THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

Monday, May 25, 2020

स्वच्छता नै कोभिड–१९ को उत्तम भ्याक्सिन

(Original article published on Swasthyakhabar.com on April 27, 2020)

फुर्वा साङ्गे मोक्तान

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखियो। करिब २ हप्ता अस्पताल बसाइपछि उनी अहिले निको भएर घर फर्किसकेकी छिन्। उनीसँगै हालसम्म अन्य १६ जना संक्रमित पनि उपचारपछि निको भएर घर फर्किन पाएको अवस्था छ।

यो आलेख तयार पर्दासम्म नेपालमा ५२ जना व्यक्तिमा संक्रमण पुष्टि भइसकेको अवस्था छ भने कसैले पनि ज्यान गुमाउनु परेको छैन। सरकारको आधिकारिक जानकारीअनुसार ४१ हजार ४ सय ३६ जनाको द्रुत परीक्षण र ९ हजार ९ सय ३१ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण भइसकेको छ।

परीक्षणको तिब्रता पछिल्लो केही समयमा उल्लेखनीय वृद्धी भएको देखिएसँगै नयाँ संक्रमितहरुको पनि पुष्टि हुँदै गइरहेको छ। पछिल्ला दिनमा पत्ता लागेको काठमाडौंस्थित सनसिटी कोलोनीमा पुष्टि भएका संक्रमितहरुको संक्रमणको तथ्य हेर्दा कम्तीमा १ महिनाजतिको अवधि देखिन्छ। यतिमात्र हैन, उनीहरुमध्ये २ जनामा संक्रमण देखिए पनि रोगका लक्षणहरु भने देखिएनन्।  यसबाट हामी के कुरा अनुमान लगाउन सक्छौं भने संक्रमण भएका छन् तर पुष्टि हुन ढिलो भइरहेको छ। उनीहरु जस्तै अन्य पनि संक्रमण हुनसक्छ। 

यहाँबाट सुईलाई दुई तिर घुमाउन सकिन्छ। पहिलो त, लक्षण नदेखिएका कोरोना भाइरसको संक्रमण भए पनि नदेखिएकाले अन्य स्वस्थ व्यक्तिहरुमा सर्ने तर बाहिरी लक्षण नदेखिने क्रम जारी नै रहन सक्छ। जसले गर्दा बरफको डल्लो जस्तो बहिर थोरै देखिए पनि भित्र भयावह संक्रमण भइसक्ने अवस्था रहन सक्छ। त्यसैगरी दोस्रोमा, निको भएर जानेहरुमा फेरि पनि अन्य संक्रमित वा लक्षण नदेखिएका संक्रमितहरुबाट पुनः संक्रमणको सम्भावना रहन सक्छ। त्यसो भए समाधान छैन त? अवश्य छ। जहाँ इच्छा, त्यहा उपाय भने जस्तै दृढ इच्छाशक्ति नै उपाय हो। 

हामी सबैलाई थाहा छ, न यो रोगको कुनै औषधि पत्ता लाग्न सकेको छ, न त कुनै प्रतिरोधात्मक भ्याक्सिन नै। यस्तो परिस्थितिमा हामीसँग मूलतः दुई विकल्प छन्। एक, रोग लाग्न दिने अनि रोगसँग लड्ने। कि विजय प्राप्त गर्ने कि मृत्यु स्वीकार गर्ने। कोभिड–१९ को सवालमा प्रति १०० मा ५ जनाले मृत्यु स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। साथै, उस्तै परे यो लडाईं अनगिन्ती पल्ट लड्नुपर्ने हुनसक्छ । यो हार्ने लडाईं हो। 

दोस्रो, कोभिड–१९ लाग्नै नदिने। यो जित्ने लडाईं हो। तर कसरी? यदि तपाईंले कोरोना भाइरस रोग–१९ लाई सही ढंगबाट बुझ्नु भएको छ भने तपाईंले यो पत्ता लगाउन गाह्रो पर्ने छैन कि यो जनस्वास्थ्यसँग सम्बन्धित रोग हो, जुन श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने गर्दछ। हाम्रो आनीबानी नै यो रोगको लागि सूचक हो। या भनौं, जोखिमयुक्त बानी व्यवहार नै कोरोना भाइरस सर्ने कारण हो, जसमा स्वच्छता व्यवहारको भूमिका मैले ८० प्रतिशत भन्दा बढी देखेको छु।

जस्तो कि विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९बाट बच्न ६ वटा सुझाव छन्। जस्तैः 

१. साबुनपानी वा अल्कोहलजन्य (यदि आँखाले हेर्दा फोहोर छैन भने) ले हात नियमित धुने।

२. खोक्दा नाक र मुख कुहिना वा टिस्यु पेपरले छोप्ने, बन्द भाँडोमा फाल्ने र हात धुने।

३. कम्तीमा १ मिटर (३ फिट) को सामाजिक दूरी कायम गर्ने विशेषगरी खोक्दा र ज्वरो आउँदा।

४. नाक, मुख र आँखा छुने काम नगर्ने।

५. मास्क र व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग बिरामी हुँदा, बिरामीको हेरचाह गर्दा वा स्वास्थ्य संस्थामा गर्ने। र, 

६. यदि बिरामी हुनुहुन्छ भने घरमै बस्ने तर ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा तत्कालाई चिकित्सा सेवा लिने। 

माथिका सुझावहरुमध्ये छैठांै बाहेक बाँकी पूर्णतः स्वच्छताका आचरणहरु हुन्। यदि यी आचरणहरुको पूर्ण पलना गर्न सकियो भने कोभिड–१९ हुने सम्भावना ज्यादै न्यून हुने कुरामा दुईमत नहोला। 

अहिले लकडाउनको पहिलो अवधि पूरा भई दोस्रो अवधि पनि सकिनै लागेको अवस्था छ। कुरा स्पष्ट छ, मानिसहरु अब जीविका लागि अत्तालिन थालिसकेको अवस्था छ। रोगले भन्दा पनि भोकले पिरल्नेको जमात पनि आधाउधी नै छ हाम्रो नेपालमा। झन्, सहरी गरिब, श्रमिक, मजदूर, डेरावाल एवं विद्यार्थीहरुको लागि त लकडाउन बढ्दै जाँदा ब्रेकडाउन नै हुनसक्ने अवस्था पनि चाँडै आउन नसक्ला भन्न सकिन्न।

१ महिनाअघि लकडाउन सुरु हुने ताका भन्दा अहिले मानिसहरु काठमाडौं छोड्न खोज्ने क्रम पनि बढेको छ। उनीहरु रोगसँग डराएर घर फर्कन चाहेका मात्र छैनन्। अपितु, जीविकाका लागि कुनै उपाय नभएपछि जीवन बचाउन पनि रातिराति हिंडेर वा गाडीमा जोखिमपूर्ण यात्रा गर्दैछन्। धेरै सञ्चारमाध्यमहरुले उनीहरुको कारुणिक कथा देखाइ–सुनाइरहँदा धेरैपल्ट यो पङ्तिकार पनि भावुक भएको दृष्टान्त छ।

यस सन्दर्भमा हेर्दा अवश्य पनि लकडाउन केवल एक विकल्प मात्र भएको र वैशाख १५ पछि फेरि यही किसिमले लम्ब्याउनुको खास विशेष महत्व नभएको देखिन्छ। बरु विशेष परिस्थितिका लागि विशेष प्रयोजन अनुरुप २५, ५०, ७५ र १०० प्रतिशत लकडाउन वा यस्तै केही उपायहरुमार्फत ‘सर्प पनि मर्ने र लौरी पनि नभाँच्चिने’ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ।

हुन त सरकारको आधिकारिक धारणा आइनसके पनि केही सञ्चारमाध्यमबाट वैशाख १५ पछि लकडाउन नलम्बिने भन्ने किसिमको समाचार पनि आइरहेको छ। यस्तो अवस्थामा कम्तीमा १ मिटरको दूरीले स्वच्छ दूरीको अचुक काम गर्ने देखिन्छ, र कोभिड–१९ नियन्त्रणमा अमृतवाणीको पनि काम गर्न सक्नेछ। 

विचारणीय कुरा के छ भने, भोलिका दिनमा संक्रमणको जोखिमबाट बच्ने हो भने स्वच्छतालाई विशेष प्राथमिकतामा राखेर सोसम्बन्धी व्यवस्था गर्न अत्यावश्यक छ। हामी सबैलाई थाहा छ, वैज्ञानिकहरु यस रोगको औषधि र भ्यक्सिनको खोजिमा दिनरात लागि परेका छन्। बुझ्नु पर्ने कुरा के छ भने भ्याक्सिन पत्ता लागेर प्रयोगमा आउन वैज्ञानिकहरुकै कुरा सुन्दा नि कम्तीमा १ वर्ष लाग्नेछ। त्यसमाथि नेपालमा सर्वसुलभ हुन अर्को समय त छँदैछ।

त्यसैले, हामीसँगै भएको र हाम्रो आफ्नै बुताले भ्याउने स्वच्छता कायम गरेर रोगथाम र नियन्त्रण गर्नु नै राम्रो हो। यो नै हालका लागि उत्तम भ्यक्सिन हो। नियमित रुपमा केवल साबुनपानीले हात मिचिमिची धुने, घरबाहिर निस्कँदा सबै दोस्रो–तेस्रो व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी कायम गरेर मात्र कारोबार गर्ने तथा मास्क अनिवार्य प्रयोग गर्ने गर्दा मात्र पनि हामी धेरै सुरक्षित बन्न सक्नेछौं। बिहान घरबाट निस्केर आफ्नो काम सकेर फर्केर घर आइपुग्दा बीचमा भएका गतिविधिहरु पनि जोखिममुक्त हुनेछन् र आफू लगायत परिवारका सदस्यहरु पनि कोरोना रहित हुन सक्नेछौं।

अन्त्यमा, हामी सबै श्रमजीवी छौं। काम बिना जीविका नचल्ने विश्वव्यापी परिस्थिति छ र यसबाट हामी पनि अछुतो छैनौं। तर काम अघि बढाउने र काम अघि बढाउदै गर्दा रोगको जोखिमबाट बच्नु पर्ने अहिलेको पहिलो प्राथमिकता रहँदा स्वच्छता, बानी व्यवहार र सुविधा नै महत्वपूर्ण कडी हो। अतः स्वच्छता नै कोरोना भाइरस रोग–१९बाट बच्ने सस्तो र सर्वसुलभ भ्याक्सिन हो, सबैभन्दा दिगो औषधि पनि हो।     

(लेखक जनस्वास्थ्य स्वच्छता विज्ञ हुन्।)

[FOR MORE...]

Monday, March 30, 2020

सरकारलाई खुलापत्र: लकडाउन (lockdown) सगै नकडाउन (knock down) पनि आवश्यक छ सरकार

आलेख: फुर्बा साङ्गे मोक्तान *
                                                                                                                                           फोटो स्रोत: फेसबूक
कुरा हिजो छाडी अस्तिको हो। धनगढी निवासी एक्जना ब्यक्तीमा कोरोनाको सङ्क्रमण देखियो। उनैको आवाजमा एभन्युज टेलीभिजनमा उनको कुराहरु सुनियो। बैदेशिक रोजगारीमा दुबई गएका उनलाई अघिल्लो दिन बेलुकामात्र थाहा भयो कि उनको कम्पनीले उनलाई नेपाल पठाउदै छ। भोलिपल्ट उनी दिल्लीहुँदै काठमाडौं झरेछन। त्यो दिन उनी उनको आफन्तकहा धापासी बसेर भोलीपल्ट बसपार्कमा टिकट नभए पछी र धनगढीको प्लेन टिकाट पनि नपाएपछी नेपालगन्ज उडेर त्यहाबाट ३ वटा लोकल गाडी परिवर्तन गरेर घर पुगेछन। त्यसपछी उनी गत आईतवार हल्का बिरामी परेछन, अनी निको भएछन। पछी मंगलवार फेरि बल्झिएपछी परिवारका सदस्यहरुसग सल्लाह गरेर उनी आँफै धनगढीको छेत्रीय अस्पताल गएर टेस्ट गरेछन र त्यही आईसोलेसनमा बसेछन। र बिहीवार आएको ल्याब टेष्ट रिपोर्टमा पोजिटिभ देखियो।  एभीन्युजमा फोन गर्ने बेलासम्म आईसोलेसनमा बसेको चार दिन भईसकेको उनलाई श्वास्थ्य/चिकित्साकर्मी कसैले पनि हेर्न नआएको र केही औषधी पनि नदिएको गुनासो गर्दै थिए। उनी पिडा पोख्दै थिए, "यो भन्दा त राम्रो बरु म घरमै छुट्टै बस्ने थिए। कम्तिमा दिमागमा अनेकथरी कुरा त आउँदैन थियो।"

उनको कुराबाट दुई महत्वपूर्ण कुरा द्रिष्तान्त भो। पहिलो, उनी दुबईबाट घरसम्म पुग्दा बिना मास्क गएका छन। त्यसबिचमा उनको कतिजनासँग संपर्क भयो होला? उनमा कोविड-१९ को लक्क्षण देखिन निकै दिन लाग्यो (WHO अनुसार २ देखी १४ दिनसम्म लाग्छ)। अब हेर्नुस् मास्कको महत्व। तर यस बिचमा उनले मास्क लगाएका भए अथवा मास्क लगाउन(कम्तिमा ड्रपलेट रोकिने) अभिप्रेरीत गरिएको भए उनले कम्तिमा मास्क लगाएर हिंड्ने थिए होला। अब तपाईं भन्न सक्नुहुन्छ, सबैले लगाए बिरामी र श्वास्थ्यकर्मीलाई त अभाब हुन्छ। तर मलाई लाग्छ एक त मास्क सुरुदेखी नै अभाव थियो। अर्को, जो जो सँग मास्क (साधारण नै सही) थियो, लगाउन प्रेरित गरिएको भए कम्तीमा आफुसग भएका मस्कहरु प्रयोग हुने थिए। सरकार केवल एन ९५ मास्कको हौवामा अल्झिरह्यो। न बजारमा मास्क भेटियो, न भएकाहरुले पनि लगाए। अझै पनि बिरामीको सम्सर्गमा पुग्दा, अझ भनौ बिरामीले मात्र मास्क लगाउ भनेर भनिरहेको अवस्था छ। सरकारले अझै बुझ्नुभएन कि सन्क्रमित जो कोही पनि हुन सक्छन तर उस्ले लक्क्षण नदेखाउन नि सक्छन। देख्दैमा श्वस्थ देखिने मानिसले पनि सैयौलाई सङ्क्रमीत गर्न सक्छ। कसैको मर्ममा चोट पुर्याउन खोजेको हैन तर प्रतछ्य द्रिष्तान्त धनगढीवाला बन्धु हुनुहुन्छ। वहाँलाई शिघ्र स्वास्थ्यलाभको कामना। 

दोस्रो, उनी भन्दै थिए बितेको ४ दिनमा श्वास्थ्य/चिकित्साकर्मीले उनको स्वास्थ्य जाच र आवश्यक उपचार गरेका छैनन। होला स्वास्थ्यकर्मीहरुको पनि पिडा। बजारमा पि पि ई (Personal Protective Equipment) नपाएको हल्ला छ। तर छेत्रीय जस्तो अस्पतालमा के एक जना बिरामी हेर्न सकिने खाल्को पि पि ई (PPE) नि नभाकै हो त? अनि, श्वास्थ्य/ चिकित्साकर्मीहरुबाट नै यो किसिमको हेय दृष्‍टि हुँदा के अन्य कोइ सम्भावित बिरामीहरु कसरी आउन सक्छन विश्वाश गरेर?

अब जाउ लकडाउन (lockdown) तिर। के लकडाउन गरी सबै घरमा बसेर यो परिस्थितीको समाधान हुन्छ त? झट्ट हेर्दा सम्भव देखिये पनि लकडाउनले मात्र समाधान हुने देखिन्न? बरु सन्क्रमणको सम्भावना देखिनै रहने देखिन्छ। लकडाउन वास्तवमा रक्षात्मक बिधी (defensive approach) मात्र हो। रक्षात्मक मात्र खेलेर कुनै पनि युद्ध जित्न सकिन्न।  कोरोना बिरुद्धको लडाईं पनि त्यही हो। जबसम्म आक्रमक भएर प्रतिकार्य (responsive approach) गर्न अघी बढ्न सकिन्न (जसरी चिन, जापान, दक्षिण कोरिया, आदी), तबसम्म सोचेजस्तो प्रतिफल आउने कुरामा सङ्का छ। यस्का लागि लकडाउनसगै नकडाउन (knock down) को पनि टट्कारो आवश्यकता देखिन्छ। भन्न त बिज्ञहरुको लामो लिस्ट आउला यसका लागि पनि। मलाई लाग्छ निम्न चार कुरामा बिशेष जोड दिएर अघी बढ्ने हो भने प्रतिकार्य (response)ले कोविड-१९ लाई प्रभाबकारी रुपमा नकडाउन गर्न सक्नेछ भन्ने मेरो बुझाई हो। 

पहिलो, पब्लिक हेल्थ स्क्रिनिङ, टेस्टिङ, क्वारेन्टाइन पुरै जोडतोडले हरेक ठाउ र स्थानमा गर्ने र समान किसिमका लक्षण देखिएका ब्यक्तीहरुलाई आईसोलेसनमा राख्ने। 
यसका लागि हरेक चोक चोकमा स्क्रिनिङ सेन्टरहरु, हरेक वडा वडामा सेल्फ-क्वारेन्टाईन सेन्टरहरु तथा हरेक श्वास्थ्यसंस्था वा अस्पातल (निजी सहित)मा पर्याप्त सुबिधा निर्माण गरी आईसोलेसन यूनिटहरु निर्माण गरी सबै जनसंख्याहरुमा चेकजाच गर्ने कामलाई तिब्रता दिनु पर्ने देखिन्छ। जबसम्म एक ब्यक्तीमा पनि लक्षण वा सङ्क्रमण देखिन्छ, सिङो जनसंख्यामा सन्क्रमणको जोखिम सधैं रहन्छ। जसका लागि अन्तिम ब्यक्तीसम्म पनि स्क्रिनिङ, क्वारेनटाइन र आईसोलेसनमा बस्नु पर्ने भएकोले घरै बसेर मात्र यि ब्यतिहरुको सङ्क्रमण अन्त्य हुने कुरामा सङ्का छ। त्यसमाथी १०० प्रतिशत जनसंख्या घरमै बस्न पनि सम्भव हुने कुरा रहेन ।  जस्तै स्वास्थ्यचिकित्सा सम्बन्धित ब्यक्तिहरु, तरकारी पसलेहरु, पुलिससुरक्षा निकायका ब्यक्तिहरु, औषधी किराना पसलेहरु, पानी बोक्नेएम्बुलेन्सक चालकहरु, प्रतिकार्यमा खटिने रेस्पोन्डरहरु, आदि घर बाहिर बसेर काम गर्नै पर्छ।।  सन्क्रमणको डर उनिहरुमा अरुमा भन्दा निकै बढी रहने कुरामा दुई मत नहोला।  
     
दोस्रो, चिकित्सकिय उपचार गरी बिरामीहरुलाई निको पारेर घर पठाउन लागिपर्ने। 
यसका लागि चिकित्सिय ब्यक्तिहरुका लागि ब्यक्तिगत सुरक्षा सामाग्रीहरुको पर्याप्त ब्यवस्था, सङ्क्रमितहरुका लागि भेन्तिलेटरसहितको सुबिधा तथा उपचारमा सम्बन्धित चिकित्सा/स्वास्थ्यकर्मीहरुबाट सौम्य बचन र सहयोगी ब्यवहार आवश्यक पर्नेछ, जसबाट बिरामीहरुको मनोबल उच्च रहन तथा स्वास्थ्यमा (मानसिक सहित) छिटो सुधार आउन धेरै मद्धत पुग्नेछ।

तेस्रो, सङ्क्रमण रोकथामका लागि खानेपानी, सरसफाइ तथा श्वच्छता (वाश) सम्बन्धी सचेतना/प्रब्रिति, सुबिधा तथा मैत्री बाताबरण निर्माण गर्ने काम गर्ने।
यसका लागि निम्न ६ वटा निश्चित स्वच्छताका ब्यवहारहरुको नियमित पालना गर्नुपर्ने देखिन्छ, जस्तै:
१ हात मिलाउन पुरै बन्द गर्ने। बादलामा नमस्कार गरेर पनि सौहद्रता प्रस्तुत गर्न सकिन्छ। 
२ घरबाट निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने। मास्क लगाइसकेपछी हातले मास्कलाई छोइरहने भने गर्नु हुन्न। र प्रयोग गरेको मास्कलाई बढीमा एक दिनभन्दा बढी प्रयोग गर्नु हुन्न। नत्र यसैबाट सन्क्रमण हुने सम्भावना रहन्छ। प्रयोग पस्चात मास्कलाई कि सुरक्षित फाल्ने वा धोएर पुन: प्रयोग गर्ने गर्न सकिन्छ। यसै पनि मास्क बजारमा अभाब भाको बेलामा धोएर पुन:प्रयोग पनि उचित रहन्छ।  
३ सबैभन्दा उत्तम त घरबाट बाहिर निस्कदै ननिस्कनु हो। तर यो सधै सम्भव नरहन सक्छ। त्यसैले, अत्यावश्यक कामले निस्किहाले भने पनि भिडभाड नगर्ने वा जादै नजाने गर्नुपर्दछ।
४ नियमित रुपमा साबुन पानी वा अल्कोहोल स्यानिटाइजरले पुरै हात सफा गर्ने गरौ। र साथै, दैनिक जीवनका सामाग्रीहरु जस्तै, मोबाईल, पर्स, किप्याड, आदिलाई पनि स्यानिटाइजरले राम्ररी बेला बेलामा सफा गर्ने गरौ।    
५ राम्ररी नधोईएको हातले नाक, मुख र आँखा छुने कामहरु झुक्केर पनि नगरौ।  
६ बिरामी ब्यक्तिहरुबाट टाढै बस्ने प्रयास गरौ। र साथै, अनावश्यक हल्लाको पछी नलागौ। यसले अनावश्यक चिन्ता र डरमात्र पैदा गर्दछ। बरु भरपर्दो स्रोतहरु पहिल्याएर, सोही स्रोतबाट मात्र जानकारी लिने गरौ।

र चौथो, अत्याधिक चिन्ता र मनको डरको छेकबार र रोकथामका लागि हासोठट्टाका उपायहरु एबम मनोबैज्ञानिक परामर्श सम्बन्धी गतिबिधिहरुलाई प्रस्रय दिने।
यसका लागि जनमानषमा रचनात्मक उर्जा छर्ने काम सबैतिरबाट हुन जरुरी देखिन्छ। लकडाउनले परिवारका सदस्यहरुबिच प्रशस्त समय बिताउने सक्ने बाताबरणको पनि निर्माण गरेको छ। सोको सदुपयोग गरी सदस्यहरुबिच खुशी आदानप्रदान गरौ। यसका अतिरिक्त मैले अचेल समाजिक सन्जालमा बिभिन्न किसिमका हास्यरसले भरिपूर्ण सामाग्रीहरु देखेको छु, जुन मलाई लाग्छ मानिसहरुलाई हासो कायम रखिरहन र मनचिन्ते डरलाई कम गर्न निकै मदत गर्नेछ। यसका अलवा पुरना फोटाहरुमा हास्य प्रतिकृया गरेका,परिवारसग बसेर रमाइलो गरेको फोटाहरु पनि खुबै देखिन्छन, जस्ले सकरात्मक मनोबैज्ञानिक प्रभाव पार्नेछ। यस्ता मन खुशी कुराहरुलाई अझ बढावा दिनुपर्दछ। र साथै, कसैमा मानसिक समस्या परेको व पर्न लागेको देखियो भने तुरुन्त मनोबैज्ञानिक परामर्शका लागी सुझाब दिने काम हुनु पर्दछ। तथा, स्रब्य द्रिश्य लगायतका हरेक माध्यमबाट नियमित ब्रिहत परामर्श कार्यक्रम पनि गर्नु पर्ने मैले आवश्यकता देखेको छु।

अन्त्यमा, अब को घर बस्ने र को नबस्ने भनी छुट्याएर परिचालित हुन आबश्यक छ। घर भित्र बस्नुपर्नेहरू (non-responders) भित्रै बस्ने  र भित्र बस्न नहुनेहरू(responders) भित्र नबस्ने गरे मात्र (सबै इमान्दार भएर) यो लडाई जितिन्छ। सबै घरै बसम (stay at home) को होड लगाउदा कोही पनि (कर्मचारीहरू) खटिन ईच्छुक देखिएन भने न हामी गतिलो प्रतिकार्य (response)  गर्न कहा सक्छौ त? र सधै रक्षात्मक (defense) खेलेर यो लडाई जितिन्छ भन्नेमा यो पंतिकारको शङ्का छ। किनकी गोल नगरी कुनै खेल जितिएको रेकर्ड छैन। ७ दिनमा सरकारले कति ब्यक्तीहरुको स्क्रीनिङ गर्‍यो त्यो सरकार नै जानुन। (अवश्य पर्याप्त छैन) । बिरामी आउला र चेक गरूला भनेर बस्दा त महिनौ लकडाउन गर्नुपर्ने हुनसक्छ। के गरिव जनता र गरिब देशले धान्न सक्छ त्यो? सरकार, अब आक्रामक (attacking) खेल्ने बेला आयो। अब ढिलो गर्न हुन्न सरकार। अत: केवल लकडाउनलाई मूल मन्त्र मानेर अघि बढेका ईटली र स्पेन आज कुन अवस्थाबाट गुज्रिरकेहो छ, नेपालले पाठ सिकेर यही बेला यि चारै उपायबाट नकडाउन (knock down) गर्न लागि परौ, सरकार। हस्टे भन्ने सरकारलाई, हैसे भन्न हामी तमाम देशप्रेमी  नेपालीहरु तयार छौ।

जय नेपाल (देश वाला)!!!

*उनी यस देशप्रति चिन्तित एक देशप्रेमी नागरिक हुन।  र उनले एक नागरिकका हैसियतले यो खुलापत्र लेखेका हुन सरकार। सुझाब सम्झेर लिईयोस, अन्यथा नलिईयोस। 

[FOR MORE...]

Saturday, March 28, 2020

How to maintain Hygiene to prevent infection from COVID-19

By: Phurba Sange Moktan

Understanding the characters of COVID-19
The COVID-19 (also called SARS-CoV-2 or, 2019-nCoV)is a single-stranded, positive-sense RNA coronavirus. It is a new strain of coronavirus that is causing an outbreak of serious respiratory problems in Wuhan, China and the globe. Researchers think it originated from infected animals and jumped over to infecting people in a large open seafood/animal market. Also, the virus is capable of person-to-person transmission, spreading to at least to 16 countries in about 1 month and now, in 186 countries (as of March 21, 2020). (source: WHO) It is related to the SARS and MERS coronaviruses.


COVID-19 transmission
There are two main routes of transmission of the COVID-19 virus: respiratory and contact. Respiratory: droplets are generated when an infected person coughs or sneezes. Any person who is in close contact with someone who has respiratory symptoms (for example, sneezing, coughing) is at risk of being exposed to potentially infective respiratory droplets Contact: Droplets may also land on surfaces where the virus could remain viable; thus, the immediate environment of an infected individual can serve as a source of transmission (known as contact transmission). (source: WHO)

Risk factors for COVID-19
Close contact with someone who has recently visited COVID-19 affected countries, close contact with anyone diagnosed with the virus; and coming in contact with secretions (for example, those produced by sneeze or cough) or feces from an infected person are the major risk factors for COVID-19.

Sign and Symptoms of COVID-19
Medical researchers estimate that the incubation period for a COVID-19 infection varies from 2 days to about 14 days. (source: WHO) COVID-19 common symptoms may begin like: Fever, tiredness and dry cough (source: WHO) or, Fever, Cough and Shortness of breath (source: CDC) Although early in this outbreak, Chinese researchers suggest that people who are infected but don't show symptoms (incubation period) may be contagious enabling to spread virus more effectively from person to person and makes it more difficult to isolate infected patients. Emergency warning signs to get medical attention immediately with trouble breathing, persistent pain or pressure in the chest, new confusion or, inability to arouse and bluish lips or face. (source: CDC)

Major challenges to cope up with COVID-19
Severe scarcity of medical mask, personal antiseptics such as sanitizers (liquid or,/and spray) in the local/urban markets.
Long incubation period of the virus.
Absence of safety kit to preserve hygiene of responders and people.
It takes 48 hours to detect the infection of COVID-19 with lab test.
Also, the over anxiety among the people due to over information with negativity.

Advices to follow when visiting/meeting people beyond usual members (outdoor)
Don’t travel if possible (social distancing).
Wear Masks (but don’t touch it frequently).
Don’t go on crowd if possible.
Carry alcohol based hand sanitizer with you always.
Keep distance of at least 3 feet while meeting/talking.
Don’t use the same mask maximum more than a day.
Talk less or, only required with other people.

Specific 6 key hygiene behaviors for infection prevention
1. Completely stop shaking hands. In alternative, you can use namaskar (courtesy with pairing both hands together) or, any other distance courtesy methods.
2. Use mask when you visit outside of your house. Reduce touching mask with hand as possible. Staying at home is the best (social distancing). Avoid crowd if possible or, at least maintain the distance of 3 feet . Use the used mask maximum for a full day, then, either you can dispose it or, wash and sun-dry it.
3. Avoid touching your eyes, nose and mouth with unwashed hands.
4. Wash hands thoroughly with soap or, liquid based sanitizer before touching nose, mouth and eyes.
5. Disinfect your daily life gadgets such as mobile, purse, keypads, etc. with alcohol based sanitizer. 
6. Keep yourself away from sick people. Don’t follow rumors, it will only create anxiety. Rather get information from authentic source and adopt hygienic behaviors listed above.

Further in short, 4 key lifesaving hygienic formula (mantras) would be much effective as WASH approach:
1. Wash hands thoroughly with soap or, sanitizer;
2. Always use mask when you go outside; 
3. Stay at home and away from sick people;
4. Handshaking should be stopped completely

(WASH approach for preventing infections from COVID-19)

(Note: Mr. Moktan is the certified Public Health Professional with WASH expertise. Further if you have any queries, you can write here or, mail him directly on: moktanphurba20@gmail.com)

Tuesday, March 17, 2020

Corona Anthropology: Globalization and the Coronavirus (COVID-19) anxiety in Nepal

By: Phurba S. Moktan
WHO has named the disease COVID-19, short for “coronavirus disease 2019” In addition, in a statement from the Coro
navirus Study Group (CSG) of the International Committee on Taxonomy of Viruses, which is responsible for developing the official classification of viruses and taxa naming (taxonomy) of the Coronaviridae family, formally recognizes this virus as a sister to severe acute respiratory syndrome coronaviruses (SARS-CoVs) of the species Severe acute respiratory syndrome-related coronavirus and designates it as severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2). The virus has first seen in Wuhan, China on December 31, 2019 as pneumonia of unknown cause.  Then, soonest it has been spread to other countries such as South Korea, Iran, Italy, etc. despite the political territory, eco
nomic boundaries and cultural alterations. The outbreak was declared a Public Health Emergency of International Concern on 30 January 2020.  Bats, snakes and pangolins have been cited as potential carriers based on the sequence homology of CoV isolated from these animals and the viral nucleic acids of the virus isolated from SARS-CoV-2 infected patients. The costs of the epidemic are not limited to medical aspects, as the virus has led to significant sociological, psychological and economic effects globally.  

Global reach out of COVID-19
According to World Health Organization (WHO) SARS-CoV-2 Situation Report , additional cases have been identified in a growing number of other international locations, including 25 countries outside China (Figure 1). There are now three deaths that have been reported outside of China (one in the Philippines, one in Japan and one in France). The WHO declared the SARS-CoV-2 epidemic a Public Health Emergency of International Concern (PHEIC) on January 30, 2020, citing that human-to-human infections have been confirmed in multiple countries. 
According to Fang et al. , fifteen cases of childhood infection had been identified as of January 30, 2020, including 8 boys and 7 girls, ranging in age from 8 months to 12 years. Of the 15 pediatric cases, 13 had a clear history of family clustering in Wuhan. At present, several confirmed pregnant women in Wuhan have given birth during the illness.

Global verge of COVID-19 and Corona anxiety in Nepal
The WHO says that since there’s still uncertainty about the disease’s impact, most countries still have only a few cases, and containment is not yet hopeless, the word “pandemic” isn’t appropriate yet. But many observers have disagreed with the WHO’s decision, believing that what we’re seeing unfold now fits the definition of the word. 
People of Nepal is very sensitive to external changes, either bird flu or, the present Corona virus (COVID-19). Even during the time of boarder lock done be the India government few years back, the extreme level of anxiety has shown in the form of market monopoly. Within the few days of the rumor spread over ICT platforms, people started to buy bunch of face masks for infection prevention and hand sanitizer for cleaning quick hands without water. Similar to this, market vendors are also encouraged themselves to create artificial scarcity of the above goods and sell through the window with high price. 
Few days back, gas cylinder that we are using in our house has got finished. I went to the shop to change the gas cylinder with the new one. But the shopkeeper said that there is a shortage of the gas in the town. I just got amazed that how such things could become so easily shortage, which are our everyday part of the goods. Though the Nepal Oil Corporation (NOC) has already declared to punish the black marketers who artificially create shortages of the house cooking gas.  But the thing is I have not still received any cooking gas from the vendor. 
Similar case has found in some other essential household chore goods such as salt. One of my neighbor purchased 10 packets of salt. Another neighbor told my mother to buy enough sacs of rice before it get shortage due to the alarming Corona. Since majority of the urban Nepalese have the culture of limited purchase for the fooding in general, but this has been changed rapidly in case of any rumors, that could be bird flu, strike or, the Corona. 
There is a universal principle of demand and supply, in which high demand with low supply hikes the price and vice versa. In fact, in case of Nepal, artificial shortage created low supply precedes the high price for the consumer goods. This has clear with my own ethnographic study among around 10 medical shops with pricing Rs. 25 for the usual medical masks that I used to buy in 5-10 rupees. And, even the quality is not that much proficient even in comparison with the previous prices. 
In Japan, producers companies are very sensitive by themselves that they choose to shrinkflation (an important economic countermeasure against inflation for businesses) rather than increasing the price of their goods.  In case of Nepal, reverse is very common. If anything happens, the black markets shows its’ deadhead to create the shortage first and hike the price in second. 
Corona pandemic has shifted the style of greeting in Nepal for many as well. So, far only one positive case has found in Nepal. Nevertheless, due to the open boarder in India and direct neighbor of China, Nepalese people are much in panic from the Corona. The global claims of more than 4000 lives  and almost all from China has led the supreme hike of anxiety among most Nepalese these days. Corona anxiety has always in the center among the gossips of people. Some days back, when I visited to my university campus at Kirtipur, my classmates also denied to shake hands, instead they said “Corona namaskar” (Corona greetings). Similarly, some used legs to touched legs instead of hand. This has signifies that cultural practices can be changed as per the current coercive scenario. This has done by Corona this time, which might have changed a lot times in the past as well. And, development and cultures are very closely linked.

The final bell
My cousin sister use to go to learn her teaching practice course these days. 3 days back, she came to my house for a tea reciprocity. She looked very serious and worried. I asked to her about her worries. She shared with a depressed note that now it will be everything gone soon if Nepal hit with the Corona virus outbreak. She has two small children. She was very worried about them too. She was just feeling very hopeless about the future. More a less, I consoled her to be comfortable and not to get worried too much. She got such devastating predication from her colleagues that future will be uncertain. It means now the anxiety has been spreading more and more with the reckless thoughts of being lost. Even my father has also told us to stay home for whole month if the outbreak of Corona happens in Nepal with significant number. He is also getting prepared to buy enough (I must say over enough) foods and fooding. Lastly, people are getting frightened from their inner self regarding the Corona. Due to which the livelihood culture is being altered these days in Nepal, but in the vicious trend. 

[Mr. Moktan is a Public Health Professional with MPhil. Anthropology scholar (studentship).]

Tuesday, February 18, 2020

प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।

By: Phurba Sange Moktan
सुन्दा जब पहिलोपल्ट तिमी दुइजिउकी भयौ रे ।
मनमा चौपटै खुशी छल्किए नि मुखारबिन्दुमा ह.. झल्किएको थियो ।।
गर्भ तिम्रो भरिएको छ, दङ्ग म भएको छु।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु ।।

ढाड तिम्रो दुख्दा मन त मेरो नि दुख्छ नि ।
काधमा पिडा त मेरो नि छ, तैपनी तिम्रो खयाल पैले मनमा आउछ नि ।।
बरु मेरो काध दुई दिन बढी दुखोस्, तिम्रो ढाड आजै निको होस् भन्ने चाहेको छु ।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु ।।

जिन्दगानी दर्पणछाया, छायाको भन्दा नि घामकै आश गरेको छु ।
तिम्रो मुड कैले तल, कैले माथि हुँदा मलमपट्टी भर्ने प्रयास गरेको छु।।
तिम्रो खुशीको खातिर, कैले के लिन त कैले कहाँ गएको छु ।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।

तिम्रो पेटमा चल्ने ढुकढुकले मेरो मनको ढुकढुकी बढेको तिमिले देखेकी छौकी प्रिय ।
त्यो मनको ढुकढुकले नै त यो मनको ढुकढुकीमा प्राण भरेको छ ।।
त्यही प्राणको अशं मेरो प्राणमा त्राण भरेको पाएको छु।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।

सपना सजाको मैले, तिमीलाई पनि त थाहा छ नि ।
बाँकी सबै त एेजन हुन माया, बनाउनु छ सन्ततीलाई मनको धनी ।।
तिम्रो पेटमा छ हाम्रो सन्तती, मस्तिष्कमा त मैले नि पाएको छु ।
सुन, प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।

[FOR MORE...]

Tuesday, November 19, 2019

बिश्व चर्पी दिवस 2019


अन्तराष्ट्रिय जगतमा आज बिशेष दिन...बिश्व चर्पी दिवस। नेपाल राष्ट्र खुला दिसा (दिशा हैन है) मुक्तसगै चर्पीको समस्याबाट नेपाल धेरै हदसम्म मुक्त छ। तैपनि, चर्पीको सुरक्षित प्रयोग र सुरक्षित चर्पीको (Safely managed) सवाल अझै टट्कारो देखिन्छ।

अझ, यदि तपाई सार्बजनिक क्षेत्रमा हुनुहुन्छ र चर्पी जानुपर्यो भने त शार्वजनिक शौचालयको अवस्था पनि बुझ्ने मौका पाउनुहोला। तपाई हामीलाई यस्तो छ, अब सोच्नुस बिशेस आवश्यकता भाको समूहहरूलाई कस्तो अप्ठेरो होला?

तसर्थ, केही पनि बन्चित हुन नपरोस (Leave No One Behind) भन्ने कामना सहित बिश्व चर्पी दिवसको शुभेक्षा।

By: Phurba Sange Moktan

Wednesday, December 6, 2017

Concerning on Bioethics and Global Public health

Written by: Phurba Sange Moktan
American International University-Bangladesh (AIUB) organized a full day workshop on “Bioethics and Global Public Health” in joint collaboration with American University of Sovereign Nations (AUSN) on December 02, 2017. The well equipped auditorium of AIUB was used to organize the event.

Bioethics is the indispensable part of Global Public Health. i. e. nexus of all virtues and love of life,” Said, Prof. Darryl.
 Beginning with the welcome speech, Prof. Dr. Charles C. Villanueva, Pro-Vice Chancellor, AIUB inaugurated the workshop and shared his valuable remarks for the success of the workshop. He also congratulated to students and faculties for being MPH rated as the best qualified subject offered by AIUB by the external evaluation. Followed by his remarks, Prof. Dr. Darryl R. J. Macer, President of American University of Sovereign Nations (AUSN) was welcomed and introduced as a key trainer of the workshop.  Prof. Dr. Tazul Islam, Dean, Faculty of Arts and Social Sciences, AIUB shared his valuable remarks for further success of the workshop learning even after the workshop in everyday lives.