निजी, बिज्ञ, प्राग्य, नितीनिर्माता, अभियन्ता सबै भेला हुने कुम्भ मेला थियो त्यो। बिहान देखी राती अबेरसम्म थियो कार्यक्रम लगायत छलफल । पहिलो ५ दिनत हामीले बिहानको सुर्योदय र बेलुकाको सुर्यास्त पनि देख्न पाएनौ। बिहान आँखा खुल्दा उस्तै परे ८ नै बज्ला जस्तो हुने, बेलुका त बेलुका नि भईगयो। खासमा म नेपालमा नियमित फुटसल खेल्ने भाकोले साँढे पाचतिरै उठ्ने मान्छे हो तर उता चै जैले जसो ढिलो । एसो सोचेको मेरो दिमागको घडी त नेपालकै अनुसार घुमीरहेको रैछ ।  उठ्न त म साढे पाच मै हो उठेको तर उता चै त्यो पौने आठ भैहाल्दो रहेछ । बेलुका जती गरेनी १२-१ बजे अघी निन्द्रै नलाग्ने । उल्लुजस्तो ट्ट्वा पर्नु पर्ने बेलुका चै कैले काही त।

...

फिलिपिन्स सरकारले नै होस्ट गरेको कार्यक्रम भाकोले सुरक्षा चुनौतीलाई उत्कृष्टरुपमा ख्याल गरिएको थियो कार्यक्रममा। करिब ४००० जना सहभागीहरुले आबदेन दिएको कार्यक्रममा ३००० बढी त उपस्थित थिए जस्तो लाग्छ यो मनुवालाई। हरेक पल्ट कार्यक्रम स्थल बहिरबाट छिर्नु पर्‍यो भने बिद्युतिय एक्सरे भित्र ब्याग सामान छिराउनै पर्ने, फोटोसहितको परिचयपत्र किउ स्क्यान गरेर मात्र प्रबेश पाहिने, इत्यादी  उदाहरणबाट बुझ्नुस् सुरक्षाको गाम्भिर्यता ।

सुरक्षा कार्यक्रममा मात्र थिएन, होटेलमा पनि थियो। होटेल बाहिर चौबिसै घण्टा ३-४ प्रहरीको टुकडी । बिहान मर्निङ वाक जादा पनि सगसगै १ जना हिडिरहने । उनी भन्थे,  पैसा माग्ने जस्तो गरेर पाकेट मार्न सक्छन, त्यसैले हामी सगै हुनुपर्छ। मलाई लागेको म परे त्यस्तै ३५-४० बिचको ठिटो। तर मसगै को सर चै ४५-५० तिरको बुज्रुक। उनी सधैं ढाका टोपी ढल्काइरहने, मोटो मोटो आवरणको, लगभग नेताजस्तो देखिनेमा दुईमत छैन। कार्यक्रम पनि मन्त्री स्तरिय अन्तरदेशिय कार्यक्रम थियो त्यो। ति प्रहरीले उनिलाई चै मन्त्री नै सोचे कि भन्ने मेरो ठम्याइ । म चै सधैं उनीसगै एता उता दाजुभाइ घुम्ने हुँदा, मलाई चै उनको सेक्रेटरी एस्तै केही सोचेकी जस्तो पनि लाग्दैछ। ति प्रहरीले दिएको सम्मान देख्दा। हल्का रमाइलो। 

...

एक बेलुका अबेरतिर एक बाङ्लादेशी साथीसग बाहिर हलाल खान्की खाने भन्ने कुरो भो। होटेलबाट निस्कने बेलामा नयाँ प्रहरीको हाकीम देखापर्‍यो। र बडो सम्मानका साथ हेलो भन्यो, मलाई हैन मेरो अर्को सरतिर फर्केर। मलाई पनि हेलो भने पनि सरतिर सरेर केहो कसो हो भनेर सोधे। सरले पनि हामी बाहिर जान लागेको साथीलाई हलाल खानुपर्ने भाकोले हलाल रेस्टुरेन्ट खोजेर हामीलाई बोलाको छ नजिकै छ भन्नुभो। तर अलिक कन्भिन्स नभाको जस्तो गरेर कुन रेस्टुरेन्ट हो भनेर जान्न खोज्यो । अनि मैले, WhatsApp को लोकेसन सेरिङ्ग म्याप देखाउदै यो ठाउँ हो भने। अनि, बिजय सरले "हामी एक घण्टामा आईपुगीहालौला" भनी थप्नुभो। हामी सगै जाउ जाउ जस्तो गर्थ्यो, तर हामीलाई प्रहरीसग ननिस्कौ, खानपिनमा समय लाग्ला, हतारो गर्ला एस्तै थियो र मैले पनि १ घण्टामा आउपुग्छौ, हामी २-३ जना छौ, चिन्ता लिनु परेन, आईहाल्छौ भनेर मनायौ । तर खाना खाने रेस्टुरेन्ट पनि भिडभाड खाल्कै रैछ। वरपरको सारा हलाल खानुपर्ने मनुवाहरु त्यही भेलाहुने रैछ। समय लागि गो। १ घण्टा त ख्याल ख्यालमै बितिगएछ । बाहिर आएर बसिराखेको रैछ बन्धुहरु त। सरलाई बडो सम्मानका साथ अब बेला भयो भने जाउ, हामीले गाडी लिएर आएका छौ, यो एरिया राती त्यती ठीक छैन (एताको ठमेलजस्तै बेलुकातिर अबेर सम्म खुल्ने एरिया रहेछ त्यो), निस्कौ भन्न थाल्यो। हामीले पनि सकिसकेका थियौ, केही फरक परेन। झन गाडी नै भएपछी त सजिलै महसुस हुनेभो जस्तो लाग्यो। हामीहरुलाई अब वारीपरीका मानिसहरुले भि आई पि नै सोचे जस्तो लाग्यो रेस्टुरेन्टमै चैकिन्तु गाडी चडेर अलिक अघी जाने बित्तिकै मनिसहरुले बडो सशङ्कीत नजरले हेर्न लाएको जस्तो लाग्यो। अघीको भि आई पि सोच अब अर्कै दिशातिर पो बग्यो। बडो अचम्म। एकै द्रिश्यको पनि दुई फरक परीद्रिस्य ।


Continue reading...

Tuesday, July 18, 2017

गोर्खाल्यान्ड आन्दोलन सन्दर्भमा: मेरो बिचार

लेख: फुर्बा साङ्गे मोक्तान 
मलाई पनि लागेकै हो, अरुको बिषयमा किन बोल्ने? तर आज संसार नै ग्लोबलाईजेसनमा गैसक्यो। राम बहादुरको पिडा, श्याम बहादुरलाई तत्कालै थाहा हुने सम्यन्त्रको बिकास पनि भाईसक्याछ। 

हाम्रो चस्माको लेन्स कस्तो भईदियो भने आफुले जे देख्यो, त्यही मात्र सही। अनि, ठूला बडाले जे भन्यो त्यही ठीक। नराम्रो लाई पनि राम्रोसग नराम्रो भन्न नसक्ने अनि सहीलाई पनि खुलेर समर्थन गर्न नसक्ने। छेपारे पाराको। अनि हरेक बोलिमा लेनदेन अनि फाईदा-बेफाईदाको नजरिया समाबिष्ट हुने। सिधा भन्नुपर्दा हाम्रो नजरमा खोट छ।  हामी लन्डनमा ५ जनाको ज्यान जाने गरी भएको बम आक्रमणलाई रुवाबासी कोलाहल गर्छौ, तर इराकमा, अफगानिस्तानमा मिसाइल आक्रमणलाई खुल्ला स्विकार गर्छौ। दुबैतिरको आफ्नो लजिक होला। तर दुख्ने मन त दुबै अवस्थामा दुख्नु पर्ने होला नि? कसैले आएर तपाईंको घरमा आएर बल प्रयोग गरे के गर्नुहुन्छ? के धुप अगरबत्तीले स्वागत गर्नुहुन्छ? कसैले तपाईंको आत्मसम्मानलाई ठेस पुर्याउछ भने स्विकरोक्ती नै दिएर बस्नुहुन्छ? दमनलाई स्वागत गर्ने तपाईं हामीले याद गर्नु पर्छ, भोली तपाईं हाम्रै पालो आउछ।

गोर्खाल्यान्ड आन्दोलन चलिरहदा दुई बिषयले प्रबेश पाएको छ। पहिलो, गोर्खाल्यान्ड आन्दोलनलाई नेपालको मधेसी आन्दोलनसगको तुलना भने दोस्रो, गोर्खा भन्ने शब्द नेपालको भएकोले गोर्खाल्यान्ड शब्द प्रतिको असन्तुष्टी। दार्जलिङको गोर्खाल्यान्डको मुद्धा नितान्त भारतको हो, यदी देशलाई मात्र आधार मान्ने हो भने। उनिहरुलाई भारतीय हुनुमा गर्ब छ, र हुनु पनि पर्छ। तर त्यो भन्दैमा कसैको पिडामा मलम्पट्टीको दुई शब्द नि खर्च गर्न नमिल्ने हो र? मानबहरुलाई मानबिय ब्यवहार गरी सहभागितामुलक हल निकल्नुको साटो भएको दानबी दमनको बिरोध गर्नु गलत हो र? बरु बहुभाषिक र बहुजातिय समाजमा एउटै मात्र भाषालाई लागेर अरुमाथि दमन गर्नु र गर्न खोज्नु चाँही अपराध हो। हो मलाई दुखेको छ। तराईको रामलाल माथि दमन हुँदा पनि यो म दुखेको थियो भने दार्जलिङको रामबहादुर माथि सरकारी गुण्डाहरुको ज्यादती हुँदा पनि यो मन दुखेको छ। किनकी मानबिय सम्बेदना छन मभित्र।

[FOR MORE...]

Saturday, June 24, 2017

मनसुन:समिक्षा गर्नुपर्दा

लेख: फुर्बा साङ्गे मोक्तान
[पुस्तक समिक्षा]
केही असाधारण, केही अपूर्ण अनि केही असन्तुष्टीका बिच सकियो, मनसुन। उपन्यास सुरुवात सगैको रोचकता, अघी बढेसगै मौनता, बिचमा मादकता नथपिएको भने पक्कै हैन। तर अन्तिममा पुग्दा पात्रभित्रको पिडा अनि कथाको अन्त्यको अपूर्णताले मनमा सिङ्गौरी खेल्न छोडेन। पात्रप्रतिको सहानुभुति भनौ वा समर्पण, अन्त्यलाई बियोगान्तको रुपमा देखिए पनि यसबाट नयाँ जीवनको उत्घाटन भने अवश्यै होला। 

[FOR MORE...]

Friday, June 9, 2017

हाम्रा रामहरुलाई बनबास जान वाध्य नपार सरकार

लेख: फुर्बा साङ्गे मोक्तान 
भन्ने गरिन्छ नि, अरुको पिडा देख्दा र त्यो पिडा आँफैले भोग्दा कती फरक पर्छ? हो त्यही पिडा बिचबाट गुज्रदैछु म। जीवनको परिभाषा पनि परिस्थिती अनुसार फरक पर्छ भनिन्थ्यो, अनुभूत हुँदैछ। म जीवनप्रति फेरि आशाबादी पनि छु है। आजको दिनसम्म मैले भोगेको जीवनमा कति सानातिना महाभारत र रामायाण गुज्रेहोलान, तैपनि जीवनको अनेक रसायनमा पनि मिठासता खोज्ने बानी परेकै मान्छे हुँ म। 

तर किन हो आज आँफैलाई बनबासको अनुभुति पो हुँदैछ त? प्रसँग बुझ्नु भो भएन? खाडीको तातो गर्मी खाँदै एकाङ्की जीवन बिताउनेको लागि त यो जेल नै पनि बन्न सक्ला। समस्टिमा जो आफ्नोको साथबाट र मामताको काखबाट टाढा दुरदराजको कुनै देशमा छ, चाहे कामका लागि , जाउ, चाहे नामका लागि जाउ, अनि  चाहे शिक्षा, दिक्षा र भिक्षाकै लागि किन नजाउ, आखिर बनबास भन्दा के कम छ र? 


[FOR MORE...]

Sunday, May 28, 2017

Population Explosion: Global trend prospects

Written by: Phurba Sange Moktan

Since the history of the human population, population growth has become the key concern among human. During the early phase of human history, the human population was up to the subsistence level. However, with the timeline in the later phases (i.e. after 17th century), the human population has hiked in such a way that population exploded beyond the subsistence level. And, the trends have been emerging.

Here I would like to mention the key factors which have played much to control birth rate in the developed countries are due to aspiration towards the prosperous life of the people and due to urbanization in the developed countries. People choose to get married later and want to take less burden of their children that has directly affected their aspiration and security of lifestyle, as a result, the population is decreasing whereas in developing countries such as Bangladesh, India, Nepal, etc. the aspiration is less due to less education and empowerment level. In addition, majority of the rural population and uneducated mass of the people has less aspiration for growing fewer children. Also, due to less urbanization, they have less mobility, resulting the feeling of low fertility is not so much felt to be required. And, they are contributing to increase the everlasting population explosion.

Tuesday, May 23, 2017

बङ्लादेशबाट जे सिक्न सकिन्छ

लेख: फुर्बा साङ्गे मोक्तान
(बङ्लादेश् डायरी )
बङ्लादेश भन्ने शब्द मेरो दिमागमा बङगालको खाडीमा गएर जोडिन्थ्यो, जब सम्म मैले बङ्लादेशमा पाइला हालिन। बङ्लादेशसगको मेरो परिचय बस तेती नै थियो। तर आज परीचय बद्लिएको महसुस हुँदैछ।

दोस्रो विश्वयुद्धको अन्त्यसगै जब देश्हरु स्वतन्त्र हुँदै गए, भारत पनि इङ्गल्यान्डको उपनिबेशबाट मुक्त हुँदै स्वतन्त्र हुन पुग्यो, सन १९४७ मा। स्वतन्त्रताको गतिलो स्वाद चाख्न नपाउदै हिन्दू र मुसल्मानबिच बिभक्त भएर हिन्दूस्तान (भारत) र पाकिस्तानमा टुक्रा हुनपुग्यो। जसमा पश्चिम पाकिस्तान अहिलेको पाकिस्तान हो भने पुर्बी पाकिस्तान अहिलेको बङ्लादेश। तर भारतबाट पाकिस्तान छुट्टीदा बङ्लादेश बनेको हैन रहेछ, यो देश पाकिस्तान छुट्टीएको पनि करिब १५ बर्षपछी सन १९७१ मा स्वतन्त्रताको ९ महिने भीषण युद्धपछी बनेको मुलुक रहेछ।


Monday, March 13, 2017

फेब्रुअरी ०२, २०१७ : बङ्लादेशको पहिलो १ हप्ताको अनुभव

लेख: फुर्बा साङगे मोक्तान 
(बङ्लादेश् डायरी )
भनिन्थ्यो र गरिन्छ, जीवन अनुभबको सगालो हो। हरेक अनुभबले मानिसलाई नयाँ प्रकारको बिकास गराउछ। नयाँ ठाउँ, नयाँ परीबेश अनि नयाँ परिस्थिती। र मात्र पात्र (म) उही। बङगलादेश आज भन्दा ठ्याक्कै १ हप्ता पहिले US-Bagla प्लेनबाट ओर्लेको। 

भाषाले चै निकै ठुलो भूमिका खेल्दो रहेछ भन्ने ज्ञात ट्यक्सी चड्नु पर्ने बेलैमा भयो। मैले भन्या ट्यक्सी ड्राइभरले नबुझ्ने, ड्राइभरले अङ्रेजी (र हिन्दी पनि) नबुझ्ने। धन्न यतै पढाई गर्दै गरेको बहिनी, "नबिना" सगै भाकोले उती सारो अप्ठेरो परेन भनौ। तैपनी राम्रै दाम तिर्नु पर्यो। भाषाको समस्या घरमा पनि पर्यो। नबिनाले एकजना साथीलाई भनेको रहेछ, नाम चै "फारुक"। तर के काम परेर गाउ गाको रहेछ। अनी उस्ले पनि अर्को साथीलाई भनीदिएको रहेछ, अङ्रेजी खास धेरै नबुझ्ने। 

Monday, June 20, 2016

... तिमीलाई किन उस्तै लाग्दैछ।

 म आकाशमा उड्न खोज्दै थे।
जानी जानीकन अप्ठेरो बाटो रोज्दै थे।।
जिन्दगीको मिठो कल्पना सोच्दै थे।
म आकाशमा उड्न खोज्दै थे।।

...................

[FOR MORE...]

Wednesday, June 15, 2016

"जनताको छोरो पढेपछि..."

समिक्षा लेख: फुर्बा साङ्गे मोक्तान
केहि समय पहिले जब मैले बुद्धिसागरको फिर्फिरे पढिसिध्यए, मनमा कौतुहलता बढिसकेको थियो कि अब कुन साहित्य पढ्ने होला। पुस्तक साहित्यमा पनि प्रायसो जीवनी (autobiography) मा बिशेष  रुचि रहने मलाइ जीवनी नै पढ्ने इच्छा पनि थियो। एसै क्रममा एक दिन मेरो आँखा पत्रिका (कुन हो याद भएन, कान्तिपुर नै हुनुपर्छ। ) को पृष्ठमा ठोक्कियो जहा शिर्षक थियो, "जनताको छोरो" जीवनी रहेछ, पूर्ब प्रधान सेनापति छत्र मान सिङ्ह् गुरुङको। 

मेरा आँखा एकैछिन टक्क अडिए सोच्न नपाउदै निर्णयमा पुगे, अबको पुस्तक यहि हो। बेलुकि लगत्तै भोटाहिटि गएर  किनि पनि हाले तर अपसोच  - दिन सम्म पनि पढ्ने माहोल मिलिरहेको थिएन चौथो दिन चाहि बिहानै शुरु गर्ने निर्णय गरे बसे पढ्न। 

[FOR MORE...]

Friday, January 29, 2016

Responding Earthquake...Experience sharing by Phurba

(Questions/Answers – by Phurba who is the live witness of Nepal Earthquake-2015 and WASH Relief/Response immediate after upto Recovery Phase (upto Jan. 2016 (Now)))

1. Where were you during the two major earthquakes of April and May?
During the first earthquake, I was in home at Kathmandu, 2nd floor. I had just completed my meal and started to take some rest on bed. During the second quake, I was at Chautara (duty station), Headquarter of Sindhupalchowk for my regular WASH response/relief works, was on the road.

2. What was your first response after the quake?
As earthquake happened, immediately I called to my office supervisor and let him knew that I am safe and with my family, then, sheltered to the safe open land for couple of days. On the third day of earthquake (i.e. on April 27, 2015), I got informed from my senior colleagues that National WASH Cluster meeting is going to happen at Singha Durbar premises (Strategic location of Nepal Government). So, I joined that meeting and shared some remarks regarding the current status of the district based on my communication with the district level colleagues. On the next day, I moved to Chautara (duty Station) with taking responsibility to coordinate/facilitate the WASH relief/responses. Immediate after reaching to Chautara, I met with the Government authority for WASH

Sunday, August 23, 2015

करोडौ कस्तुरी: जहाँ मानबरुपी कस्तुरीहरु भौतारिरहेका छन

समिक्षक: फुर्बा सागे मोक्तान 
यो उपन्यास बडो बिम्बित छ, शब्दको अर्थ मात्र हैन भाबलाई पनि उज्ज्वेलित गरेको मैले पाए। कथानक साधारण छ, तर त्यस भित्रको सार भने साच्चै नै असाधारण लाग्यो मलाई। कस्तुरीको भाबको रुपमा मानब भएर जन्मेका हामीहरुलाई हामीभित्रको क्षमता र सम्भावनाको खुलेर एबम कथाहरुलाई जोडेर देखाउन खोजेका छन र सफल पनि भए भन्दा अत्युप्ती नहोला। अपितु यो कथा ति करोडौ मानबरुपी कस्तुरीहरु मात्र नभएर तिन्का माता-पिताहरु प्रती पनि समर्पित छ, जहाँ सैयो पल्ट बाहिरी आबरणको प्रभाबमा आफ्ना केटाकेटीहरुको भित्री "विना"लाई कहिल्ये पनि चिन्ने इच्छ्या ब्यक्त गर्ने मौका दिन सकेनन र जस्को प्रभाबले एउटा सिङगो समाज नै कस्तुरीको भिडमा हराउन खोज्दैछ। 

(FOR MORE...)

Sunday, June 14, 2015

Earthquake damaged the physical toilet, not toilet in mind

Satta Bahadur Dungaana, aged 55 from Sipapokhare VDC-6 built his latrine with his own effort on the new temporary shelter. His house along with toilet destroyed completely by the earthquake and become homeless for some time. But he encouraged himself to built the temporary shelter nearby his previous house. And, along with the temporary shelter he also built the latrine nearby his present shelter. 

He used his old pan, pipes, U-pipe, CGI sheet, woods and laboured himself and completed on building the latrine. To support him to construct the latrine, some sanitation volunteers from Kathmandu and local communities supported him to complete the building. Now, he is happy and healthy and also encouraged others’ to re-built or, revive the latrines in his communities. 

Written by: Phurba Sange Moktan, June 11, 2015

Friday, June 12, 2015

TOILETS REVIVAL IN PROCESS IN SINDHUPALCHOWK

“Now I have realized that we can use our toilets with maintenance. We saw it damaged but pans and pits were very fine when we cleared the toilets.” These kinds of statements now have arising by many communities. Marking National Sanitation Week-2072 (June 5-11, 2015), toilets revival Campaigns has started in two VDCs (Irkhu and Sipapokhare) with the 30 Sanitation Volunteers’ team from UN-Habitat (local and from Kathmandu). During the campaign, more than 100 toilets were revived in a week with simple maintenance/renovation and spread message to more than 800 HHs that toilet revival is the possible and is also the best way to promote sanitation and stop open defecation.

(FOR MORE...)

Monday, June 30, 2014

Hat's off to Shit President: Moti Krishna

Written by: Phurba Sange Moktan
He looks elderly by appearance, but the energy he posses is not less than that of youths. With age, he has crossed more than 5 decades, but he can overtake anyone on foot. At the time people refuse to talk about shit in the village, he became shit president and he is Mr. Moti Krishna Shrestha from Thampaldhap VDC, Sindhupalchowk. He feels pleasure to the chosen one.

About a year ago, VWASHCC has been formulated in the VDC with the facilitation of the local NGO, entitled, CDECF (GSF/UN-Habitat parter) and the campaign has been initiated in the VDC. Unlikely other local leaders, he found the issue “Open Defecation” as prime concern for the village development and key to make the village clean and healhy. “Nobody wanted to take the lead for the ODF Campaign in the village. Then, I realized if we really expect change then we should take lead. And I took the lead in Thampaldhap as Shit President to clean all the open defecation habits and mindsets of the locals.” He said. 

Saturday, November 23, 2013

चुनावमा भोट हालियो, अब "गु" लाई पनि चर्पिमा हाले कसो होला?

लेख: फुर्बा सांगे मोक्तान 

बिगत केही हप्तादेखी नेपालमा एक किसिमको उल्लास एबम उत्सबको माहोल सिर्जना भएको छ। कारण हामी सबैलाई थाहा छ, दोस्रो संबिधानसभाको चुनाव-२०७०।

एक नेपाली नागरिकको हैसियतले नियाल्दा यस चुनावको आफ्नै राजनैतिक, सामाजिक तथा आर्थिक महत्व मैले पाएको छु, देश को अग्रगामी निकासको लागि। त्यसैले, मैले पनि यस चुनावमा भोट हाले। आशा छ तपाईंहरुले पनि आफ्नो अमुल्य भोट दिनुभयो होला। हामी सबैले हाम्रो भोटबाट दिगो शान्ती एबम बिकासको पारीकल्पना गरेका छौ होला तर एकै छिन बिचार  गरौ त हजुरहरु, यदी अझै पनि प्रत्येक ३ मध्ये १ जना ब्यक्ती आधारभुत सरसफाइको पहुचबाट बन्चीत हुन बाध्य छन भने दिगो शान्ती र बिकास कसरी आउन सक्दछ?, जसको कारण ठुलो बिकासे परीयोजना वा सरकारी मोटो योजनाको कमी हुँदै होइन। म यो कुर प्रष्ट पार्न चाहन्छु। बरु साधारण तर महत्वपूर्ण आत्मज्ञानको कमी हो। नैतीकता, प्रतिस्ठा अनि स्वास्थ्यको महत्वलाई आम जनतामाझ उजागर गर्न नसकिएर हो।   प्रत्येक १ रुपैया लगानी गर्दा रु ९ बराबरको प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानको कमिको कारणले गर्दा हो।

[FOR MORE...]

Tuesday, October 29, 2013

हिजो त राती के देखे सपना...

लेख: फुर्बा साङ्गे मोक्तान

"हिजो त राती के देखे सपना, मै मरी गएको......."
 

उल्लेखित हरफ नेपालका लेखकिय क्षेत्रका प्रख्यत हस्ती राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्युबाट लिखित हृदयस्पर्सी गीतको टुक्रा हो। मैले पनि हिजो राती सपना देखे तर म सपनामा मरेको थियिन। बरु खुशीले गद्गद हुँदै पो थिए। सोध्नुहोला किन?

हिजो राती सपनामा मैले नेपालका प्रख्यात राजनैतिक पार्टिहरुले नेपाललाई खुल्ला दिशा मुक्त बनाउन पूर्व मेची देखी पश्चिम महाकालीसम्म बाटइभरी पोस्टर टालेका थिए (अहिलेको चुनाबी अभियान जस्तै गरेर)। नेपाललाई बिकास गर्ने पहिले आधार स्तम्भ मानिएको सरसफाइमा पहुच साच्चै आवश्यक रहेको कुरा ति सबै राजनैतीक दलहरुले महसुस गरेर ब्यानर, तुल र पर्चा पनि ठाउँ नै पिच्छे बाड्दै थिए। माइकिङ पनि "सभ्य नेपाल निर्माण गरौ, खुल्ल दिशा बन्द गरौ" भन्दै अघी बढीरहेको थियो। अनी म दंग पर्दै नियाल्दै थिए त्यो द्रिश्य बिहानको अलार्म घडीले मेरो निन्द्रा अकस्मात् भंग गरिदियो। बजिया अलार्म भन्दै उठे। कती मिठो सपना देखिरहेथे, बिउँझीनुपर्यो। कती मिठो नेपालको कल्पना थियो, तोडीनुपर्यो। 


[FOR MORE...]

Saturday, July 27, 2013

खान पुग्ने, दिन पुग्ने नेपालको लागि (पुस्तक समिक्षा)


लेखक : फुर्बा सांगे मोक्तान 

(पुस्तक समिक्षा)
बितेका केही समयमा मैले केही महत्वपूर्ण पुस्तकहरु पढ्ने मौका पाए, जसमा मैले नेपालको बिकास कसरी सम्भव भन्ने सम्भावना भएका पुस्तकहरु पर्दछन। ती सबै पुस्तकहरु -आफ्ना  ठाउँमा उत्क्रिष्ठ पुस्तकहरु थिए भन्नेमा कुनै कसर छैन। तैपनी जब यो पाठकले भर्खरै रबिन्द्र मिश्र सर द्वारा लिखित "खान पुगोस, दिन पुगोस" पढ्यो, यो सानो आलेख (समिक्षा) नकोरी बस्न सकेन। पुस्तकहरुको ठेलिमा मेरो मन मस्तिष्कलाई हल्लाउन सफल बिशेष पुस्तकहरुको लिस्टमा यो किताब पनि पर्न सफल भएको छ।



Sunday, June 16, 2013

स्वच्छतामा फर्मुला र यसको उपादेयता

By: Phurba Sange Moktan
आजको दुनियाँ फर्मुलाको दुनियाँ भएको छ। यसो गर्यो फर्मुला बन्यो, उसो गर्यो फर्मुला नै बनायो। त्यसपछी बनाउने भन्दा प्रयोगकर्ताहरुलाई फर्मुलाको चिन्ता। एकताका तालिमको दौरनमा चाइनिज विस्पर (Chinese Wisper) भन्ने खेल खेल्ने क्रममा "रामको गाउ साह्रै सुन्दर छ, रामले १० वटा गाई पालेको छ, राम खुशी छ।" भन्ने वाक्य कानेखुसी गर्न लगाउदा अन्तमा "राम चोर हो" भन्ने वाक्य निस्केको थियो। जुन प्रायजसो फर्मुलाहरुको प्रयोगकर्ताहरुमाझ निस्कने परिणाम हो। यस्तै फर्मुलाहरुको शिकार हात धुने बानी (स्वच्छता)को अभ्यास पनि अछुतो रहन सकेको छैन। 

हामी बिकासका साझेदारहरु (म पनि एक हुँ) आफुलाई खुबै जान्ने भन्ठान्छौ र कुनै पनि कुरा आफ्नो तरिकाबाट समुदायमा छर्न चाहन्छौ। अनि के भु हुन्थ्यो र परिवर्तन? हामी हात भिजाउनेबाट हात धुनेतिर किन र कसरी जाने भन्ने कुराको आभास नगराइकननै 6×6 बिधीबाट हात धुन-धुवाउन तम्सिहाल्छौ। अनि उक्त बिधिलाई गीताको गायात्री मन्त्र बनाइदिईहाल्छौ। 

(FOR MORE...)

Monday, June 10, 2013

"हात भिजाउने भर्सेज हात धुने" बानी

By: Phurba Sange Moktan
हात धुने भन्ने शब्द नेपालीहरुको शब्दकोषमा पटक्कै नौलो शब्द होइन। कुनै पनि शुभ काम गर्नु अघि मुस्लिमहरुले हात धुने गर्दछन। हिन्दू र बौद्धीष्ट समुदायमा पनि हात धुने परम्परा निकै अघिदेखी नै चली आएको छ। सामान्यतया भन्नुपर्दा खाना खाने बखतमा हात धोएर खाने गरिन्छ, नेपाली समाजमा। र त्यो भन्दा पनि बढी खाना खाइसकेपछी हात धुने गरिन्छ। अब प्रश्न आउन सक्छ, कुरो चुरो के त उसोभए? म यहा सबैलाई निबेदन गर्न चाहन्छु, मैले उठान गर्न खोजेको बिषय साचो अर्थमा हात धुने बारेको हो। 

जती पनि हाम्रा व्यबहारहरु छन, जहाँ हामी हात धोइरहेका हुन्छौ। वास्तवमा त्यो हात भिजाएको मात्र हो, न कि हात धोएको। 


(FOR MORE...)