THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label Nuwakot. Show all posts
Showing posts with label Nuwakot. Show all posts

Saturday, January 22, 2011

यात्रा, लामागाउको... "एक काज, दुई पन्थ"

-फुर्बा साङे मोक्तान
भन्ने गरिन्छ, जीबन एक यात्रा हो, जहाँ अनेक पाईलाहरु चड्ने र झर्ने गरिन्छ, र जहाँ अनेक उखड बाखडका बाबजुत गन्तब्यको यात्रा तय गर्ने गरिन्छ। यात्रा नै यात्राले भरिएको यो जीवनमा भर्खरै मात्र मैले एउटा यात्रा तय गरे, जुन थियो सिक्न र सिकाउन एन्फो र "पस्चिम पाइला"  मार्फत तयार पारीएको खानेपानी, सरसफाई तथा श्वास्थ्व्य चेतनासम्बन्धी नाटक प्रस्तुतिको लागि तय गरिएको नुवाकोट जिल्लाको लामागाउको यात्रा। 

नाटक प्रस्तुत गर्नका लागि तयार गरिएको झाकी तथा थोरै समय बिच पनि कडा मेहनतसाथ गरिएको तयारी पुरा भएपछी ३ जनवरी, २०११ मा म लगायत अन्य ९ जनाको टोली अगाडिनै रिसर्व गरिएको माइक्रोबसमा चडी कारिब १० बजेतिर नयाबनेश्वोरबाट नुवाकोटतिर हन्नियोउ। 

माइक्रोको यात्रासगै गाउले भकामा नै साँहिला दाई र हर्केलाई जिस्क्याउदै अगाडि बढीरहदा म पनि लाहुरे काकाको अभिनय गर्दै "हे ठेउकेहरु हो, धेरै हल्ला नगर त ए ... " भनेर गाली गर्दै नजिस्केको पनि होइन। भन्न परोइन तर नाटक कस्तो पो हुने हो, गाउले जनजीवनलाई छुन सक्ने हो कि होइन भनेर मनमा कता कता चिन्ताको बिउ नपलाएको पनि होइन। हाम्रा टोलिहरुको गाइगुइ र झाइझुइले माइक्रोबसको एकनासको चैन पनि भताभुङ्ग पारीदिएकोले कतै ड्राइभर दाइलाई अप्ठेरो पो पर्‍यो कि भनेर पनि हेरियो, २-४ पटक, तर त्यस्तो कुरामा कस्ले बाल दिनु???