THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man
Showing posts with label Sunyako mulya. Show all posts
Showing posts with label Sunyako mulya. Show all posts

Saturday, February 3, 2024

शुन्यको मुल्य पढेपछी...

[BOOK REVIEW]

- फुर्बा साङ्गे मोक्तान 

............................................................................

त्यसै प्रसङ्गहरुमा उठेको "आकाशे टेम्पु" (दुर्गाममा उड्ने प्लेन)को किस्साले त् मलाई मुर्छै पार्लाजस्तो हसाएको थियो। तेस्तै, बुधेको फुपुआमा, भेडिनीकान्छी, हिम्मतबहादुर र कार्कीआमाको कथाहरुले मन भारी हुँदै आँखामा रसायनहरु नपलाएको हैन।                                                   
.................................................................................................................

शब्दले कती फरक पार्न सक्छ? ति एकै अर्थ तर फरक शब्दले पार्ने तरङ्ग एकै खालका होलान कि फरक? शब्दले खास के मा प्रभाव पार्ने हो, मष्तिस्क कि शरीरमा? यदी कसैले तपाईंलाई यि प्रश्नहरु राखे भने तपाईंको उत्तर के हुनेछ?

जब म डा. नवराज केसीद्वारा सिर्जित शुन्यको मुल्य पढ्न बसे, मेरो मनमा यि कुराहरु धेरै खेल्न आईपुगे। शब्द केवल बोलेर मात्र हैन, अपितु निशब्द भावहरुले पनि शब्दले भन्दा बढी अर्थ बोक्न सक्छ भन्ने भावना प्राप्त गर्न सके। श्रीमतीज्युलाई कार्यालयमा एक सहकर्मीले राम्रो छ पढ्ने भए लैजानुस् भन्दा मेरो लागि भनेर ल्याइदिएको पुस्तक सुरुमा शिर्षक पढ्दा अध्यात्मिक बिचारतिरको होकी जस्तो नलागेको पनि हैन। पुस्तक पढ्न रुची राख्ने स्वभाबको कारणले पनि राम्रो भनिएको पुस्तक पढम भनेर बसियो। धन्यवाद ति सहकर्मी मित्रलाई। 

डाक्टर (लेखक)ले आफ्नो जीवन भोगाइ र कामको सिलसिलामा साक्षात्कार गरेका र कतिपयमा त आफु नै डुबेका जीवन कथाहरुलाई यस पुस्तकको कथाको सारको रुपमा प्रस्तुत गर्नु भएको छ। पुस्तकद्वारा मलाई डाक्टर पेशागत ब्यक्तीभन्दा माथि उठेर समाजको चिन्तन र मलमपट्टीसमेत गर्न उत्साहित सचेत नागरिक महसुस भो। ममता, स्नेह र सङ्घषको कथाहरुमार्फत पनि मलमपट्टी गर्ने कोसिस भेटे मैले यस पुस्तकमा। बुधेकी आमा हुँदै बढेको कथा यात्रा पुतली आमा सम्मै पुग्दा सलल बगेको अनुभुती मलाई मात्र हो जस्तो मलाई लाग्दैन। कथा र भूमिकाको सिलसिलेबार नै तेस्तै छ। पुस्तकमा समेटिएका सानो सानो कथाको अध्यायमा पनि जीवन बृदिको सन्देश छरिएको पाए मैले ति कथाहरुमा। अपितु, आफु पनि ति कथाको एक पात्र झै यदा कदा डुबुल्की मार्ने मौका पाएको अनुभव पनि भाको कुरा म यो सन्स्मरण  लेखिरहदा नि सम्झन्छु। म आफु पनि देशको बिभिन्न कुनाकन्दराहरुमा मानब समुदायहरुसगको सामिप्यमा काम गरेको अनुभव तथा पछील्लो समय कर्णालीकै सेरोफेरोमा तनमन डुलाउन पाएको कारणले पनि डाक्टरले गरेका बर्णनहरु मेरा आँखामा झलमल्ल आईरहेका थिए। .............................


[FOR MORE...]