THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label APMCDRR. Show all posts
Showing posts with label APMCDRR. Show all posts

Saturday, October 26, 2024

मनिला डायरी : केही सम्झना, केही आश्चर्य (यात्रा आलेख)

 - फुर्बा साङ्गे मोक्तान

मनिला, अर्थात फिलिपिन्सको राजधानी शहर, काठमान्डुबाट करिब २५०० माइलको हवाइ (एरीयल) दुरीमा पर्ने रहेछ। समयको हिसाबले हामीभन्दा करिब सवा दुई घण्टा जति अघी।   एक दसैंको टिकाकै दिन आधारातमा मनिला उड्नुपर्ने भयो, प्रसँग पर्‍यो अफिसको काम बिशेष। एक सिकाइको मौका भन्दा पनि फरक पर्दैन शायद। दसैंकै दिन निस्कनु पर्दा केही खिन्न भए पनि कम्तिमा रातीको फ्लाइट पार्न पाइएकोमा भने मन दङगै रह्यो। हुन त घरमा दसैंको टिको लगाउने रमझम त हुँदैन, तैपनी राष्ट्रिय चाड हो मन रमाउने मौका त खोजिहाल्ने भो। एक्लै भैइने अवस्था भने भएन, कार्ज्यालयबाट अर्को एक जना साथी, सर नै भनुम, बिजय सर, पनि जाने भाकोले ज्यानलाई कम्तिमा राहत र खुशीको आहत महसुस भैराको थियो। हुनत बैदेशिक यात्रामा निस्कन पाउदा खुशी नहुने को मनुवा होला ।

 मनिला यात्राको खास उद्देश्य बर्णन गर्दा कामको कुराहरु त के गरौ, बिपद जोखिम न्युनिकरणसग सम्बन्धित भाकोले सोही बिषयमा १ हप्ता घोत्लिरहियो। एसिया प्यासिफिक भरिका देशका सरकारी, गैरसरकारी, निजी, बिज्ञ, प्राग्य, नितीनिर्माता, अभियन्ता सबै भेला हुने कुम्भ मेला थियो त्यो। बिहान देखी राती अबेरसम्म थियो कार्यक्रम लगायत छलफल । पहिलो ५ दिनत हामीले बिहानको सुर्योदय र बेलुकाको सुर्यास्त पनि देख्न पाएनौ। बिहान आँखा खुल्दा उस्तै परे ८ नै बज्ला जस्तो हुने, बेलुका त बेलुका नि भईगयो। खासमा म नेपालमा नियमित फुटसल खेल्ने भाकोले साँढे पाचतिरै उठ्ने मान्छे हो तर उता चै जैले जसो ढिलो । एसो सोचेको मेरो दिमागको घडी त नेपालकै अनुसार घुमीरहेको रैछ ।  उठ्न त म साढे पाच मै हो उठेको तर उता चै त्यो पौने आठ भैहाल्दो रहेछ । बेलुका जती गरेनी १२-१ बजे अघी निन्द्रै नलाग्ने । उल्लुजस्तो ट्ट्वा पर्नु पर्ने बेलुका चै कैले काही त।

...

फिलिपिन्स सरकारले नै होस्ट गरेको कार्यक्रम भाकोले सुरक्षा चुनौतीलाई उत्कृष्टरुपमा ख्याल गरिएको थियो कार्यक्रममा। करिब ४००० जना सहभागीहरुले आबदेन दिएको कार्यक्रममा ३००० बढी त उपस्थित थिए जस्तो लाग्छ यो मनुवालाई। हरेक पल्ट कार्यक्रम स्थल बहिरबाट छिर्नु पर्‍यो भने बिद्युतिय एक्सरे भित्र ब्याग सामान छिराउनै पर्ने, फोटोसहितको परिचयपत्र किउ स्क्यान गरेर मात्र प्रबेश पाहिने, इत्यादी  उदाहरणबाट बुझ्नुस् सुरक्षाको गाम्भिर्यता ।

सुरक्षा कार्यक्रममा मात्र थिएन, होटेलमा पनि थियो। होटेल बाहिर चौबिसै घण्टा ३-४ प्रहरीको टुकडी । बिहान मर्निङ वाक जादा पनि सगसगै १ जना हिडिरहने । उनी भन्थे,  पैसा माग्ने जस्तो गरेर पाकेट मार्न सक्छन, त्यसैले हामी सगै हुनुपर्छ। मलाई लागेको म परे त्यस्तै ३५-४० बिचको ठिटो। तर मसगै को सर चै ४५-५० तिरको बुज्रुक। उनी सधैं ढाका टोपी ढल्काइरहने, मोटो मोटो आवरणको, लगभग नेताजस्तो देखिनेमा दुईमत छैन। कार्यक्रम पनि मन्त्री स्तरिय अन्तरदेशिय कार्यक्रम थियो त्यो। ति प्रहरीले उनिलाई चै मन्त्री नै सोचे कि भन्ने मेरो ठम्याइ । म चै सधैं उनीसगै एता उता दाजुभाइ घुम्ने हुँदा, मलाई चै उनको सेक्रेटरी एस्तै केही सोचेकी जस्तो पनि लाग्दैछ। ति प्रहरीले दिएको सम्मान देख्दा। हल्का रमाइलो। 

...

एक बेलुका अबेरतिर एक बाङ्लादेशी साथीसग बाहिर हलाल खान्की खाने भन्ने कुरो भो। होटेलबाट निस्कने बेलामा नयाँ प्रहरीको हाकीम देखापर्‍यो। र बडो सम्मानका साथ हेलो भन्यो, मलाई हैन मेरो अर्को सरतिर फर्केर। मलाई पनि हेलो भने पनि सरतिर सरेर केहो कसो हो भनेर सोधे। सरले पनि हामी बाहिर जान लागेको साथीलाई हलाल खानुपर्ने भाकोले हलाल रेस्टुरेन्ट खोजेर हामीलाई बोलाको छ नजिकै छ भन्नुभो। तर अलिक कन्भिन्स नभाको जस्तो गरेर कुन रेस्टुरेन्ट हो भनेर जान्न खोज्यो । अनि मैले, WhatsApp को लोकेसन सेरिङ्ग म्याप देखाउदै यो ठाउँ हो भने। अनि, बिजय सरले "हामी एक घण्टामा आईपुगीहालौला" भनी थप्नुभो। हामी सगै जाउ जाउ जस्तो गर्थ्यो, तर हामीलाई प्रहरीसग ननिस्कौ, खानपिनमा समय लाग्ला, हतारो गर्ला एस्तै थियो र मैले पनि १ घण्टामा आउपुग्छौ, हामी २-३ जना छौ, चिन्ता लिनु परेन, आईहाल्छौ भनेर मनायौ । तर खाना खाने रेस्टुरेन्ट पनि भिडभाड खाल्कै रैछ। वरपरको सारा हलाल खानुपर्ने मनुवाहरु त्यही भेलाहुने रैछ। समय लागि गो। १ घण्टा त ख्याल ख्यालमै बितिगएछ । बाहिर आएर बसिराखेको रैछ बन्धुहरु त। सरलाई बडो सम्मानका साथ “अब बेला भयो भने जाउ, हामीले गाडी लिएर आएका छौ, यो एरिया राती त्यती ठीक छैन (एताको ठमेलजस्तै बेलुकातिर अबेर सम्म खुल्ने एरिया रहेछ त्यो), निस्कौ” भन्न थाल्यो। हामीले पनि सकिसकेका थियौ, केही फरक परेन। झन गाडी नै भएपछी त सजिलै महसुस हुनेभो जस्तो लाग्यो। हामीहरुलाई अब वारीपरीका मानिसहरुले भि आई पि नै सोचे जस्तो लाग्यो रेस्टुरेन्टमै चै, किन्तु गाडी चडेर अलिक अघी जाने बित्तिकै मनिसहरुले बडो सशङ्कीत नजरले हेर्न लाएको जस्तो लाग्यो। अघीको भि आई पि सोच अब अर्कै दिशातिर पो बग्यो। बडो अचम्म। एकै द्रिश्यको पनि दुई फरक परीद्रिस्य ।


Continue reading...