लेख: फुर्बा सांगे मोक्तान
बिगत केही हप्तादेखी नेपालमा एक किसिमको उल्लास एबम उत्सबको माहोल सिर्जना भएको छ। कारण हामी सबैलाई थाहा छ, दोस्रो संबिधानसभाको चुनाव-२०७०।
एक नेपाली नागरिकको हैसियतले नियाल्दा यस चुनावको आफ्नै राजनैतिक, सामाजिक तथा आर्थिक महत्व मैले पाएको छु, देश को अग्रगामी निकासको लागि। त्यसैले, मैले पनि यस चुनावमा भोट हाले। आशा छ तपाईंहरुले पनि आफ्नो अमुल्य भोट दिनुभयो होला। हामी सबैले हाम्रो भोटबाट दिगो शान्ती एबम बिकासको पारीकल्पना गरेका छौ होला तर एकै छिन बिचार गरौ त हजुरहरु, यदी अझै पनि प्रत्येक ३ मध्ये १ जना ब्यक्ती आधारभुत सरसफाइको पहुचबाट बन्चीत हुन बाध्य छन भने दिगो शान्ती र बिकास कसरी आउन सक्दछ?, जसको कारण ठुलो बिकासे परीयोजना वा सरकारी मोटो योजनाको कमी हुँदै होइन। म यो कुर प्रष्ट पार्न चाहन्छु। बरु साधारण तर महत्वपूर्ण आत्मज्ञानको कमी हो। नैतीकता, प्रतिस्ठा अनि स्वास्थ्यको महत्वलाई आम जनतामाझ उजागर गर्न नसकिएर हो। प्रत्येक १ रुपैया लगानी गर्दा रु ९ बराबरको प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानको कमिको कारणले गर्दा हो।
[FOR MORE...]
बिगत केही हप्तादेखी नेपालमा एक किसिमको उल्लास एबम उत्सबको माहोल सिर्जना भएको छ। कारण हामी सबैलाई थाहा छ, दोस्रो संबिधानसभाको चुनाव-२०७०।

[FOR MORE...]
No comments:
Post a Comment