-फुर्बा साङे मोक्तान
नाटक प्रस्तुत गर्नका लागि तयार गरिएको झाकी तथा थोरै समय बिच पनि कडा मेहनतसाथ गरिएको तयारी पुरा भएपछी ३ जनवरी, २०११ मा म लगायत अन्य ९ जनाको टोली अगाडिनै रिसर्व गरिएको माइक्रोबसमा चडी कारिब १० बजेतिर नयाबनेश्वोरबाट नुवाकोटतिर हन्नियोउ।
माइक्रोको यात्रासगै गाउले भकामा नै साँहिला दाई र हर्केलाई जिस्क्याउदै अगाडि बढीरहदा म पनि लाहुरे काकाको अभिनय गर्दै "हे ठेउकेहरु हो, धेरै हल्ला नगर त ए ... " भनेर गाली गर्दै नजिस्केको पनि होइन। भन्न परोइन तर नाटक कस्तो पो हुने हो, गाउले जनजीवनलाई छुन सक्ने हो कि होइन भनेर मनमा कता कता चिन्ताको बिउ नपलाएको पनि होइन। हाम्रा टोलिहरुको गाइगुइ र झाइझुइले माइक्रोबसको एकनासको चैन पनि भताभुङ्ग पारीदिएकोले कतै ड्राइभर दाइलाई अप्ठेरो पो पर्यो कि भनेर पनि हेरियो, २-४ पटक, तर त्यस्तो कुरामा कस्ले बाल दिनु???
PLZ HAVE YOUR COMMENTS..
ReplyDelete