लेख: फुर्बा साङगे मोक्तान
(बङ्लादेश् डायरी )
भनिन्थ्यो र गरिन्छ, जीवन अनुभबको सगालो हो। हरेक अनुभबले मानिसलाई नयाँ प्रकारको बिकास गराउछ। नयाँ ठाउँ, नयाँ परीबेश अनि नयाँ परिस्थिती। र मात्र पात्र (म) उही। बङगलादेश आज भन्दा ठ्याक्कै १ हप्ता पहिले US-Bagla प्लेनबाट ओर्लेको।
भाषाले चै निकै ठुलो भूमिका खेल्दो रहेछ भन्ने ज्ञात ट्यक्सी चड्नु पर्ने बेलैमा भयो। मैले भन्या ट्यक्सी ड्राइभरले नबुझ्ने, ड्राइभरले अङ्रेजी (र हिन्दी पनि) नबुझ्ने। धन्न यतै पढाई गर्दै गरेको बहिनी, "नबिना" सगै भाकोले उती सारो अप्ठेरो परेन भनौ। तैपनी राम्रै दाम तिर्नु पर्यो। भाषाको समस्या घरमा पनि पर्यो। नबिनाले एकजना साथीलाई भनेको रहेछ, नाम चै "फारुक"। तर के काम परेर गाउ गाको रहेछ। अनी उस्ले पनि अर्को साथीलाई भनीदिएको रहेछ, अङ्रेजी खास धेरै नबुझ्ने।
No comments:
Post a Comment