THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

Monday, March 30, 2020

सरकारलाई खुलापत्र: लकडाउन (lockdown) सगै नकडाउन (knock down) पनि आवश्यक छ सरकार

आलेख: फुर्बा साङ्गे मोक्तान *
                                                                                                                                           फोटो स्रोत: फेसबूक
कुरा हिजो छाडी अस्तिको हो। धनगढी निवासी एक्जना ब्यक्तीमा कोरोनाको सङ्क्रमण देखियो। उनैको आवाजमा एभन्युज टेलीभिजनमा उनको कुराहरु सुनियो। बैदेशिक रोजगारीमा दुबई गएका उनलाई अघिल्लो दिन बेलुकामात्र थाहा भयो कि उनको कम्पनीले उनलाई नेपाल पठाउदै छ। भोलिपल्ट उनी दिल्लीहुँदै काठमाडौं झरेछन। त्यो दिन उनी उनको आफन्तकहा धापासी बसेर भोलीपल्ट बसपार्कमा टिकट नभए पछी र धनगढीको प्लेन टिकाट पनि नपाएपछी नेपालगन्ज उडेर त्यहाबाट ३ वटा लोकल गाडी परिवर्तन गरेर घर पुगेछन। त्यसपछी उनी गत आईतवार हल्का बिरामी परेछन, अनी निको भएछन। पछी मंगलवार फेरि बल्झिएपछी परिवारका सदस्यहरुसग सल्लाह गरेर उनी आँफै धनगढीको छेत्रीय अस्पताल गएर टेस्ट गरेछन र त्यही आईसोलेसनमा बसेछन। र बिहीवार आएको ल्याब टेष्ट रिपोर्टमा पोजिटिभ देखियो।  एभीन्युजमा फोन गर्ने बेलासम्म आईसोलेसनमा बसेको चार दिन भईसकेको उनलाई श्वास्थ्य/चिकित्साकर्मी कसैले पनि हेर्न नआएको र केही औषधी पनि नदिएको गुनासो गर्दै थिए। उनी पिडा पोख्दै थिए, "यो भन्दा त राम्रो बरु म घरमै छुट्टै बस्ने थिए। कम्तिमा दिमागमा अनेकथरी कुरा त आउँदैन थियो।"

उनको कुराबाट दुई महत्वपूर्ण कुरा द्रिष्तान्त भो। पहिलो, उनी दुबईबाट घरसम्म पुग्दा बिना मास्क गएका छन। त्यसबिचमा उनको कतिजनासँग संपर्क भयो होला? उनमा कोविड-१९ को लक्क्षण देखिन निकै दिन लाग्यो (WHO अनुसार २ देखी १४ दिनसम्म लाग्छ)। अब हेर्नुस् मास्कको महत्व। तर यस बिचमा उनले मास्क लगाएका भए अथवा मास्क लगाउन(कम्तिमा ड्रपलेट रोकिने) अभिप्रेरीत गरिएको भए उनले कम्तिमा मास्क लगाएर हिंड्ने थिए होला। अब तपाईं भन्न सक्नुहुन्छ, सबैले लगाए बिरामी र श्वास्थ्यकर्मीलाई त अभाब हुन्छ। तर मलाई लाग्छ एक त मास्क सुरुदेखी नै अभाव थियो। अर्को, जो जो सँग मास्क (साधारण नै सही) थियो, लगाउन प्रेरित गरिएको भए कम्तीमा आफुसग भएका मस्कहरु प्रयोग हुने थिए। सरकार केवल एन ९५ मास्कको हौवामा अल्झिरह्यो। न बजारमा मास्क भेटियो, न भएकाहरुले पनि लगाए। अझै पनि बिरामीको सम्सर्गमा पुग्दा, अझ भनौ बिरामीले मात्र मास्क लगाउ भनेर भनिरहेको अवस्था छ। सरकारले अझै बुझ्नुभएन कि सन्क्रमित जो कोही पनि हुन सक्छन तर उस्ले लक्क्षण नदेखाउन नि सक्छन। देख्दैमा श्वस्थ देखिने मानिसले पनि सैयौलाई सङ्क्रमीत गर्न सक्छ। कसैको मर्ममा चोट पुर्याउन खोजेको हैन तर प्रतछ्य द्रिष्तान्त धनगढीवाला बन्धु हुनुहुन्छ। वहाँलाई शिघ्र स्वास्थ्यलाभको कामना। 

दोस्रो, उनी भन्दै थिए बितेको ४ दिनमा श्वास्थ्य/चिकित्साकर्मीले उनको स्वास्थ्य जाच र आवश्यक उपचार गरेका छैनन। होला स्वास्थ्यकर्मीहरुको पनि पिडा। बजारमा पि पि ई (Personal Protective Equipment) नपाएको हल्ला छ। तर छेत्रीय जस्तो अस्पतालमा के एक जना बिरामी हेर्न सकिने खाल्को पि पि ई (PPE) नि नभाकै हो त? अनि, श्वास्थ्य/ चिकित्साकर्मीहरुबाट नै यो किसिमको हेय दृष्‍टि हुँदा के अन्य कोइ सम्भावित बिरामीहरु कसरी आउन सक्छन विश्वाश गरेर?

अब जाउ लकडाउन (lockdown) तिर। के लकडाउन गरी सबै घरमा बसेर यो परिस्थितीको समाधान हुन्छ त? झट्ट हेर्दा सम्भव देखिये पनि लकडाउनले मात्र समाधान हुने देखिन्न? बरु सन्क्रमणको सम्भावना देखिनै रहने देखिन्छ। लकडाउन वास्तवमा रक्षात्मक बिधी (defensive approach) मात्र हो। रक्षात्मक मात्र खेलेर कुनै पनि युद्ध जित्न सकिन्न।  कोरोना बिरुद्धको लडाईं पनि त्यही हो। जबसम्म आक्रमक भएर प्रतिकार्य (responsive approach) गर्न अघी बढ्न सकिन्न (जसरी चिन, जापान, दक्षिण कोरिया, आदी), तबसम्म सोचेजस्तो प्रतिफल आउने कुरामा सङ्का छ। यस्का लागि लकडाउनसगै नकडाउन (knock down) को पनि टट्कारो आवश्यकता देखिन्छ। भन्न त बिज्ञहरुको लामो लिस्ट आउला यसका लागि पनि। मलाई लाग्छ निम्न चार कुरामा बिशेष जोड दिएर अघी बढ्ने हो भने प्रतिकार्य (response)ले कोविड-१९ लाई प्रभाबकारी रुपमा नकडाउन गर्न सक्नेछ भन्ने मेरो बुझाई हो। 

पहिलो, पब्लिक हेल्थ स्क्रिनिङ, टेस्टिङ, क्वारेन्टाइन पुरै जोडतोडले हरेक ठाउ र स्थानमा गर्ने र समान किसिमका लक्षण देखिएका ब्यक्तीहरुलाई आईसोलेसनमा राख्ने। 
यसका लागि हरेक चोक चोकमा स्क्रिनिङ सेन्टरहरु, हरेक वडा वडामा सेल्फ-क्वारेन्टाईन सेन्टरहरु तथा हरेक श्वास्थ्यसंस्था वा अस्पातल (निजी सहित)मा पर्याप्त सुबिधा निर्माण गरी आईसोलेसन यूनिटहरु निर्माण गरी सबै जनसंख्याहरुमा चेकजाच गर्ने कामलाई तिब्रता दिनु पर्ने देखिन्छ। जबसम्म एक ब्यक्तीमा पनि लक्षण वा सङ्क्रमण देखिन्छ, सिङो जनसंख्यामा सन्क्रमणको जोखिम सधैं रहन्छ। जसका लागि अन्तिम ब्यक्तीसम्म पनि स्क्रिनिङ, क्वारेनटाइन र आईसोलेसनमा बस्नु पर्ने भएकोले घरै बसेर मात्र यि ब्यतिहरुको सङ्क्रमण अन्त्य हुने कुरामा सङ्का छ। त्यसमाथी १०० प्रतिशत जनसंख्या घरमै बस्न पनि सम्भव हुने कुरा रहेन ।  जस्तै स्वास्थ्यचिकित्सा सम्बन्धित ब्यक्तिहरु, तरकारी पसलेहरु, पुलिससुरक्षा निकायका ब्यक्तिहरु, औषधी किराना पसलेहरु, पानी बोक्नेएम्बुलेन्सक चालकहरु, प्रतिकार्यमा खटिने रेस्पोन्डरहरु, आदि घर बाहिर बसेर काम गर्नै पर्छ।।  सन्क्रमणको डर उनिहरुमा अरुमा भन्दा निकै बढी रहने कुरामा दुई मत नहोला।  
     
दोस्रो, चिकित्सकिय उपचार गरी बिरामीहरुलाई निको पारेर घर पठाउन लागिपर्ने। 
यसका लागि चिकित्सिय ब्यक्तिहरुका लागि ब्यक्तिगत सुरक्षा सामाग्रीहरुको पर्याप्त ब्यवस्था, सङ्क्रमितहरुका लागि भेन्तिलेटरसहितको सुबिधा तथा उपचारमा सम्बन्धित चिकित्सा/स्वास्थ्यकर्मीहरुबाट सौम्य बचन र सहयोगी ब्यवहार आवश्यक पर्नेछ, जसबाट बिरामीहरुको मनोबल उच्च रहन तथा स्वास्थ्यमा (मानसिक सहित) छिटो सुधार आउन धेरै मद्धत पुग्नेछ।

तेस्रो, सङ्क्रमण रोकथामका लागि खानेपानी, सरसफाइ तथा श्वच्छता (वाश) सम्बन्धी सचेतना/प्रब्रिति, सुबिधा तथा मैत्री बाताबरण निर्माण गर्ने काम गर्ने।
यसका लागि निम्न ६ वटा निश्चित स्वच्छताका ब्यवहारहरुको नियमित पालना गर्नुपर्ने देखिन्छ, जस्तै:
१ हात मिलाउन पुरै बन्द गर्ने। बादलामा नमस्कार गरेर पनि सौहद्रता प्रस्तुत गर्न सकिन्छ। 
२ घरबाट निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने। मास्क लगाइसकेपछी हातले मास्कलाई छोइरहने भने गर्नु हुन्न। र प्रयोग गरेको मास्कलाई बढीमा एक दिनभन्दा बढी प्रयोग गर्नु हुन्न। नत्र यसैबाट सन्क्रमण हुने सम्भावना रहन्छ। प्रयोग पस्चात मास्कलाई कि सुरक्षित फाल्ने वा धोएर पुन: प्रयोग गर्ने गर्न सकिन्छ। यसै पनि मास्क बजारमा अभाब भाको बेलामा धोएर पुन:प्रयोग पनि उचित रहन्छ।  
३ सबैभन्दा उत्तम त घरबाट बाहिर निस्कदै ननिस्कनु हो। तर यो सधै सम्भव नरहन सक्छ। त्यसैले, अत्यावश्यक कामले निस्किहाले भने पनि भिडभाड नगर्ने वा जादै नजाने गर्नुपर्दछ।
४ नियमित रुपमा साबुन पानी वा अल्कोहोल स्यानिटाइजरले पुरै हात सफा गर्ने गरौ। र साथै, दैनिक जीवनका सामाग्रीहरु जस्तै, मोबाईल, पर्स, किप्याड, आदिलाई पनि स्यानिटाइजरले राम्ररी बेला बेलामा सफा गर्ने गरौ।    
५ राम्ररी नधोईएको हातले नाक, मुख र आँखा छुने कामहरु झुक्केर पनि नगरौ।  
६ बिरामी ब्यक्तिहरुबाट टाढै बस्ने प्रयास गरौ। र साथै, अनावश्यक हल्लाको पछी नलागौ। यसले अनावश्यक चिन्ता र डरमात्र पैदा गर्दछ। बरु भरपर्दो स्रोतहरु पहिल्याएर, सोही स्रोतबाट मात्र जानकारी लिने गरौ।

र चौथो, अत्याधिक चिन्ता र मनको डरको छेकबार र रोकथामका लागि हासोठट्टाका उपायहरु एबम मनोबैज्ञानिक परामर्श सम्बन्धी गतिबिधिहरुलाई प्रस्रय दिने।
यसका लागि जनमानषमा रचनात्मक उर्जा छर्ने काम सबैतिरबाट हुन जरुरी देखिन्छ। लकडाउनले परिवारका सदस्यहरुबिच प्रशस्त समय बिताउने सक्ने बाताबरणको पनि निर्माण गरेको छ। सोको सदुपयोग गरी सदस्यहरुबिच खुशी आदानप्रदान गरौ। यसका अतिरिक्त मैले अचेल समाजिक सन्जालमा बिभिन्न किसिमका हास्यरसले भरिपूर्ण सामाग्रीहरु देखेको छु, जुन मलाई लाग्छ मानिसहरुलाई हासो कायम रखिरहन र मनचिन्ते डरलाई कम गर्न निकै मदत गर्नेछ। यसका अलवा पुरना फोटाहरुमा हास्य प्रतिकृया गरेका,परिवारसग बसेर रमाइलो गरेको फोटाहरु पनि खुबै देखिन्छन, जस्ले सकरात्मक मनोबैज्ञानिक प्रभाव पार्नेछ। यस्ता मन खुशी कुराहरुलाई अझ बढावा दिनुपर्दछ। र साथै, कसैमा मानसिक समस्या परेको व पर्न लागेको देखियो भने तुरुन्त मनोबैज्ञानिक परामर्शका लागी सुझाब दिने काम हुनु पर्दछ। तथा, स्रब्य द्रिश्य लगायतका हरेक माध्यमबाट नियमित ब्रिहत परामर्श कार्यक्रम पनि गर्नु पर्ने मैले आवश्यकता देखेको छु।

अन्त्यमा, अब को घर बस्ने र को नबस्ने भनी छुट्याएर परिचालित हुन आबश्यक छ। घर भित्र बस्नुपर्नेहरू (non-responders) भित्रै बस्ने  र भित्र बस्न नहुनेहरू(responders) भित्र नबस्ने गरे मात्र (सबै इमान्दार भएर) यो लडाई जितिन्छ। सबै घरै बसम (stay at home) को होड लगाउदा कोही पनि (कर्मचारीहरू) खटिन ईच्छुक देखिएन भने न हामी गतिलो प्रतिकार्य (response)  गर्न कहा सक्छौ त? र सधै रक्षात्मक (defense) खेलेर यो लडाई जितिन्छ भन्नेमा यो पंतिकारको शङ्का छ। किनकी गोल नगरी कुनै खेल जितिएको रेकर्ड छैन। ७ दिनमा सरकारले कति ब्यक्तीहरुको स्क्रीनिङ गर्‍यो त्यो सरकार नै जानुन। (अवश्य पर्याप्त छैन) । बिरामी आउला र चेक गरूला भनेर बस्दा त महिनौ लकडाउन गर्नुपर्ने हुनसक्छ। के गरिव जनता र गरिब देशले धान्न सक्छ त्यो? सरकार, अब आक्रामक (attacking) खेल्ने बेला आयो। अब ढिलो गर्न हुन्न सरकार। अत: केवल लकडाउनलाई मूल मन्त्र मानेर अघि बढेका ईटली र स्पेन आज कुन अवस्थाबाट गुज्रिरकेहो छ, नेपालले पाठ सिकेर यही बेला यि चारै उपायबाट नकडाउन (knock down) गर्न लागि परौ, सरकार। हस्टे भन्ने सरकारलाई, हैसे भन्न हामी तमाम देशप्रेमी  नेपालीहरु तयार छौ।

जय नेपाल (देश वाला)!!!

*उनी यस देशप्रति चिन्तित एक देशप्रेमी नागरिक हुन।  र उनले एक नागरिकका हैसियतले यो खुलापत्र लेखेका हुन सरकार। सुझाब सम्झेर लिईयोस, अन्यथा नलिईयोस। 

[FOR MORE...]

1 comment: