By: Phurba Sange Moktan
सुन्दा जब पहिलोपल्ट तिमी दुइजिउकी भयौ रे ।
मनमा चौपटै खुशी छल्किए नि मुखारबिन्दुमा ह.. झल्किएको थियो ।।
गर्भ तिम्रो भरिएको छ, दङ्ग म भएको छु।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु ।।
ढाड तिम्रो दुख्दा मन त मेरो नि दुख्छ नि ।
काधमा पिडा त मेरो नि छ, तैपनी तिम्रो खयाल पैले मनमा आउछ नि ।।
बरु मेरो काध दुई दिन बढी दुखोस्, तिम्रो ढाड आजै निको होस् भन्ने चाहेको छु ।

जिन्दगानी दर्पणछाया, छायाको भन्दा नि घामकै आश गरेको छु ।
तिम्रो मुड कैले तल, कैले माथि हुँदा मलमपट्टी भर्ने प्रयास गरेको छु।।
तिम्रो खुशीको खातिर, कैले के लिन त कैले कहाँ गएको छु ।
प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।
तिम्रो पेटमा चल्ने ढुकढुकले मेरो मनको ढुकढुकी बढेको तिमिले देखेकी छौकी प्रिय ।
त्यो मनको ढुकढुकले नै त यो मनको ढुकढुकीमा प्राण भरेको छ ।।
त्यही प्राणको अशं मेरो प्राणमा त्राण भरेको पाएको छु।

सपना सजाको मैले, तिमीलाई पनि त थाहा छ नि ।
बाँकी सबै त एेजन हुन माया, बनाउनु छ सन्ततीलाई मनको धनी ।।
तिम्रो पेटमा छ हाम्रो सन्तती, मस्तिष्कमा त मैले नि पाएको छु ।
सुन, प्रिय श्रीमतीज्यु, म पनि त गर्भवती भएको छु।।
[FOR MORE...]

No comments:
Post a Comment