THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label issue. Show all posts
Showing posts with label issue. Show all posts

Tuesday, July 18, 2017

गोर्खाल्यान्ड आन्दोलन सन्दर्भमा: मेरो बिचार

लेख: फुर्बा साङ्गे मोक्तान 
मलाई पनि लागेकै हो, अरुको बिषयमा किन बोल्ने? तर आज संसार नै ग्लोबलाईजेसनमा गैसक्यो। राम बहादुरको पिडा, श्याम बहादुरलाई तत्कालै थाहा हुने सम्यन्त्रको बिकास पनि भाईसक्याछ। 

हाम्रो चस्माको लेन्स कस्तो भईदियो भने आफुले जे देख्यो, त्यही मात्र सही। अनि, ठूला बडाले जे भन्यो त्यही ठीक। नराम्रो लाई पनि राम्रोसग नराम्रो भन्न नसक्ने अनि सहीलाई पनि खुलेर समर्थन गर्न नसक्ने। छेपारे पाराको। अनि हरेक बोलिमा लेनदेन अनि फाईदा-बेफाईदाको नजरिया समाबिष्ट हुने। सिधा भन्नुपर्दा हाम्रो नजरमा खोट छ।  हामी लन्डनमा ५ जनाको ज्यान जाने गरी भएको बम आक्रमणलाई रुवाबासी कोलाहल गर्छौ, तर इराकमा, अफगानिस्तानमा मिसाइल आक्रमणलाई खुल्ला स्विकार गर्छौ। दुबैतिरको आफ्नो लजिक होला। तर दुख्ने मन त दुबै अवस्थामा दुख्नु पर्ने होला नि? कसैले आएर तपाईंको घरमा आएर बल प्रयोग गरे के गर्नुहुन्छ? के धुप अगरबत्तीले स्वागत गर्नुहुन्छ? कसैले तपाईंको आत्मसम्मानलाई ठेस पुर्याउछ भने स्विकरोक्ती नै दिएर बस्नुहुन्छ? दमनलाई स्वागत गर्ने तपाईं हामीले याद गर्नु पर्छ, भोली तपाईं हाम्रै पालो आउछ।

गोर्खाल्यान्ड आन्दोलन चलिरहदा दुई बिषयले प्रबेश पाएको छ। पहिलो, गोर्खाल्यान्ड आन्दोलनलाई नेपालको मधेसी आन्दोलनसगको तुलना भने दोस्रो, गोर्खा भन्ने शब्द नेपालको भएकोले गोर्खाल्यान्ड शब्द प्रतिको असन्तुष्टी। दार्जलिङको गोर्खाल्यान्डको मुद्धा नितान्त भारतको हो, यदी देशलाई मात्र आधार मान्ने हो भने। उनिहरुलाई भारतीय हुनुमा गर्ब छ, र हुनु पनि पर्छ। तर त्यो भन्दैमा कसैको पिडामा मलम्पट्टीको दुई शब्द नि खर्च गर्न नमिल्ने हो र? मानबहरुलाई मानबिय ब्यवहार गरी सहभागितामुलक हल निकल्नुको साटो भएको दानबी दमनको बिरोध गर्नु गलत हो र? बरु बहुभाषिक र बहुजातिय समाजमा एउटै मात्र भाषालाई लागेर अरुमाथि दमन गर्नु र गर्न खोज्नु चाँही अपराध हो। हो मलाई दुखेको छ। तराईको रामलाल माथि दमन हुँदा पनि यो म दुखेको थियो भने दार्जलिङको रामबहादुर माथि सरकारी गुण्डाहरुको ज्यादती हुँदा पनि यो मन दुखेको छ। किनकी मानबिय सम्बेदना छन मभित्र।

[FOR MORE...]

Friday, June 9, 2017

हाम्रा रामहरुलाई बनबास जान वाध्य नपार सरकार

लेख: फुर्बा साङ्गे मोक्तान 
भन्ने गरिन्छ नि, अरुको पिडा देख्दा र त्यो पिडा आँफैले भोग्दा कती फरक पर्छ? हो त्यही पिडा बिचबाट गुज्रदैछु म। जीवनको परिभाषा पनि परिस्थिती अनुसार फरक पर्छ भनिन्थ्यो, अनुभूत हुँदैछ। म जीवनप्रति फेरि आशाबादी पनि छु है। आजको दिनसम्म मैले भोगेको जीवनमा कति सानातिना महाभारत र रामायाण गुज्रेहोलान, तैपनि जीवनको अनेक रसायनमा पनि मिठासता खोज्ने बानी परेकै मान्छे हुँ म। 

तर किन हो आज आँफैलाई बनबासको अनुभुति पो हुँदैछ त? प्रसँग बुझ्नु भो भएन? खाडीको तातो गर्मी खाँदै एकाङ्की जीवन बिताउनेको लागि त यो जेल नै पनि बन्न सक्ला। समस्टिमा जो आफ्नोको साथबाट र मामताको काखबाट टाढा दुरदराजको कुनै देशमा छ, चाहे कामका लागि , जाउ, चाहे नामका लागि जाउ, अनि  चाहे शिक्षा, दिक्षा र भिक्षाकै लागि किन नजाउ, आखिर बनबास भन्दा के कम छ र? 


[FOR MORE...]

Monday, June 18, 2012

Great Happiness to Share...


By: Phurba Sange Moktan
Someone said, "Some moments are nice, some moments are nicer, some moments are worth writing." I think, this is the perfect that moment to write.

Heard some days back about landslide emergency on Far-Western Region of Nepal. Felt bad, felt sentiment. Then, headed to explore the ways. However, still got confused on how??? what a dilemma!!!
(For more...)

Sunday, April 1, 2012

युवालाई युवा शैलीमै बुझ्ने प्रयत्न गरौ

लेखक: फुर्बा साङ्गे मोक्तन
"युवा" भन्ने बित्तिकै तपाईंको मनमा के कुरा देखिन्छ? पक्कै पनि जोश जागरले भरिएको जे गर्न नि उत्साहित जमात। यो सरसर्ती हेर्दाको बुझाई हो। यदि परिभाशागत हिसाबले हेर्ने हो भने युवा त्यतिमा मात्र सिमित छैन। नेपाल सरकारको परीभाशालाई सापटी लिने हो भने १६ देखी ४० सम्मको उमेरसमुहलाई युवा मान्न सकिन्छ। यस अर्थमा हेर्ने हो भने केवल जोश जागर मात्र हैन, यस भित्र सामाजिक रुपमा स्थापित र रास्ट्रीय सामाजिक-आर्थिक-राजनैतीक अर्थतन्त्र धानिरहेको समुह पनि धेरै पर्न आउछ।  

मैले बुझेसम्म युवालाई पारीभासित गर्नुको मुख्य उद्देस्य भनेको युवाहरुलाई बढी भन्दा बढी अवसर र नेत्रित्व बिकास गर्ने आधार मिलोस भनेर हो।  तर यदि माथि भनिएका समुह पनि युवामा परेपछी सम्पूर्ण अवसरहरुको कति प्रतिशत अन्यले पाउलान त जसलाई साच्चै त्यसको आवश्यकता छ? त्यसैगरी, नेपालजस्तो देश जहाँ ३४ बर्ष ओसत आयु भएको जिल्ला पनि अझै छ, युवा उमेरनै पुर ज्युन नपाउनु कटु यथार्थ हो। अझ कतिपय अवस्थामा त बजै, आमा र नातिनी सम्म पनि युवा नै भएको द्रिस्टान्त नभेटिएका पनि हैनन। यस्तो अवस्थामा १६-४० को के अर्थ?