THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Tuesday, February 18, 2020

प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।

By: Phurba Sange Moktan
सुन्दा जब पहिलोपल्ट तिमी दुइजिउकी भयौ रे ।
मनमा चौपटै खुशी छल्किए नि मुखारबिन्दुमा ह.. झल्किएको थियो ।।
गर्भ तिम्रो भरिएको छ, दङ्ग म भएको छु।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु ।।

ढाड तिम्रो दुख्दा मन त मेरो नि दुख्छ नि ।
काधमा पिडा त मेरो नि छ, तैपनी तिम्रो खयाल पैले मनमा आउछ नि ।।
बरु मेरो काध दुई दिन बढी दुखोस्, तिम्रो ढाड आजै निको होस् भन्ने चाहेको छु ।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु ।।

जिन्दगानी दर्पणछाया, छायाको भन्दा नि घामकै आश गरेको छु ।
तिम्रो मुड कैले तल, कैले माथि हुँदा मलमपट्टी भर्ने प्रयास गरेको छु।।
तिम्रो खुशीको खातिर, कैले के लिन त कैले कहाँ गएको छु ।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।

तिम्रो पेटमा चल्ने ढुकढुकले मेरो मनको ढुकढुकी बढेको तिमिले देखेकी छौकी प्रिय ।
त्यो मनको ढुकढुकले नै त यो मनको ढुकढुकीमा प्राण भरेको छ ।।
त्यही प्राणको अशं मेरो प्राणमा त्राण भरेको पाएको छु।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।

सपना सजाको मैले, तिमीलाई पनि त थाहा छ नि ।
बाँकी सबै त एेजन हुन माया, बनाउनु छ सन्ततीलाई मनको धनी ।।
तिम्रो पेटमा छ हाम्रो सन्तती, मस्तिष्कमा त मैले नि पाएको छु ।
सुन, प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।

[FOR MORE...]

Monday, June 20, 2016

... तिमीलाई किन उस्तै लाग्दैछ।

 म आकाशमा उड्न खोज्दै थे।
जानी जानीकन अप्ठेरो बाटो रोज्दै थे।।
जिन्दगीको मिठो कल्पना सोच्दै थे।
म आकाशमा उड्न खोज्दै थे।।

...................

[FOR MORE...]