THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label Bangladesh Diary. Show all posts
Showing posts with label Bangladesh Diary. Show all posts

Tuesday, May 23, 2017

बङ्लादेशबाट जे सिक्न सकिन्छ

लेख: फुर्बा साङ्गे मोक्तान
(बङ्लादेश् डायरी )
बङ्लादेश भन्ने शब्द मेरो दिमागमा बङगालको खाडीमा गएर जोडिन्थ्यो, जब सम्म मैले बङ्लादेशमा पाइला हालिन। बङ्लादेशसगको मेरो परिचय बस तेती नै थियो। तर आज परीचय बद्लिएको महसुस हुँदैछ।

दोस्रो विश्वयुद्धको अन्त्यसगै जब देश्हरु स्वतन्त्र हुँदै गए, भारत पनि इङ्गल्यान्डको उपनिबेशबाट मुक्त हुँदै स्वतन्त्र हुन पुग्यो, सन १९४७ मा। स्वतन्त्रताको गतिलो स्वाद चाख्न नपाउदै हिन्दू र मुसल्मानबिच बिभक्त भएर हिन्दूस्तान (भारत) र पाकिस्तानमा टुक्रा हुनपुग्यो। जसमा पश्चिम पाकिस्तान अहिलेको पाकिस्तान हो भने पुर्बी पाकिस्तान अहिलेको बङ्लादेश। तर भारतबाट पाकिस्तान छुट्टीदा बङ्लादेश बनेको हैन रहेछ, यो देश पाकिस्तान छुट्टीएको पनि करिब १५ बर्षपछी सन १९७१ मा स्वतन्त्रताको ९ महिने भीषण युद्धपछी बनेको मुलुक रहेछ।


Monday, March 13, 2017

फेब्रुअरी ०२, २०१७ : बङ्लादेशको पहिलो १ हप्ताको अनुभव

लेख: फुर्बा साङगे मोक्तान 
(बङ्लादेश् डायरी )
भनिन्थ्यो र गरिन्छ, जीवन अनुभबको सगालो हो। हरेक अनुभबले मानिसलाई नयाँ प्रकारको बिकास गराउछ। नयाँ ठाउँ, नयाँ परीबेश अनि नयाँ परिस्थिती। र मात्र पात्र (म) उही। बङगलादेश आज भन्दा ठ्याक्कै १ हप्ता पहिले US-Bagla प्लेनबाट ओर्लेको। 

भाषाले चै निकै ठुलो भूमिका खेल्दो रहेछ भन्ने ज्ञात ट्यक्सी चड्नु पर्ने बेलैमा भयो। मैले भन्या ट्यक्सी ड्राइभरले नबुझ्ने, ड्राइभरले अङ्रेजी (र हिन्दी पनि) नबुझ्ने। धन्न यतै पढाई गर्दै गरेको बहिनी, "नबिना" सगै भाकोले उती सारो अप्ठेरो परेन भनौ। तैपनी राम्रै दाम तिर्नु पर्यो। भाषाको समस्या घरमा पनि पर्यो। नबिनाले एकजना साथीलाई भनेको रहेछ, नाम चै "फारुक"। तर के काम परेर गाउ गाको रहेछ। अनी उस्ले पनि अर्को साथीलाई भनीदिएको रहेछ, अङ्रेजी खास धेरै नबुझ्ने।