लेख: फुर्बा साङ्गे मोक्तान
मलाई पनि लागेकै हो, अरुको बिषयमा किन बोल्ने? तर आज संसार नै ग्लोबलाईजेसनमा गैसक्यो। राम बहादुरको पिडा, श्याम बहादुरलाई तत्कालै थाहा हुने सम्यन्त्रको बिकास पनि भाईसक्याछ।
हाम्रो चस्माको लेन्स कस्तो भईदियो भने आफुले जे देख्यो, त्यही मात्र सही। अनि, ठूला बडाले जे भन्यो त्यही ठीक। नराम्रो लाई पनि राम्रोसग नराम्रो भन्न नसक्ने अनि सहीलाई पनि खुलेर समर्थन गर्न नसक्ने। छेपारे पाराको। अनि हरेक बोलिमा लेनदेन अनि फाईदा-बेफाईदाको नजरिया समाबिष्ट हुने। सिधा भन्नुपर्दा हाम्रो नजरमा खोट छ। हामी लन्डनमा ५ जनाको ज्यान जाने गरी भएको बम आक्रमणलाई रुवाबासी कोलाहल गर्छौ, तर इराकमा, अफगानिस्तानमा मिसाइल आक्रमणलाई खुल्ला स्विकार गर्छौ। दुबैतिरको आफ्नो लजिक होला। तर दुख्ने मन त दुबै अवस्थामा दुख्नु पर्ने होला नि? कसैले आएर तपाईंको घरमा आएर बल प्रयोग गरे के गर्नुहुन्छ? के धुप अगरबत्तीले स्वागत गर्नुहुन्छ? कसैले तपाईंको आत्मसम्मानलाई ठेस पुर्याउछ भने स्विकरोक्ती नै दिएर बस्नुहुन्छ? दमनलाई स्वागत गर्ने तपाईं हामीले याद गर्नु पर्छ, भोली तपाईं हाम्रै पालो आउछ।
गोर्खाल्यान्ड आन्दोलन चलिरहदा दुई बिषयले प्रबेश पाएको छ। पहिलो, गोर्खाल्यान्ड आन्दोलनलाई नेपालको मधेसी आन्दोलनसगको तुलना भने दोस्रो, गोर्खा भन्ने शब्द नेपालको भएकोले गोर्खाल्यान्ड शब्द प्रतिको असन्तुष्टी। दार्जलिङको गोर्खाल्यान्डको मुद्धा नितान्त भारतको हो, यदी देशलाई मात्र आधार मान्ने हो भने। उनिहरुलाई भारतीय हुनुमा गर्ब छ, र हुनु पनि पर्छ। तर त्यो भन्दैमा कसैको पिडामा मलम्पट्टीको दुई शब्द नि खर्च गर्न नमिल्ने हो र? मानबहरुलाई मानबिय ब्यवहार गरी सहभागितामुलक हल निकल्नुको साटो भएको दानबी दमनको बिरोध गर्नु गलत हो र? बरु बहुभाषिक र बहुजातिय समाजमा एउटै मात्र भाषालाई लागेर अरुमाथि दमन गर्नु र गर्न खोज्नु चाँही अपराध हो। हो मलाई दुखेको छ। तराईको रामलाल माथि दमन हुँदा पनि यो म दुखेको थियो भने दार्जलिङको रामबहादुर माथि सरकारी गुण्डाहरुको ज्यादती हुँदा पनि यो मन दुखेको छ। किनकी मानबिय सम्बेदना छन मभित्र।
[FOR MORE...]

No comments:
Post a Comment