THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

Thursday, October 15, 2026

नायक बनौँ । नालायक नबनौँ।




साबुनपानीले हात धुने बानी स्वस्थ रहनका लागि सबैभन्दा सस्तो औषधि हो। 💧🧼 यसले आफ्नो मात्र होइन, अरूको जीवनसमेत बचाउने काम गर्छ। 👶 साना बालबालिकालाई खाना खुवाउनुअघि हात धुँदा आमाबुबा तथा दाजुदिदीहरूले उनीहरूको स्वस्थ भविष्य सुरक्षित गरिरहेका हुन्छन्। 🍽️ होटल तथा रेस्टुरेन्टका कर्मचारी र सञ्चालकहरूले हात धोएर खाना तयार गर्दा र खुवाउँदा आफ्ना ग्राहकहरूको स्वास्थ्य र जीवनको रक्षा गरिरहेका हुन्छन्। 🦸 त्यसैले, हामी सबै नायक हौँ! आफ्नो सानो लापरबाहीले आफू र अरूलाई जोखिममा नपारौँ। नालायक नबनौँ। नायक बनौँ । 🫧 आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ। हात धोऔँ, स्वस्थ रहौँ! विश्व हात धुने दिवस २०२६ को हार्दिक शुभकामना! #GlobalHandwashingDay2026 १६ वर्षअघिको नायकी फोटो हेरौँ हजुर! 😎📸✨ #MillennialGenZ बेलाको 😊😁




No comments:

Post a Comment